फरार अटोचालक पक्राउ
प्रहरीले अटोको ठक्करबाट बालिकाको मृत्यु भएपछि फरार रहेका घोराही उपमहानगरपालिका –१२ गुर्जे निवासी अटोचालक सुवास सुनारलाई २६ दिनपछि भारतको हरियाणाबाट पक्राउ गरेको छ ।
वडाध्यक्ष अधिकारीको निधन
कीर्तिपुर नगरपालिका –४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते हुनुभएका उहाँको आज उपचारका क्रममा निधन भएको नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।
मटिहानीमा आगलागी, आठ घर जलेर नष्ट
महोत्तरीको सीमावर्ती नगरपालिका मटिहानी –६ स्थित जरहलवा टोलको घनावस्तिमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएको छ । प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार आइतवार दिउँसो स्थानीय गफार शेषको घरबाट लागेको आगो छिमेकी सतार शेष, सदरे शेष, अंसारुल मोमिन, इझारुल मोमिन, अतिम नदाफ, तालिम मोमिन र राजकिशोर मुखियाको घर खरानी भएको छ ।
कैलालीका १३ स्थानीय तहको बेरुजु दुई अर्ब ६८ करोड
कैलालीको स्थानीय तहमा अत्यधिक बेरुजु देखिएको छ । ऐन, कानुन विपरित वा प्रक्रिया पूरा नगरी बजेट खर्च गरिएका कारण स्थानीय तहमा बेरुजुको चाङ देखिएको हो । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार यहाँ रहेको १३ वटा पालिकाको बेरुजु दुई अर्ब ६८ करोड २२ लाख ३० हजार रुपियाँ पुगेको छ । यो आर्थिक वर्ष २०७७–७८ सम्मको बेरुजु हो ।
‘प्रमुख प्रशासकले नमस्कारसमेत गर्नुभएन’
स्थानीय तहका दलित जनप्रतिनिधिले आफूमाथि विभेद हुने गरेको बताउनुभएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीबाटै आफूमाथि विभेद हुने गरेको उहाँहरूको गुनासो छ ।
अपरान्ह ४ बजेसम्म ५३ प्रतिशत मत खस्यो
चितवनमा जारी मतदानमा चितवन निर्वाचन क्षेत्र २ मा ५३ प्रतिशत मत खसेको छ । एक लाख २४ हजार छ सय ९५ मतदाता रहेको यस क्षेत्रमा ६६ हजार मत अपरान्ह ४ बजेसम्ममा खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो ।
उपनिर्वाचन अपडेट : तनहुँमा ४५ प्रतिशत मत खस्यो
तनहुँ क्षेत्र १ को उपनिर्वाचनमा आइतबार शान्तिपूर्ण मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र दिउँसो ३ बजेसम्ममा ४५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
बारा २ मा ५० प्रतिशत बढी मतदान
बारा क्षेत्र २ मा आइतबार दिउँसो अढाई बजेसम्म ५० प्रतिशत बढी मतदान भएको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । केहीबेर अघिसम्म ५० प्रतिशत बढी मतदान भइसकेको सहायक मुख्य निर्वाचन अधिकृत नवराज जोशीले जानकारी दिनुभयो ।
चितवनमा सुरक्षा व्यवस्था कडा, राजमार्ग सुनसान
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालयले वितरण गरेको पासविना सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु
मोटरसाइकल दुर्घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक हवल्दार जनकराज धामीको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते उहाँको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा शनिबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नयाँ किरणमा स्थगित मतदान सुरु गर्ने तयारी
चितवनको निर्वाचन क्षेत्र नम्बर २ को नयाँ किरण माध्यमिक विद्यालयको मतदानस्थलमा रोकिएको मतदान कार्य सञ्चालन गर्ने तयारी भएको छ । भरतपुर महानगरपालिका –११ को नयाँ किरण माध्यमिक विद्यालयस्थलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको टोली जानेक्रममा निर्वाचन चिन्ह बजाएको भन्दै विरोध गरेपछि मतदान कार्य स्थगित भएको थियो ।
एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको शिलान्यास
नेपालगञ्ज रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्र्याकको शिलान्यास भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार शिलान्यास गर्नुभएको एथ्लेटिक्स ट्याक १० महिनाभित्र निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको छ ।
सरसफाइ प्रतियोगिता सुरु
सुन्दर, स्वच्छ र हरियाली राष्ट्रको कल्पनासहित विशेष स्वच्छता अभियान ‘क्लिन अप प्रिमियर लिग २०२३’ सुरु भएको छ । विश्व पृथ्वी दिवसको सन्दर्भ पारेर सो लिगको शुभारम्भ गरिएको हो ।
चितवन क्षेत्र २ मा ४७ प्रतिशत मत खस्यो
चितवन क्षेत्र नंम्बर २ मा आइतबार बिहानदेखि दिउँसोसम्म उपनिर्वाचनमा ४७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार दिउँसो २ बजेसम्म ४७ प्रतिशत मत खसेको जानकारी दिनुभयो ।
पार्टी सङ्गठन बलियो बनाउनुपर्छ : नेत्री थापा
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य थममाया थापाले पार्टी सङ्गठनलाई बलियो बनाउन सकेमा संस्थापकहरूको सपना पूरा हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा आयोजित एमाले म्याग्दीले आयोजना गरेको कार्यक्रममा स्थायी कमिटी सदस्य थापाले सो कुरा बताउनुभएको हो ।
उपनिर्वाचन : बारा -२ मा २२ प्रतिशत मतदान
बारा क्षेत्र नं. २ मा आइतबार दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान भएको भएको छ । बारा क्षेत्र नं. २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र १ बजेसम्ममा २२ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।
चितवनको नयाँ किरण मावि मतदानस्थलमा मतदान स्थगित
चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो ।
एकको मृत्यु, घाइतेहरूको सङ्ख्या ३६ पुग्यो
सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ –५, जोरधारा नजिकै भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्ला देवदह –३, का ३५ वर्षीया राधिका पौडेल रहनुभएको छ । पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिनुभएको छ ।
पाँचथरमा पिकअप दुर्घटना : एकको मृत्यु, पाँच घाइते
पाँचथरमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
प्रवासीद्वारा विद्यालय भवन पुनर्निर्माण
प्रवासीको सहयोगमा जीर्ण महादेव माविको भवन पुनर्निर्माण गरिएको छ । वि.सं.२०७२ को भूकम्पले जीर्ण बनेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–१, बेगस्थित महादेव माविको भवन प्रवासमा रहेका बेगखोलाबासीको अगुवाइमा पुनर्निर्माण गरिएको हो ।
कर्णालीमा प्रशिक्षण प्रतिष्ठान बन्ने
कर्णाली प्रदेश सरकारले प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ । जनप्रतिनिधि, पदाधिकारी तथा कर्मचारीहरूको क्षमता विकास अभिवृद्धि र अध्ययन अनुसन्धान गर्ने उद्देश्यले प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न लागिएको हो ।
सुन्दर देखियो चुरेन र गुर्जा हिमाल (फोटो फिचर)
म्याग्दीको धवलागिरि गाउँपालिका –७ धारापानी र ताकम बस्ती गुर्जा हिमालको काखमै जस्तो देखिन्छ । समथर भूभाग, खेतीयोग्य जमिन र पुराना परम्परागत घरहरू अनि आँगनमै बसेर हिमाल हेर्न पाउनु यहाँको मुख्य विशेषता हो ।
सिनर्जी पावर डेभलपमेन्टद्वारा शैक्षिक सामग्री वितरण
दोलखाको गौरीशङ्कर गाउँपालिका –८ भित्र रहेका विद्यालयका दुई सय जना विद्यार्थीलाई सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले शैक्षिक सामग्री वितरण गरेको छ ।