आन्तरिक पर्यटकको रोजाइमा रानीमहल
पाल्पाको श्रीनगर र रानीमहलमा नयाँ वर्षको पहिलो दिनमा १३ हजार बढी आन्तरिक पर्यटक भित्रिएका छन् । पाल्पाको पर्यटकीयस्थल मध्येको पर्यटकको रोजाइमा पर्ने यी दुई स्थलको रानीमहलमा आठ हजार बढी पर्यटक र श्रीनगरमा पाँच हजार बढी पर्यटक भित्रिएको तानसेन नगरपालीकाले जनाएको छ ।
विद्यालयका तह समायोजन गर्दै स्थानीय तह
बैतडीका स्थानीय तहहरूले विद्यालय तह समायोजन गरिरहेका छन् । यहाँको पाटन नगरपालिकाले भौगोलिकरुपमा टाढा भएका र विद्यार्थी सङ्ख्याका आधारमा तह समायोजन गरिरहेको छ ।
सम्झौताको म्याद सकिँदै, निर्माण प्रक्रिया अघि बढेन
हिमाली जिल्ला मनाङमा वर्षायाममा वर्षात् र हिउँदमा हिमपातका कारण विकास निर्माणका काममा बाधा पुग्ने गरेको छ । वर्षमा करिब पाँच–छ महिना मात्र काम गर्न मौसम अनुकूल रहन्छ । जिल्लामा विकासका योजना धेरै छन् । केही निर्माणका क्रममा छन् भने केही सम्झौता सकिने बेलासम्म प्रक्रियामा नै पुगेका छैनन् ।
मिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदै
मिथिलाञ्चलमा आज (शनिबार) हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदैछ । वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासी एकअर्कालाई हिलोपानी लगाउने गर्दछन् ।
राराको आँगनमा जमेको उमङ्ग
कुनै ठूलो तयारीबिनै अकस्मात् सुर्खेत जाने योजना बन्यो । यसै मेसोमा मुगुको मनमोहक रारा ताल अवलोकनको साइत जु¥यो । मेरो श्रीमान् कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकाल घर बिदा सकेर फर्कने दिन म पनि उहाँको पछि लागे । छिमेकी दाजु नरेन्द्र खतिवडा र भाउजू चन्दा खतिवडासमेत हामी बुद्ध एयरबाट सुर्खेतमा अवतरण ग¥यौँ । २०३२ सालतिर तत्कालीन राजा वीरेन्द्रले मध्यपश्चिम विकास क्षेत्रको सदरमुकाम सुर्खेत रहने निर्णय गरेपछि यहाँको विकासले फड्को मारेको हो । व्यवस्थित सहरका रूपमा वीरेन्द्रनगरको विकास साँच्चै नै लोभलाग्दो । शहीद स्मारक पार्क, काक्रेबिहार क्षेत्र, बुलबुले ताल र देउती बजैको म
प्राथमिकतामा नपर्दा काम सुस्त
बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्ग महालक्ष्मीखोला–चखेल–सतुङ्गल सडक स्तरोन्नतिसहित कालोपत्रे हुने भएको छ। ट्र्याक निर्माण भएको दुई दशकभन्दा लामो समय भइसक्दा पनि राजनीतिक स्वार्थ र द्वन्द्वका कारण यो सडकको काम अगाडि बढेन। देशमा सङ्घीयता लागू भएसँगै बागमती प्रदेश सरकारले मकवानपुर र काठमाडौँ दुवैतर्फको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न बजेट विनियोजन गरेको थियो।
चैत महिनामा बढ्यो वैदेशिक लगानी
चालु आर्थिक वर्षको चैत महिनामा वैदेशिक लगानी प्रतिबद्धता ह्वात्तै बढेको छ । विश्वमा देखा परेको आर्थिक सङ्कटका कारण घट्दै गएको वैदेशिक लगानी प्रतिबद्धता चैत महिनामा आएर एक्कासि बढेको हो । उद्योग विभागका तथ्याङ्कअनुसार चैत महिनामा ३३ वटा परियोजनामार्फत सात अर्ब ५५ करोड १८ लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । अन्य महिनाको तुलनामा चैत महिनामा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
‘परिवर्तन उल्ट्याउने प्रपञ्च भइरहेको छ’
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई असफल बनाउन ठूलै प्रपञ्च भइरहेको बताउनुभएको छ। पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार नेता तथा कार्यकर्तासँगको भेटघाटमा उहाँले भन्नुभयो, “सरकारमा प्रधानमन्त्री, मन्त्री हामी छौँ। त्यसकारण परिवर्तन उल्टिँदैन होलाजस्तो पनि लाग्न सक्छ तर स्थिति सहज छैन।”
दलितमाथि विभेद कायमै भएको गुनासो
