मापदण्ड विपरितका सडकपेटी भत्काइँदै
गुल्मीको तम्घासमा मापदण्ड विपरितका सडकपेटीहरु भत्काउन सुरु गरिएको छ । रेसुंगा नगरपालिका –२ बाघमारेको बेरियल चोकबाट मापदण्ड विपरितका सडकपेटीहरु भत्काउन सुरु गरिएको हो ।
फनपार्क हटाउन अख्तियारको पत्र
इलामको माई नगरपालिका –२ भन्ने स्थानमा व्यक्तिले निर्माण गरेको फनपार्क हटाइने भएको छ । फनपार्कले वन र खोलाको सार्वजनिक जग्गा मिचेको ठहर भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा खाली गराउन जिल्लाका निकायलाई पत्राचार गरेको छ ।
घटनामा दुई बालबालिकाको मृत्यु
सर्लाहीमा बिहीबार दिउँसोपख भएका बेग्लाबेग्लै घटनामा दुई बालबालिकाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिकामा करेन्ट लागेर एक बालक र चन्द्रनगर गाउँपालिकाको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको हो ।
अन्तर–संसद सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं, वैशाख ७ गते । राष्ट्रियसभा र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका बिचमा बिहीबार अन्तर–संसद सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । राष्ट्रियसभा र फेडेरेसन काउन्सिलका बिचमा भएको समझदारीपत्रमा नेपाल र रुसी महासंघबीच अन्तर–संसदीय सहयोगलाई प्रबर्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालयबीच निकट अन्तरक्रियामार्फत अन्तर–संसदीय सम्बन्धलाई सुदृढ गर्ने उल्लेख छ ।यस्तै, आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी संसदीय गतिविधि, आधिकारिक प्रकाशन, र आपसी चासोका अन्य दस्तावेजहरुको सूचना आदानप्रदान गर्दै संसदीय गतिविधिहरु, संसदीय गतिविधिको डिजिटाइजेशन र सभा, समिति तथा आयोगहरूका कार्यमा सूचना तथा सञ्चार प्रविधिको उपयोगमा अनुभव आदानप्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ । समझदारीपत्रमा अन्तर–व्यवस्थापिका संघलगायत त्यस्ता अन्तर्राष्ट्रिय संसदीय मञ्चहरुमा सहकार्य विकास गर्दै जाने र संसदीय मैत्री समूह गठन गर्ने समेत उल्लेख छ । भेटवार्ताका क्रममा नेपालले रुसबाट रासायनिक मल र गहुँ आयात गर्न चाहेको तथा नेपाल, रसिया, चीन र भारत सम्मिलित मैत्रीपूर्ण बुद्धिचाल च्याम्पियनसिप प्रतियोगता आयोजना गर्न चाहेको उल्लेख ।समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले दुई सदनका बिचमा भएको सम्झौता पारस्परिक सम्मान, मित्रता एवं सहकार्यको जगमा स्थापित नेपाल–रुसबीचको सुमधुर सम्बन्धको बलियो प्रमाण भएको बताउनुभयो । उहाँले समझदारीले दुईपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य एवं नयाँ अवसर सिर्जना गर्न उत्प्रेरकको भूमिका खेल्नेछ भन्नुभयो । उहाँले समझदारी र सहकार्यलाई बढावा दिन अन्तर–संसद सहकार्यको महत्व दिनानुदिन बढीरहेको चर्चा गर्दै समझदारीका माध्यमबाट एक अर्काको राजनीतिक प्रणाली तथा विधायिकी प्रक्रिया सम्बन्धी बुझाईलाई थप गहन बनाउनस असल अभ्यास, विज्ञता र सूचनाको साटा–साट गर्न एवं संसदीय प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गर्न तथा जनसम्पर्क प्रवर्द्बनमा थप सहयोग हुने विश्वास ब्यक्त गर्नुभयो । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्को बिच भएको भेटवार्ताका क्रममा नेपालले रुसबाट रासायनिक मल र गहुँ आयात गर्न चाहेको तथा नेपाल, रसिया, चीन र भारत सम्मिलित मैत्रीपूर्ण बुद्धिचाल च्याम्पियनसिप प्रतियोगता आयोजना गर्न चाहेको उल्लेख गर्नुभएको छ । यस्तै, विगतमा रोकिएको नेपाल र रुस सिधा हवाई उडान पुनः सुरु गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह पनि गर्नुभयो ।
