प्रहरीको लाठी लागेर वडाअध्यक्ष गम्भीर घाइते
त्रिपुरासुन्दरी नगरपालिका –३ सुउँका वडाअध्यक्ष सशस्त्र प्रहरीको लाठी लागेर गम्भीर घाइते हुनुभएको छ ।
‘जग्गाको खण्डीकरण र खाद्य सङ्कट बढ्ने’
सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति आपत्ति जनाइएको छ । प्रतिनिधि सभाको आजको बैठकमा समय माग गर्दै सांसद सरस्वती सुब्बाले भूउपयोग नियमावली संशोधन गरी जग्गा कित्ताकाट खुलाउने निर्णयप्रति आपत्ति जनाउनुभयो ।
आगलागीबाट दुई घर र चार गोठ जलेर नष्ट
आँधीखोला गाउँपालिका –१ अर्घाउदीमा आगलागीबाट दुई घर र चार वटा गोठ पूर्णरुपमा जलेका छन् । स्थानीय खगेन्द्र तिवारी र धनपति तिवारीको ढुङ्गा र माटोले बनेका दुई तले घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो
राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । केहीबेर अघि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट त्रिभुवन विमानस्थलतर्फ लगिएको जानकारी राष्ट्रपतिका प्रेस सचिव किरण पोखरेलले दिनुभयो ।
संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु
संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बुधबार बिहान सिंहदरबारमा बैठक सुरु भएको हो ।
‘विद्युत् खपत विस्तारको विशेष योजना आवश्यक’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विद्युत्को आन्तरिक खपत विस्तार गर्ने विशेष कार्ययोजना आवश्यक रहेको औँल्याउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानले आयोजना गरेको ऊर्जा सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय समृद्धिका लागि विद्युत् निर्यातभन्दा खपत विस्तारमा बहुआयामिक लाभ रहेकाले सरकार र निजी क्षेत्र दुवै मिलेर कार्ययोजना बनाउन आवश्यक रहेको बताउनुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले विद्युत् खपत बढाउन सबैभन्दा उत्तम कृषि क्षेत्र रहेको बताउनुभयो ।
पोकली झरनाको विकासमा सरकारले ध्यान दिन्छ : शिक्षा मन्त्री
ओखलढुङ्गाको पोकली झरनाको संरक्षण र विकासमा सरकाले ध्यान दिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बताउनुभएको छ ।
नुहाउने क्रममा खोलामा डुबेर एक पुरुषको मृत्यु
खोलामा नुहाउने क्रममा डुबेर एक पुरुषको ज्यान गएको छ । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर–६ पुर्कोटदहका ३७ वर्षीय भिमबहादुर कुँवरको खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
खोकना सहजीकरण समिति
सरकारले काठमाडौँ, तराई/मधेश द्रुत मार्ग सडक आयोजनाअन्तर्गत ललितपुरस्थित खोकनाको जग्गा प्राप्तिसम्बन्धी उत्पन्न समस्या समाधान गर्नका लागि उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सहजीकरण समिति गठन गरेको छ। मङ्गलबारको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो। जग्गासम्बन्धी विवाद समाधान गर्ने उद्देश्यले समिति गठन गरिएको हो।
फोहोर अझै उठेन, ‘उठाउँदिन भन्नु राम्रो होइन’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोहोर व्यवस्थापनमा काठमाडौँ महानगरपालिका जिम्मेवार हुनुपर्ने बताउनुभएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले यस विषयमा सरकार गम्भीर रहेको र सहरी विकास मन्त्रालयले पनि त्यसका लागि सहजीकरण गरिरहेको बताउनुभयो।
मन्त्रीद्वारा सम्झौता रद्द गर्ने चेतावनी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तारागाउँ विकास समिति विगठन गर्ने र तारागाउँ रिजेन्सी होटल (होटल हायात)सँग भएको सम्झौता रद्द गर्ने चेतावनी दिनुभएको छ । तारागाउँ विकास समितिलाई २२ वटा र तारागाउँ रिजेन्सी होटललाई पठाएका २७ वटा प्रश्नको जवाफ तीन दिनभित्र पठाउन निर्देशन दिँदै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
उपत्यकाका एक तिहाइ सटर खाली
व्यावसायिक मन्दीका कारण पछिल्लो समय सहरी क्षेत्रमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर तथा गोदाम खाली हुन थालेका छन् । मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण व्यापार नहुँदा छोडेर अन्यन्त्र जान थालेपछि सटर खाली हुन थालेका हुन् । मुख्य सहरी क्षेत्रसँगै भित्र गल्लीमा सञ्चालन भएका सटर तथा पसल बन्द हुन थालेका हुन् । आर्थिक गतिविधि नियमित नभई व्यापार व्यवसाय चल्न छाडेपछि पसल बन्द हुन थालेका हुन् ।
