उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा
तनहुँ–१ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् ।
प्रधानमन्त्रीद्वारा काठमाडौं–तराई/मधेश द्रुतमार्ग अवलोकन
निर्माणाधीन काठमाडौं–तराई/मधेश द्रुतमार्गकाे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मङ्गलबार) अवलोकन गर्नुभएको छ ।
कृषिमा आधारित उद्योगलाई परिणाममुखी बनाउन कार्यक्रम
कोशी प्रदेशमा कृषिमा आधारित उद्योगलाई उच्च परिणाममुखी बनाउन पहिलो चरणमा १० वटा उद्यमलाई सहभागी गराई ‘आद्यन्त एक्सिलेरेटर कार्यक्रम’ सुरु गरिएको छ ।
प्रतिनिधि सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा मङ्गलबार दिउँसोबाट बैठक सुरु भएको हो ।
वर्षाअघि एक सय ५५ पुल निर्माण सम्पन्न हुने
पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकसँगै पुल निर्माणले गति लिएको छ । वर्षा अगाडि नै एकसय ५५ वटा साना ठूला पुल निर्माण हुने सडक निर्माण आयोजनाले जनाएको छ ।
दोहोरो सुविधा कटौती गर्ने निर्णय अनुमोदित
नेपाल प्रज्ञा–प्रतिष्ठानको ३९औँ प्राज्ञ सभाले प्रतिष्ठानका आजीवन सदस्यले दोहोरो सुविधा नपाउने गरी गत फागुन ११ गतेको प्रज्ञा परिषद्ले गरेको निर्णयलाई अनुमोदन गरेको छ ।
एसीसी प्रिमियर कप : नेपाललाई मलेसियाद्वारा दुई सय ३६ रनको लक्ष्य
एसीसी प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपाललाई मलेसियाले जितका लागि दुई सय ३६ रनको लक्ष्य दिएको छ ।
आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रूपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रूपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आज (मङ्गलबार) को प्रमुख कार्यभार भएको बताउनुभएको छ ।
अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज (मङ्गलबार) दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।
रावा बैङ्क र न्युरो अस्पतालबीच सम्झौता
उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस् अस्पताल, बाँसबारीका कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडबाट पेसाकर्मी सरल कर्जा प्रवाह हुने भएको छ ।
बल्खु–कलङ्की सडकखण्ड: अख्तियारद्वारा छानबिन सुरु
चक्रपथको बल्खु–कलङ्की सडकखण्डको सर्भिस लेन पुनस्र्थापना (रिहाबिलिटेसन)का क्रममा अनियमितता भएको शङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । छानबिन प्रक्रिया सुरु भएपछि सो सर्भिस लेनको पुनस्र्थापना कार्य तत्काल रोकिएको छ ।
संवैधानिक परिषद् बैठक आह्वान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएको छ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले वैशाख ८ गते शुक्रबार बिहान ९ बजे बस्ने गरी परिषद्को बैठक आह्वान गर्नुभएको हो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शीर्ष नेताहरूबीच सोमबार भएको बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा सहमति जुटेपछि प्रधानमन्त्रीले बैठक आह्वान गर्नुभएको जानकारी दिनुभयो ।
उपचारको पहुँचबाहिर बिरामी
नेपालमा चार हजारभन्दा बढी हेमोफिलिया भएका व्यक्ति उपचारको पहुँचबाहिर रहेको देखिएको छ। राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा हेमोफिलियाका व्यक्तिको सङ्ख्या चार हजार ९३७ रहेकोमा उपचारको पहुँचमा ८१४ जना हेमोफिलिया भएका बिरामी मात्र रहेका छन्।
वैशाख १५ भित्र सबै विद्यालयमा पुस्तक
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वैशाख १५ गतेभित्र सबै विद्यालयमा पाठ्यपुस्तक पु-याइसक्ने दाबी गरेको छ। पुस्तक छपाइ तथा वितरणको काम अन्तिम चरणमा पुगिसकेको जनाउँदै केन्द्रले सरकारले भर्ना अभियान सञ्चालन गरेको समयभित्रै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
बालबालिकालाई क्यान्सरको औषधि निःशुल्क
नेपाली बालबालिकाले क्यान्सरको औषधि निःशुल्क पाउने भएका छन् । बालबालिकाको क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले कान्ति बाल अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र अन्य सरकारी तथा गैरसरकारी अस्पतालमा उपचार गरेका क्यान्सरपीडित बालबालिकाले क्यान्सर रोगविरुद्धको औषधि निःशुल्क रूपमा प्राप्त गर्ने जानकारी दिनुभयो ।
अब सरकारको अधीनमा स्मार्ट टेलिकम
तोकिएको समयभित्र नवीकरण गर्न नसकेपछि दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र स्वतः खारेज भएको छ । यससँगै कानुनबमोजिम स्मार्ट टेलिकमको सबै सम्पत्ति र दूरसञ्चार प्रणाली नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणको अधीनमा आएको छ । अनुमतिपत्र नवीकरण नहुँदा दूरसञ्चार सेवा प्रदायक सरकारको अधीनमा आएको नेपालको सन्दर्भमा पहिलो घटना हो ।
आर्थिक परिसूचकमा राम्रो सुधार आयो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठन भए यता अर्थतन्त्रका समष्टिगत परिसूचकमा सुधार आएको बताउनुभएको छ।
सत्ता गठबन्धन दलबीच टीआरसीबारे बालुवाटारमा छलफल
सत्ता गठबन्धन दलका शीर्ष नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) सँग सम्बन्धित विषयमा बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्रकुमार श्रेष्ठ छलफलमा सहभागी हुनुहुन्छ ।
कर्णाली करिडोरको बोक्चेगौडा लालीबगर सडकको मर्मत
कर्णाली करिडोरको हुम्लाखण्डमा पर्ने बोक्चे गौडादेखि लालीबगर क्षेत्रको सडक मर्मत गर्ने कार्य ६ पहिनापछि पूरा भएको छ । सो सडकखण्ड हेर्ने हिल्सा सिमकोट सडक आयोजनाले मर्मतका लागि म्याद थप गर्दा निर्माण कम्पनीले पक्ष जेसिबी लगाएर एक हप्तामा मर्मत गर्ने कार्य पूरा गरेको हो ।
कोरोना बीमामा मन्त्रालय र प्राधिकरणको अभिलेख रकम फरक
सरकारी अभिलेखमा भएको कोरोना बीमा दाबी भुक्तानी र बीमा प्राधिकरणसँग रहेको कोरोना दाबी भुक्तानी रकममा फरक देखिएको छ ।
बिहीबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने
वैशाख शुक्ल औँसी अर्थात वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएको छ ।
सेनाको सफा हिमाल अभियान टोलीद्वारा अन्नपूर्ण हिमाल आरोहण
पाली सेनाको सफा हिमाल अभियान टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको छ ।
तीन वर्षपछि नेपाल विकासशील राष्ट्रमा सूचीकृत हुने
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् ।
सडक दुर्घटनामा एकको मृत्यु
मोरङको उर्लाबारीमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी ४ आइतबारेमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको हो ।