चार दिनदेखि बेपत्ता आरोहीको जीवितै उद्धार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका क्रममा बेपत्ता भारतीय पर्वतारोही अनुराग मालुको चार दिनपछि जीवितै उद्धार गरिएको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।
कपिलवस्तुमा आगलागी, २६ घर टहरामा क्षति
कपिलवस्तुमा दैनिक आगलागीका घटना हुनेगरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो साता गर्मीसँगै तातो हावा (लु) चलेपछि आगलागीका घटना समेत बढेको प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनुभयो ।
चितवन २ मा चुनावी प्रतिस्पर्धा रोचक बन्दै
चितवन २ मा हुने उपनिर्वाचनमा प्रमुख राजनीतिक दलका उम्मेदवारहरू मत परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुट्नुभएको छ । गत मङ्सिरमा भएको निर्वाचनभन्दा अहिलेको चुनावमा मत वृद्धि गर्ने योजनामा प्रमुख दलहरू देखिएका छन् ।
ठूलावेशीमा आँखा उपचार केन्द्र स्थापना
प्युठानको गौमुखी गाउँपालिका –५ स्थित ठूलावेशीमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्र ज्योति सङ्घ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारको व्यवस्थापन र गौमुखी गाउँपालिकाको सहकार्यमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो ।
उपनिर्वाचन : आज राति १२ बजेदेखि प्रचारप्रसार निषेध
यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ ।
पासाङ फिल्म वैशाख १५ देखि हलमा प्रदर्शन हुँदै
‘पासाङ: इन द स्याडो अफ एभरेस्ट’ फिल्म वैशाख १५ गते देखि हलमा प्रदर्शन हुने भएको छ । बुधवार प्रिमियर सो सँगै आयोजित पत्रकार सम्मेलनमा देशभरका क्युएफएक्स हलहरूमा फिल्म प्रदर्शन हुने पासाङ ल्हामु फाउन्डेसनले जानकारी दिएको छ ।
निर्यातबाट डिजेल आयात मात्र धान्ने
मुलुकले निर्यातबापत प्राप्त गर्ने आम्दानी डिजेल आयातका लागि मात्र पर्याप्त हुने देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत महिनासम्मको तथ्याङ्कअनुसार मुलुकले एक खर्ब १८ अर्ब २७ करोड रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । यसै अवधिसम्म डिजेल आयातका लागि मुलुकबाट एक खर्ब १२ अर्ब ४० करोड रुपियाँ बाहिरिएको छ । यस हिसाबले डिजेल आयातको तुलनामा कुल निर्यात करिब चार अर्ब रुपियाँ मात्र बढी छ । जुन रकमले नेपाल भित्रने कुनै पनि प्रमुख वस्तु आयात गर्न पुग्दैन ।
उडान सहज बनाउने प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तरी गोरखाका केही स्थानलाई उडान निषेधित भनिएकोमा के कारणले त्यस्तो घोषणा गरिएको भन्ने अध्ययन गरी उडान सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको छेकम्पारमा आयोजित चुम साग्या महोत्सवको बुधबार उद्घाटन गर्दै उहाँले सरकार सो क्षेत्रका स्थानीयको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
फोहोर उठाउन छलफल
बाह्र दिनदेखि उठ्न नसकेको सिंहदरबार सहित अति विशिष्ट कार्यालय र निवासहरूको फोहोर व्यवस्थापन गर्ने सम्बन्धमा सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाबीच प्रारम्भिक छलफल भएको छ ।
शिक्षकसँग गैरकानुनी रकम असुली
