• १३ असोज २०८१, आइतबार

पाँच दिने सन्दकपुर महोत्सव शुरु

blog

इलामको सन्दकपुर महोत्सवको उदघाटन गरिदै । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, वैशाख ५ गते । इलामका उत्तरी पर्यटकीय क्षेत्रलाई लक्षित गर्दै आजदेखि सन्दकपुर महोत्सव सुरुभएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले महोत्सवको उदघाटन गर्नुभयो । वैशाख १० गतेसम्म आयोजना गरिएको महोत्सवमा रामसार सुचीमा सुचीकृत धार्मिक तथा पर्यकटीयस्थल माइपोखरी, टोड्के झरना, छिन्टापु, फुस्रे पोखरी, ढाप पोखरीहुँदै  पर्यटकलाई लग्ने व्यवस्था गरिएको आयोजक सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताउनुभयो ।

महोत्सवमा सहभागी हुन सन्दकपुर आइपुगेका पर्यटकलाई हाँगेथाम सामुदायिक वनमा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा, चौरी–याक, लेकाली भोटे कुकुरको समेत अवलोकन गराउने कार्यक्रम रहेको राईले बताउनुभयो । 

महोत्सवमा स्थानीय कृषि उत्पादनका स्टलहरु राखिएको छ । किवी, चिया, ग्राउन एप्पल, दुग्धजन्य विभिन्न परिकारलगायतका स्टल राखिएको छ । महोत्सव अवधिमा पर्यटकीय स्थलहरुको भिडियो प्रदर्शनी, विभिन्न जातजातीको झाँकी, साइक्लिङ प्रतियोगिता, फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।