• २२ वैशाख २०८२, सोमबार

प्रधानमन्त्री कार्यालयमै मिडिया सेन्टर सञ्चालन

blog

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको मिडिया सेन्टरबाट मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चारमन्त्री शर्मा । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, वैशाख ५ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालन भएको छ । 

मन्त्रिपरिषद बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक गर्दा सञ्चारकर्मी पत्रकारलाई समाचार सङ्कलन सहज र व्यवस्थित गर्न तयार भएको मिडिया सेन्टर आज बसेको मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शुरुवात गर्नुभयो । 

प्रवक्ता शर्माले बैठक कक्षसँगै रहेको स्टुडियोबाट मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मिडिया सेन्टरमा रहेका संचारकर्मीसँग प्रत्यक्ष दोहोरो संवाद गर्नुभएको थियो । 

मिडिया सेन्टरमा सञ्चारकर्मी तथा पत्रकारसँग प्रधानमन्त्री कार्यालयमा रहेको स्टुडियोबाट दोहोरो संवादको व्यवस्था मिलाइएको छ भने सञ्चार माध्यमका लागि भिडियो सामग्री तत्काल उपलब्ध हुने भएको छ। 

त्यसैगरी, प्रधानमन्त्री निवास बालुवाटारमा पनि यसअघि नै सञ्चारकर्मीको सुविधाका लागि मिडिया सेन्टर सुचारु छ ।