शिक्षा विकास तथा समन्वय एकाइले स्थायी नियुक्तिपत्रका लागि शिक्षकसँग गैरकानुनी रूपमा शुल्क असुलेका छन्। शिक्षक सेवा आयोगले सिफारिस गरेका शिक्षकले नियुक्तिपत्र बुझ्न एकाइमा शुल्क बुझाउनैपर्ने बाध्यता सिर्जना गरिएको छ। त्यसरी शिक्षकसँग शुल्क लिन पाउने कानुनी व्यवस्था छैन। मातहतका निकायले त्यसरी रकम असुलेको प्रवृत्तिप्रति केन्द्रीय निकायका पदाधिकारीले आपत्ति जनाउँदै त्यस्तो कार्यलाई गैरकानुनी भनेका छन्। त्यसरी रकम असुलिए पनि रकम फिर्ता वा सचेत गराउन सकेका छैनन्।
अधिक भारसहित गुडाइन्छन् टिप्पर
बढी भार बोकेका सवारी साधनले राजमार्गमा गर्ने क्षति रोक्न काभ्रेपलाञ्चोकमा बिहीबारदेखि सवारी साधनको तौल जोखिने भएको छ । तर राज्यका संयन्त्रले नियमित अनुगमन तथा कारबाही नगर्दा डाला थपेर बढी भार बोक्ने टिप्परको बिगबिगी रोकिएको छैन । डाला थपेर निर्धक्क निर्माण सामग्री बोक्दा पनि प्रहरी प्रशासन, यातायात व्यवस्था कार्यालयले त्यस्तो कार्य नदोहोरिने सुनिश्चित गर्न सकेको छैन । नियामक निकायले सामान्य मात्रै कारबाही गर्दा टिप्पर सञ्चालक हौसिएको सर्वसाधारणको गुनासो छ ।
एम्बुलेन्सको एकीकृत निगरानी
“यो एम्बुलेन्स कैलालीमा गुडिरहेको छ । यसले बिरामी पनि बोकेको छ,” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मन्त्रालयको नियन्त्रण कक्षमा रहेको कम्प्युटरको ठूलो स्क्रिनमा देखाउँदै भन्नुभयो । एम्बुलेन्सहरूको मनोमानी बढेको र बिरामीले समयमा नै सुलभ र प्रभावकारी सेवा नपाएको गुनासो व्यापक रूपमा आएपछि सरकारले देशैभरमा सञ्चालन हुने एम्बुलेन्सको एकीकृत निगरानी गर्ने प्रणाली लागू गरी अनुगमन थालेको छ ।
सुडानमा कार्यरत सबै नेपाली सुरक्षाकर्मी सकुशल
अफ्रिकी मुलुक सुडानमा शान्ति कार्यका लागि खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित रहेका छन्।
स्याङ्जामा डढेलोको घट्ना बढ्यो
बढ्दो तापक्रम र प्रतिकुल मौसमका कारण स्याङ्जामा पछिल्लो समय डढेलोका घट्नाहरु बढ्न थालेका छन् । सुख्खा समय शुरु भएसँगैे डढेलोका घट्नाहरु बढेका हुन् । डिभिजन वन कार्यालय स्याङ्जाले दिएको जानकारीअनुसार अहिलेसम्म १८ सय हेक्टर जंगलमा डढेलोले क्षति पुर्याएको जनाइएको छ ।
महिला राजनीतिज्ञको समाचार सम्प्रेषणमा गोरखापत्र अग्रस्थानमा
महिला राजनीतिकर्मी र उहाँहरुले उठाउँदै आएका सवालहरुलाई स्थान दिनेमा गोरखापत्र सबैभन्दा अगाडि रहेको छ ।
दिल्लीमा राष्ट्रपति पौडेलको उपचार सुरु
राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा थप उपचार सुरु भएको छ ।
सवारी दुर्घटनामा भारतीय नागरिक घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका –१५ स्थित सडकखण्डको रातोमाटे नयाँबस्ती चोकमा सवारी दुर्घटनामा परी चार जना भारतीय नागरिक घाइते भएका छन् ।
भजनीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाएनन्
कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब नपाएको बताएका छन् । कर्मचारी समायोजन ऐन २०७५ र कर्मचारीहरूको समायोजन मिलानसम्बन्धी व्यवस्था २०७७ बमोजिम भजनी नगरपालिकाको लिखित सहमतिको आधारमा समायोजन संशोधन र समायोजन मिलान भई विभिन्न तहमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन ।
अनधिकृतरुपमा सालको गोलिया बिक्री
डिभिजन वन कार्यालय रौतहटका एक अधिकृतले रेलमार्गमा कटान भएको सालको गोलियालाई अनधिकृतरुपमा दाउरा आकारको काठ बनाई बिक्री गरेको खुलेको छ ।