• १३ साउन २०८१, आइतबार

बारामा सर्वदलीय बैठक बस्दै, त्यसपछि मत गणना सुरु

blog

बारा, वैशाख ११ गते । बारा–२ मा मत गणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मत गणना सुरु गर्ने वातावरण तयार गर्न सूचना जारी गरी बिहान ७ बजेका लागि बैठक आव्हान गरेको हो । 

चुनाव सम्पन्न साथै मतगणनाको लागि गएराती देखि नै सिसिटिभीको निगरानीमा सुरक्षासहित राजनीतिक दलका प्रतिनिधिहरुलाई बस्ने गरी ठुलो रुमको व्यवस्था मिलाइ सकेको छ । निर्वाचनमा सहभागी जनाएका ३४ जना उम्मेदवारबीच सहमति जुटाइएपछि मत गणना सुरु हुने उहाँले जानकारी दिनुभयो । 

बारामा ६८ हजार ८८७ मत खसेको छ । जिल्लाको ६ वटा स्थानीय तहमा गरी ३७ हजार ६४ पुरुष र ३१ हजार ८२३ महिला रहेका छन् । 

Author

शिवशङ्कर मिश्र