बाँझो जमिनमा कागती र सुन्तला खेती
पूर्वी नवलपरासीको पहाडी क्षेत्र बुलिङ्गटार –४ सिंचाङ्गको बाझो र भिरालो जमिनमा व्यावसायिक कागती र सुन्तला खेती सुरु गरिएको छ ।
वर्ष २०७९ : पर्यटन सुधारको वर्ष
वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद बनाएको छ ।
बढ्दैगरेको पशु बाँझोपनबारे अनभिज्ञ छन् किसान
पशुलाई समयमा उपचार गराउनुपर्छ भनेर जनचेतना नभएर सप्तरीको ग्रामीण भेगमा पशुहरूमा बाँझोपन रोगको सङ्क्रमण बढ्दैगएको छ ।
बेसहराको सहारा बन्दै नगरपालिका
तानसेन नगरपालिका बेसहाराका लागि सहारा बनिरहेको छ । मानवीयताको कुनै सीमा नहुने भन्दै तानसेन नगरपालिकाले बेसहारा जीवन बिताइरहेका बृद्धबद्धाको उद्धार गरेको तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले जानकारी दिनुभयो ।
जनता आवास निर्माणमा कमसल इट्टा प्रयोग
कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण भइरहेको जनता आवास भवनमा कमसल सामग्री प्रयोग भएको पाइएको छ । लुम्बिनी प्रदेश सरकारको योजनामा निर्माण हुन लागेका ती भवनमा प्रयोग गरिएका इँटा कमसल भएको स्थानीय अगुवाहरूको भनाइ छ ।
बैतडी जिप दुर्घटना : फरार चालक पक्राउ
बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से १ ज ७६४ नंम्बरकाे जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
कार्यशैली सुधार र सङ्घीयतामैत्री सोच हुनुपर्छ : मुख्य सचिव वैरागी
सरकारका प्रतिनिधि, नागरिक समाज र संविधानविद्ले मुलुकका तीन तहका सरकारबीच समन्वय र सहकार्यका लागि सङ्घीयतामैत्री सोच र कार्यशैलीमा सुधारको खाँचो औँल्याउनुभएको छ ।
प्रधानन्यायाधीश सिफारिस गर्न बारको अल्टिमेटम
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिएको छ । करिब १४ महिनादेखि प्रधानन्यायाधीश रिक्त भएपछि बारले यसअघि राष्ट्रपति, सभामुखलगायतलाई भेटेर नियुक्तिबारे ध्यानाकर्षण गराएको थियो । दस दिनभित्र नियुक्तिको प्रक्रिया सुरु गर्न बारले अल्टिमेटम दिएको हो ।
फाइजरको १५ लाख मात्रा खोप आयो
नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत १५ लाखभन्दा बढी मात्रा कोरोनाविरुद्धको फाइजर खोप प्रदान गरिएको छ । नेपालका लागि युरोपेली सङ्घका राजदूत नोडा डेप्रेजले बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त खोप हस्तान्तरण गर्नुभयो ।
मिटरब्याज पीडितसँगको वार्ता सहमति नजिक
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडित परिवारलाई समस्या समाधान हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ। मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समिति नेपाल र गृहमन्त्री श्रेष्ठबीच बुधबार गृह मन्त्रालयमा भएको वार्ताक्रममा उहाँले पीडितलाई ढुक्क हुन आग्रह गर्नुभएको हो। वार्ता पुनः बिहीबार बैठक बस्ने गरी टुङ्गिएको छ।
फोहोरको टकराबले पाएन निकास
मन्त्रीपरिषद्ले फोहोर व्यवस्थापनका लागि पहल गर्ने निर्णय गरेको २४ घण्टा बित्दासमेत काठमाडौँ महानगरपालिकासँग कुनै संवाद हुन सकेन। न त मन्त्रीपरिषद्को मङ्गलबारको बैठकले नै भनेजस्तो महानगरपालिका जिम्मेवार देखियो। सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबीचको टकराब र अडानका कारण पाँच दिनदेखि मुलुकको अति विशिष्ट कार्यालयहरूको फोहोर व्यवस्थापन कार्य ठप्प छ। रोकिएको फोहोर व्यवस्थापन कार्य खुलाउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिका संवादविहीन अवस्थामा छन्।
गणपूरक नपुगेपछि कार्यसूची प्रभावित
प्रतिनिधि सभाको चालु अधिवेशन सुरु भएको छोटो अवधिदेखि नै गणपूरक सङ्ख्या (कोरम)मा प्रश्न उठ्न थालेको छ। तीन महिनामा बुधबार दोस्रो पटक गणपूरक सङ्ख्या अपुग भएर सदनले नियमित कार्यसूची पूरा गर्न सकेन। सुरक्षण मुद्रणसम्बन्धी विधेयकको दफावार छलफललाई निर्णयार्थ पेस गर्नुअघि नै गणपूरक यकिनको प्रश्न उठेको थियो। यसअघि प्रतिनिधि सभाको १२औँ बैठक पनि गणपूरक नपुगेर प्रभावित भएको थियो। तीन महिनाको अवधिमा दोस्रो पटक प्रतिनिधि सभाले कार्यसूची पूरा गर्न नसकेको हो।
