• १३ साउन २०८१, आइतबार

अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित

blog

संसद भवन ।

काठमाडौं, वैशाख ५ गते । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज (मङ्गलबार) दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।

सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आजको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभाको नियमावली अनुसार नै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।

महासचिव गौतमले जारी गर्नुभएको सूचनामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निर्देशनमा बैठक स्थगित गरिएको उल्लेख छ । ‘‘सभाको बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी सम्माननीय अध्यक्षज्यूले निर्धारण गर्नुहुने ब्यहोरा माननीय सदस्यहरूका लागि यो सूचना प्रकाशन गरिएको छ,’’ सूचनामा भनिएको छ ।

यसअघि वैशाख ४ गते बसेको राष्ट्रिय सभाको बैठकले वैशाख ५ गते दिउँसो २ बजेर ३१ मिनेटमा अर्को बैठक बस्ने तय गरेको थियो । तर मङ्गलबार बैठक बस्ने केही समय अगाडि मात्रै संसद् सचिवालयका महासचिव गौतमले सूचना निकालेर बैठक स्थगित भएको जानकारी दिनुभएको हो ।