मालवाहक सवारीको तौल अब जोखिने
सडक संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको अगुवाइमा मालवाहक सवारीको भारवहन क्षमता जाँचिने भएको छ। जिल्ला प्रशासन कार्यालयले सुरु गरेको प्रयासमा व्यवसायी भने बाधक बनेका छन्। काठमाडौँ उपत्यकामा भित्रिने निर्माण सामग्रीको ठूलो हिस्सा ढुवानी गर्ने काभ्रेपलाञ्चोक जिल्लामा टिप्परको अत्यधिक भारवहनका कारण अरनिको, बीपी राजमार्ग तथा हेलम्बु र बनेपा–पनौती सडकखण्ड जीर्ण भएपछि प्रशासनले वैशाख ७ (बिहीबार)देखि मालवाहक सवारीसाधनको भारवहन क्षमता जाँच्ने निर्णय गरेको हो।
प्रधानमन्त्री कार्यालयमै मिडिया सेन्टर सञ्चालन
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालन भएको छ ।
रक्तदाता समाजको अधिवेशन बुटवलमा
बैशाख दास्रो साता बुटवलमा नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो अधिवेशन हुनेभएको छ । बैशाख १६ र १७ गते दुई दिन केन्द्रीय अधिवेसन हुने भएको हो । बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरी केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले आफनो अगुवाईमा रक्तदान अभियानका स्वयंसेवीहरु जोडेर संस्था स्थापना गरेको बताउनुभयो । संस्थागत रुपमा उठाएका मुद्दाहरु सरकारबाट सम्बोधन गराउन सहज र सफल हुने उहाँको भनाइ छ ।
सर्पदंश उपचार केन्द्रलाई आइसियु बेड हस्तान्तरण
लुम्बिनी प्रदेश सरकारले कपिलवस्तु सर्पदंश उपचार केन्द्रलाई आइसियु बेड हस्तान्तरण गरेको छ । नेपाली सेना शमशेरदल गण, बुद्धभूमि नगरपालिका र समुदायले बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा सञ्चालन गरेको उपचार केन्द्रलाई २ थान आइसियू बेड (उपकरण बाहेक) सहितका सामग्री हस्तान्तरण गरिएको छ ।
पाँच दिने सन्दकपुर महोत्सव शुरु
इलामका उत्तरी पर्यटकीय क्षेत्रलाई लक्षित गर्दै आजदेखि सन्दकपुर महोत्सव सुरुभएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले महोत्सवको उदघाटन गर्नुभयो । वैशाख १० गतेसम्म आयोजना गरिएको महोत्सवमा रामसार सुचीमा सुचीकृत धार्मिक तथा पर्यकटीयस्थल माइपोखरी, टोड्के झरना, छिन्टापु, फुस्रे पोखरी, ढाप पोखरीहुँदै पर्यटकलाई लग्ने व्यवस्था गरिएको आयोजक सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताउनुभयो ।
झिनो अङ्कले घट्यो नेप्से
पुँजी बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय चार दशमलव ९८ को बिन्दुमा कायम भएको हो ।
पाठ्यपुस्तक दिवसकै दिन पारेर पुस्तक वितरण
विद्यार्थीले यस वर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । चैत ५ गते मंगलबार पाठ्यपुस्तक दिवसको अवसरमा विद्यार्थीलाई पुस्तक वितरण गरिएको महेन्द्र नमुना मावि खलङ्गाका प्रधानाध्यापक रामदत्त जोशीले बताउनुभयो ।
समाजवादी संस्कृतिलाई अङ्गीकार गर्नुपर्छ : संस्कृतिमन्त्री
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाज इतिहास र संस्कृतिको पुनर्लेखन गर्दै समाजवादी संस्कृतिलाई अङ्गीकार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा द्रुतमार्गको निरीक्षण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माणाधीन निजगढ–मकवानपुर–काठमाडौँ द्रुतमार्गको अवलोकन–निरीक्षण गर्नुभएको छ ।
‘नेल डिजाइनर’ उत्पादनको हब बन्दै नेपाल'
नेपाल नेल (नङ) आर्टिष्ट उत्पादनका लागि आकर्षक गन्तव्य बनेको छ । सौन्दर्यका लागि कृत्रिम नङ राख्ने तथा डिजाइन गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्ने हबको रूपमा विकास हुँदैगएको छ ।
किरणनालाको पुल निर्माणमा ढिलाइ
बाँकेमा लुम्बिनी प्रदेश सरकारको बजेटमा निर्माण सुरु भएको पक्की पुलको निर्माणमा ढिलाइ भएको छ । पुल निर्माणमा ढिलाइ भएपछि वर्ष दिनभन्दा बढी समयदेखि नागरिकलाई आवागमनमा असहज भएको छ ।
पीपलडाँडामा प्रहरीको आधुनिक भवन निर्माण
जिल्लाको रम्भा –१, पीपलडाँडामा प्रहरीको आधुनिक भवन निर्माण भएको छ । लुम्बिनी प्रदेश सरकारको एक करोड ९८ लाख लागतमा सुविधा सम्पन्न भवन बनेको हो ।