शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विष्णुप्रसाद पोखरेल
दमक, वैशाख ६ गते । झापाको बुद्धशान्ति गाउँपालिकामा हरिणको सिङ फेला परेको प्रहरीले जनाएको छ । बुद्धशान्ति गाउँपालिका–३, चिलिमगढी घाटनजिकै शनिबार राति हरिणको सिङ फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार इलाका प्रहरी कार्यालय बुधबारे र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले हरिणबिनाको सिङ मात्र फेला पारेको हो ।
सिङ भेटिएपछि त्यसलाई सुरक्षित राखिएको र वन कार्यालयमा बुझाइने खड्काले जानकारी दिनुभयो । घटनाबारे आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।