उठ्न थाल्यो सिंहदरबार परिसरकाे फोहोर
दुई हप्तादेखि अवरुद्ध रहेको सिंहदरबार परिसर, राष्ट्रपतिको कार्यालय र बालुवाटारस्थित प्रधानमन्त्री निवासको फोहोर उठाउन सुरु भएको छ। सर्वोच्च अदालतले शुक्रबार काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएको थियो। सोमबारदेखि सिंहदरबारभित्रको फोहोर सङ्कलन तथा व्यवस्थापन सुरु भएको छ। महानगरले सिंहदरबारको फोहोर उठाउन छोडेपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले फोहोर उठाउन महानगरपालिकाको नाममा आदेश जारी गरेको थियो।
भूकम्पीय क्षति न्यूनीकरण प्रयास फितलो
भूकम्पीय जोखिमपछि उद्धार गर्ने, सचेतना फैलाउने र अध्ययन गर्ने निकायबीच समन्वय नहुँदा सम्भावित भूकम्पबाट हुने क्षति न्यूनीकरणको पहल फितलो बनेको छ।
सिकलसेल र थालेसेमियाका बिरामीको निःशुल्क स्वास्थ्य बीमा हुने
पश्चिम नेपालका थारु समुदायमा बढी देखिएको वशांणुगत रोग सिकलसेल र थालेसेमियाका विरामीको उपचारलाई सहज बनाउन कोहलपुर नगरपालिकाले बिरामीको निःशुल्क स्वास्थ्य बीमा गर्नेभएको छ ।
साढे नौ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्
कानुनअनुसार सार्वजनिक सेवामा रहेका सरकारी कर्मचारीले आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ।
भूकम्प पीडितका घरहरु बने, मान्छे बसेनन्
बिनाशकारी भुकम्प गएको आठ वर्ष पूरा भएको छ । भुकम्पले क्षतिग्रस्त घर पुनरनिर्माण पछि गाउँमा घरहरु बढे पनि मान्छे गाउँ छाडेर सहर छिर्नेक्रम बढ्दै गएको छ । २०७२ साल बैशाख १२ र २९ गते गएको विनाशकारी भुकम्पले क्षति गरेका १४ जिल्लामध्ये दोलखा पनि एक हो ।
नेपालमा उत्पादित सवारी साधन दर्ताबारे मन्त्रिपरिषदमा प्रस्ताव लगिने
नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता हल गर्न सम्बन्धित कानुनहरु संशोधनगरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउने निर्णय भएको छ । सवारी साधन दर्तासम्बन्धी समस्या रहेको विषयमा जनचासो सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल समस्या हल गर्न निर्देशन दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवाला निकायहरुसँग आज गरेको छलफलमा सो निर्णय गरिएको हो ।
संसदीय समिति नेतृत्वमा भागबण्डा मिल्यो : टिआरसीका लागि विशेष समिति बन्ने
सोमबार सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताको बैठकले संयुक्त संसदीय समिति संसदका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले नेतृत्व गर्नेगरी टुंग्याएका हुन्।
वाइफाईका लागि तिलोत्तमामा ३८ डिभाइस जडान
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘सूचना राजमार्ग’ को अवधारणा अगाडि सारिएको छ । नगरपालिकाले नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गको योगीकुटीदेखि कटैयासम्म फ्री वाइफाई जडान गरिएको हो ।
नौ हजार ५९० ले बुझाएनन् सम्पत्ति विवरण
चालु आर्थिक वर्ष २०७९–८० मा नौ हजार ५९० जनाले आफ्नो सम्पत्ति विवरण अझ पेस गरेका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको आर्थिक वर्ष २०७९–८० को सम्पत्ति विवरणको तथ्याङ्कअनुसार ती व्यक्तिले सम्पत्ति विवरण पेस नगरेको देखिएको हो ।
शेयर बजारमा झिनो अङ्कको सुधार
यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज (सोमबार) दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ ।
जहाँ बस्ती छ त्यहीँबाट डढेलो