मुलुकमा राजनीतिक परिवर्तन भए पनि दलित समुदाय अझै विभेदरहित सामाजिक जीवनमा जीउन नपाएको धारणा व्यक्त गरिएको छ । डा. भीमराव अम्बेडकरको १३२औँ जन्मजयन्तीका अवसरमा नेपाल–भारत दलितमैत्री सङ्घ र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौँद्वारा शुक्रबार संयुक्त रूपमा आयोजित अन्तक्र्रियाका वक्ताले मुलुकमा गणतन्त्र आए पनि दलित समुदाय सम्मानित जीवन बाँच्न राज्यसँग गुहार्नुपर्ने अवस्था कायमै रहेको धारणा व्यक्त गर्नुभएको छ ।
हिमाली क्षेत्रमा थपिँदै पोखरी
हिमालका आधार शिविरआसपासका क्षेत्रमा केही समययता पोखरी देखिन थालेका छन्। ती क्षेत्रमा पहिलेजस्तो बाक्लो हिउँ जम्न छाडेको छ। हिउँले सेताम्य हुने पहाड काला देखिने गरेका छन्। सगरमाथा आरोहणमा सघाउँदै गर्दा अविरल राईले सन् २०१७ देखि २०२२ सम्म खिचेका सगरमाथा आधार शिविरका तस्बिरको तुलनात्मक अध्ययन गर्दा पनि ती क्षेत्रमा अब पहिलेजस्तो बाक्लो हिउँ देख्न पाइँदैन।
विपत् न्यूनीकरण कार्ययोजना कमजोर
नेपालमा बहुप्रकोपीय विपत् बढ्दै गए पनि त्यसको रोकथाम पक्ष निकै कमजोर देखिएको छ। सरकारले राष्ट्रिय विपत् कोषमा आवश्यक रकमको जोहो गरिदिए पनि त्यसको सही उपयोग नहुँदा विपत्पीडित समुदायले न्याय पाउन सकेका छैनन्। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदनअनुसार कोषको आधा रकम पनि बल्लतल्ल खर्च भएको छ।
सामुदायिक विद्यालयमा घट्दै विद्यार्थी
चार वर्षको अवधिमा सामुदायिक विद्यालयमा २० प्रतिशत विद्यार्थी घटेका छन् । जब कि निजी तथा संस्थागत विद्यालय सञ्चालकले भने यही अवधिमा ४७.५५ प्रतिशत विद्यार्थी बढाउन सफल भएका छन् । सरकारले हरेक वर्ष अन्य क्षेत्रको तुलनामा सबैभन्दा धेरै रकम शिक्षा क्षेत्रमा खर्च गर्दै आएको छ । निःशुल्क र स्तरीय शिक्षामा गरिएको लगानीको सही सदुपयोग नहुँदा यस्तो अवस्था आएको महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६०औँ प्रतिवेदनले औँल्याएको छ ।
कान्ति बाल अस्पताल अब अध्ययन संस्थान
कान्ति बाल अस्पताल ‘बाल स्वास्थ्य अध्ययन संस्थान’मा परिणत हुने भएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले कान्ति बाल अस्पताललाई ‘बाल स्वास्थ्य विज्ञान संस्थान’मा परिणत गर्न विस्तृत आयोजना प्रतिवेदन तयार भएको जानकारी दिनुभयो । उहाँका अनुसार डीपीआर निर्माणका लागि २८ करोड रुपियाँ खर्च भएको छ ।
निजामती सेवा ऐन मस्यौदा: कर्मचारी असन्तुष्ट
सङ्घीय निजामती सेवा ऐनको मस्यौदा कर्मचारीमैत्री नभएको भन्दै निजामती कर्मचारीमा असन्तुष्टि देखिएको छ। वृत्ति विकासका लागि नायबसुब्बा र सोभन्दा तलका कर्मचारीलाई सो मस्यौदा बाधक हुने भन्दै कर्मचारीले विरोधमा उत्रिने योजना बनाएका छन्। नेपाल निजामती कर्मचारी सङ्गठनका उपमहासचिव आरसी अधिकारीले प्रस्तावित ऐनको मस्यौदामा नासुबाट अधिकृतमा बढुवा हुन अहिलेको निजामती सेवा ऐनमा भएको व्यवस्थाभन्दा पनि घटाएर प्रतिशत निर्धारण गरिएकोमा आफूहरूको आपत्ति रहेको बताउनुभयो। उहाँका अनुसार अहिले निजामती सेवा ऐनमा नासुबाट अधिकृतमा बढुवा हुँदा ३० प्रतिशत व्यवस्था भएकोमा सोलाई घटाएर मस्यौदामा २० प्रतिशतमा झारेकाले राजपत्र अनङ्कित कर्मचारीलाई मर्का परेको, नासुबाट अधिकृतमा बढुवा हुँदा ७० प्रतिशत खुला र १० प्रतिशत अन्तरतहको प्रस्ताव मस्यौदामा गरिएको छ।
नयाँ बर्षको अवसरमा कोप्चे फेस्टिवल
नेपाली नयाँ बर्षको अबसर पारेर धनकुटामा कोप्चे फेस्टिवल सुरु भएको छ । धनकुटा नगारपालिका –५ स्थित बिहीबारे हटियामा आजदेखि वैशाख ३ गते सम्म ३ दिन प्रथम कोप्चे फेस्टिवल सुरु भएको हो ।
शम्भुनाथबाबा मन्दिरमा मेला सुरु