भ्रष्टाचारको बिगो: तिर्ने दायित्व परिवारको
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमान्को मृत्यु भए पनि श्रीमतीबाट असुलउपरको मागदाबी गर्दै विशेष अदालतमा आरोपत्रपत्र दायर गरेको छ । अपराधीसँगै अपराध मर्दछ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त एवं फौजदारी कार्यविधि संहिताले प्रस्ट गरे पनि भ्रष्टाचार निवारण ऐनले मरेका व्यक्तिको हकमा सरकारी वा निजी बिगो क्षतिपूर्ति रकम भराउन सकिने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार यसरी असुल गर्न आरोपपत्र दायर गरिएको हो ।
‘देशको सुरक्षार्थ सेना सक्षम’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षामा आइपर्न सक्ने चुनौती सामना गर्न नेपाली सेना सधैँ सक्षम रहेको बताउनुभएको छ। भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आयोजित अधिकृत क्याडेट, पदिक तथा बिल्लादार अधिकृत क्याडेटको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा प्रभावको पूर्वानुमान गरी उत्पन्न हुन सक्ने चुनौती सामना गर्न नेपाली सेना सक्षम रहने विश्वास व्यक्त गर्नुभयो।
आरोहण बाटो बनाउन कठिन
यस पटकको वसन्तयाममा सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सुरु भएको छ। हरेक वर्ष आरोहण सुरु हुनुपूर्व दोस्रो शिविर (क्याम्प टु)सम्मको कठिन बाटो बनाउनुपर्ने हुन्छ। यसरी बाटो बनाउने कार्य निकै कठिन बन्दै आएको छ। बाटो बनाउने काम सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले गर्दै आएको छ। एसपीसीसीले २०५४ सालदेखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर क्याम्प टुसम्म बाटो बनाउने र मानव मलमूत्रको व्यवस्थापनको जिम्मा लिँदै आएको छ।
माग सम्बोधन नभए हरवा–चरवाले थप आन्दोलन गर्ने
राष्ट्रिय हरवा–चरवा अधिकार मञ्चले आफ्ना माग सम्बोधन नभए आगामी दिनमा चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । आवश्यक परे सङ्घीय राजधानीमा गएर सशक्त आन्दोलन गर्ने मञ्चले चेतावनी दिएको छ ।
एमालेप्रति नागरिकको आकर्षण बढेको दाबी
नेकपा (एमाले) केन्द्रले तय गरेको मिसन ग्रासरुट अभियानका क्रममा कालीकोटमा तीन सय ५५ जना नेता तथा कार्यकर्ता थपिएका छन् । अभियानको क्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा समाहित भएका हुन् ।
होटल टाइगर ल्याण्डमा आगलागी
भरतपुर २३ जगतपुरमा रहेको होटल टाइगर ल्याण्डमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान अन्दाजी ११ बजेको समयमा सो आगलागी भएको हो ।
सञ्चारका लागि वडा कार्यालयलाई वाकीटकी
तुलसीपुर उपमहानगरपालिकाले विपद्का समयमा सञ्चार पहुँच बनाउनका लागि १९ वटै वडामा वाकीटकी वितरण गरेको छ ।
अछाम र बाजुराको यातायात सुचारु
बस व्यवसायी प्रालि.ले मृतकको उपचारमा लागेको खर्च बेहोर्ने र मृतकका पत्नीलाई जागिर दिने सहमति भएपछि पाँचौँ दिनबाट यातायात सेवा सञ्चालनमा आएको छ ।
ग्यास सिलिन्डर चुहिएर घरमा आगलागी
कपिलवस्तुको यशोधरा गाउँपालिका –८ मधुनगरमा आगलागी हुँदा २ लाख ७० हजार बराबरको क्षति भएको छ ।
मुसिकोटमा मह दिवस मनाइँदै
आगामी वैशाख ४ गते गुल्मीको मुसिकोट नगरपालिका वडा ८ र ९ मा मह दिवस मनाइने भएको छ । यहाँ रहेको ‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’ अन्तर्गत मह दिवस मनाउन लागिएको हो ।
विस्तार हुँदै गरेको सडकबाटै गुड्छन् लामो दूरीका बस
सरकारले चक्रपथको दोस्रो खण्डका रूपमा कलङ्कीदेखि नयाँबसपार्क हुँदै वसुन्धरासम्मको सडक विस्तार गर्न थाले पनि कतिपय लामो दूरीका बस भने अझै पनि चक्रपथको मुख्य सडकबाटै गुड्दै आएका छन् ।
सगरमाथा आरोहणका क्रममा तीनजना शेर्पा वेपत्ता
सगरमाथा आरोहणका क्रममा आज बुधबार बिहान हिमपहिरोमा परेर तीनजना शेर्पा वेपत्ता भएका छन् ।