गर्मीयाम सुरु भएसँगै तनहुँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम सुरु भएको छ । जहाँ मानिसको बस्ती छ त्यहीबाट डढेलो लाग्ने गरेको तनहुँ डिभिजन वन कार्यालयले जनाएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताबीच सिंहदरबारमा छलफल
सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल जारी रहेको छ । सोमबार दिउँसो सिंहदरबारमा तीन दलका शीर्ष नेतालगायत दलका प्रमुख सचेतबीच छलफल सुरु भएको हो ।
२५ करोड लगानीमा आधुनिक शीत भण्डार निर्माण
कोभिड सङ्क्रमणले देशभरि त्रास फैलिएको बेलामा कपिलवस्तुका आशिष् शर्मा भारततिर निस्किनुभयो । चौधरी ग्रुपमा उच्च तहमा कार्यरत शर्मा भारतको ४० बढी शीत भण्डारको अवलोकन गर्नुभयो ।
एडिबीलाई उत्पादन र रोजगारी सिर्जना हुने परियोजनामा लगानी गर्न आग्रह
नेपालले एसियाली विकास बैङ्कलाई उत्पादन र रोजगारी सिर्जना हुने परियोजनामा लगानी गर्न आग्रह गरेको छ ।
महोत्तरीमा नौ राउण्ड हवाई फायर, सुरक्षाकर्मीसहित ११ घाइते
महोत्तरीमा सोमबार मध्याह्न नौ राउण्ड हवाई फायर भएको छ । गौशाला नगरपालिका –४ स्थित मल्हनीया पोखरी गाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीले नौ राउण्ड हवाई फायर गरेको हो ।
निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने व्यवस्था संविधान विपरीत : निजी क्षेत्र
अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७९ मा निजी क्षेत्रलाई पनि अख्तियारको दायरामा ल्याउने व्यवस्था संविधान विपरीत भएको भन्दै निजी क्षेत्रले विरोध जनाएका छन् ।
बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु
शिवसताक्षी नगरपालिका –९ मा बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु गरेको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट आइतबारदेखि लाग्न सुरु भएको हो । सो बजार २०४२ सालमा स्थापना गरी सञ्चालनमा ल्याइएको थियो ।
प्यूठानमा चैते धान खेतीको क्षेत्र विस्तार
जिल्लामा चैते धान खेतीको क्षेत्र विस्तार हुँदै गएको छ । जिल्ला भित्रका विभिन्न फाटमा बर्सेनि चैते धान खेती विस्तार हुँदै गएको हो ।
काठमाडाैं उपत्यकासहित देशभर वर्षा
काठमाडाैं उपत्यकामा सोमबार पानी परिरहेको छ । देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाली सेनाबाट तिलौराकोट परिसरमा सरसफाइ
बुट्यान बढेर कुरूप देखिएको सिद्धार्थ गौतम बुद्धको गृह नगरी तिलौराकोट राजदरबार परिसरको सरसफाइ गरिएको छ ।
नरभक्षी बाघलाई चिडियाखानामा राखियो, महाराजासँग जोडी बाँधिदिने
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आइतबार सदर चिडियाखाना, जावलाखेलमा ल्याइएको छ ।
बारामा सर्वदलीय बैठक बस्दै, त्यसपछि मत गणना सुरु
बारा–२ मा मत गणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मत गणना सुरु गर्ने वातावरण तयार गर्न सूचना जारी गरी बिहान ७ बजेका लागि बैठक आव्हान गरेको हो ।
अख्तियारको अधिकार सङ्कुचन गर्न लबिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार पब्लिक लिमिटेड कम्पनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको तहसम्म विस्तार गर्ने गरी राष्ट्रिय सभाबाट पारित विधेयकले निजी क्षेत्रमा तरङ्ग ल्याएको छ। त्यस्तो भएमा आयोगको कार्यबोझ बढ्दा प्रभावकारिता घट्ने लबिङ थालिएको छ।
गाउँभन्दा नगरमा दोब्बर जनसङ्ख्या
राष्ट्रिय जनगणना २०७८ अनुसार गाउँपालिकाभन्दा नगरपालिकामा बसोबास गर्ने जनसङ्ख्या दोब्बर छ। कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मध्ये नगरपालिकामा एक करोड ९२ लाख ९६ हजार ७८८ र गाउँपालिकामा ९८ लाख ६७ हजार ७९० को बसोबास रहेको छ।