सप्तरीको शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिरमा एक महिने मेला शुक्रबारबाट सुरु भएको छ । पूर्व–पश्चिम लोकमार्गसँग जोडिएको धार्मिक एवं पर्यटकीयउन्मुख शम्भुनाथ मन्दिरमा लाग्ने एक महिने मेलाको विधिवत सुरु भएको हो ।
नव वर्षको अवसरमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु
गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नयाँ वर्षको अवसरमा व्यक्तिगत घटना दर्ता सप्ताह आयोजना गरेको छ।
हाफ म्याराथनमा नेपाल आर्मीका पाल प्रथम
धनगढीमा आयोजना भएको ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगितामा नेपाल आर्मीका मुकेश पाल प्रथम हुनुभएको छ । नयाँ वर्षको उपलक्ष्यमा धनगढी जेसिजले आज आयोजना गरेको हाफ म्याराथनको खुल्लातर्फको उपाधी पालले जित्नुभएको हो ।
गोरखापत्रकर्मी उपाध्याय विभूषित
गोरखापत्र दैनिकका उपसम्पादक लक्ष्मीप्रसाद उपाध्याय राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रबल जनसेवाश्री चतुर्थ श्रेणी मानपदवीबाट विभूषित हुनुभएको छ । संविधान दिवसका अवसरमा घोषणा गरिएको सो विभूषण नयाँ वर्ष २०८० का दिन राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएका बिभूषण वितरण कार्यक्रममा उहाँ विभूषित हुनुभएको हो ।
स्थानीय उद्योगलाई प्रोत्साहन गर्न डोको बुन्ने प्रतियोगिता
नयाँ बर्षको अबसरमा प्युठानको झिमरुक गाउँपालिका –५ ओखरकोटमा डोकोबुन्ने प्रतियोगिता सम्पन भएकोछ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने तथा स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने हेतुले सो प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।
सरकारको कामलाई यसरी जनतासँग जोड्दैछ माओवादीले
राजकीय जिम्मेवारीमा पुगेपछि पार्टी व्यवस्थित बन्न नसकेको ठहर गर्दै नेकपा (माओवादी केन्द्र)ले अब नागरिकसँग नियमित रुपमा भेटघाट तथा अन्तरक्रिया गर्ने भएको छ । यसका लागि एक कार्ययोजना नै बनाएर आज (शुक्रबर) देखि कार्यान्वयन सुरु गरिएको छ ।
तनहुँमा तीन वटा मतदान स्थल अति संवेदनशील
वैशाख १० गते यहाँ हुने उपनिर्वाचन तीन वटा मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन् । मतदानस्थलको स्थलगत निरीक्षण गर्दा सो सङ्ख्यामा अति संवेदनशील रहेको पाइएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ । समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, संवेदनशील र सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको छ ।
वन्यजन्तुलाई पानीको व्यवस्था
सर्लाहीको बाँके जङ्गल क्षेत्रमा वन्यजन्तुलाई पानी पिउन सहज होस् भनी ठाउँ–ठाउँमा पानी भरिएको ड्रम राखिएको छ । ‘वनस्पती जोगाऔँ, वन्यजन्तुको संरक्षण गरौँ’ मूल नाराका साथ ईश्वरपुर सचेत नागरिकको तर्फबाट फूलजोर चोकदेखि बाँके चोकसम्मको जङ्गलमा वन्यजन्तुका लागि पानी पिउने व्यवस्था मिलाइएको हो ।
इलाम–माइपोखरी म्याराथनमा हुमलाल र राजपुरा विजयी
शुक्रबार भएको इलाम–माइपोखरी म्याराथनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका हुमलाल श्रेष्ठ र महिलातर्फ नेपाल पुलिसकी राजपुरा पछाई विजयी हुनुभएको छ । ४२ दशमलव दुई किलोमिटर दूरी दुई घण्टा ५८ मिनेट १६ सेकेन्डमा पार गर्दै आर्मीका श्रेष्ठ प्रथम हुनुभएको हो । यस्तै, पुलिसकी पछाई २१ दशमलव १ किलोमिटरको दूरी एक घण्टा ४७ मिनेट ४५ सेकेन्डमा पार गर्दै महिलातर्फ प्रथम हुनुभएको छ । प्रथम हुने आर्मीका श्रेष्ठले दुई लाख ५० हजार रुपियाँ र महिलातर्फ प्रथम हुने पुलिसकी पछाईले नगद एक लाख रुपियाँ हात पार्नुभएको छ ।