• ६ वैशाख २०८३, आइतबार

परिवर्तित सन्दर्भमा नियमावली बनाउन मस्यौदा समिति सक्रिय

blog

प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक

काठमाडौँ, वैशाख ६ गते । प्रतिनिधि सभालाई थप प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक सुरु भएको छ ।

सिंहदरबारमा आइतबार बसेको समितिको बैठकमा प्रतिनिधि सभा सञ्चालन सम्बन्धी कार्यविधिमा केन्द्रित रहेर दफावार छलफल अघि बढाइएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको नेतृत्वमा गठित सो समितिले संसद्को कामकारबाहीलाई चुस्त बनाउन आवश्यक नियमावलीको मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको छ।

बैठकमा सहभागी सदस्यले विद्यमान नियमावलीका धेरै दफा वर्तमान समयसापेक्ष नभएकाले तिनमा व्यापक संशोधन र परिमार्जनको आवश्यकता रहेको औँल्याउनुभएको छ । 

संसद्को गरिमा बढाउन र जनताका आवाजलाई संसदीय प्रक्रियामार्फत सहजै सम्बोधन गर्नका लागि कार्यविधिमा सुधार गर्नुपर्नेमा सदस्यको जोड छ ।