ज्ञानु पंगेनी
मध्यविन्दु, वैशाख २२ गते । लामो समयदेखि घाउ भई घाइते तथा असक्त अवस्थामा रहेको गैँडाको उपचार गरिएको छ । आइतबार चितवन राष्ट्रिय निकुञ्जको पशु विज्ञ डाक्टरसहितको टोली, प्रशासन, नेपाली सेना र शिसवार मध्यवर्ती उपभोक्ता समितिको संयुक्त टोलीको रोहबरमा उक्त घाइते गैंडाकोे उपचार गरिएको हो ।
शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्र पाण्डेका अनुसार रूपमा घाइते नवलपरासी पूर्व (नवलपुरको) देवचुली नगरपालिका १७ मा पर्ने शिसवार उपभोक्ता समितिको कार्य क्षेत्रमा विगत ६ वर्षदेखि उक्त गैँडा डुल्ने गरेको थियो ।
करिब ३२ वर्ष उमेरको उक्त पोथी गैँडा ६ वर्षअघि भाले गैँडाको आक्रमणबाट घाइते भएको समितिका अध्यक्ष नेत्र पाण्डेले जानकारी दिनुभयो । अशक्त अवस्थामा वन क्षेत्र र गाउँघरमा समेत डुल्ने गरेको अध्यक्ष पाण्डेले बताउनुभयो ।