• १३ साउन २०८१, आइतबार

मुसिकोटमा मह दिवस मनाइँदै

blog

फाइल तस्बिर

रमेश विश्वकर्मा

गुल्मी, चैत २९ गते । आगामी वैशाख ४ गते गुल्मीको मुसिकोट नगरपालिका वडा ८ र ९ मा मह दिवस मनाइने भएको छ । यहाँ रहेको ‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’ अन्तर्गत मह दिवस मनाउन लागिएको हो ।

जिल्लामा रहेका मौरीपालक कृषकको प्रोत्साहनका लागि यो दिवस मनाउन लागिएको बताइएको छ । यहाँ विगत तीन वर्षदेखि मौरी पालक किसान समूहमा आबद्ध रहेर व्यवसाय गर्दै आउनुभएको छ । मौरी स्मार्टमा हाल ५१ किसान सङ्गठित छन् । 

यहाँका कृषकको वार्षिक दुई सय ५० घार मौरी, मौरीबिनाका दुई सय घार र महको व्यापक मात्रामा निर्यात गर्दैआएको अध्यक्ष चुमा घर्तीमगरले जानकारी दिनुभयो । गुल्मीलाई महमा आत्मनिर्भर जिल्ला बनाउन समेत मह दिवस मनाउन लागिएको उहाँले बताउनुभयो ।

गुल्मीको मह विश्वसामु परिचित बनाउन र महमा जिल्लालाई आत्मनिर्भर बनाउन दिवसले टेवा गर्नेछ ।  मौरीको व्यवसायीकरण, प्रवर्धन र निर्यात सहजताका लागि पनि यो दिवस मनाउन लागिएको हो । मह दिवसले मौरी पालनमा कृषकलाई थप आकर्षित गर्ने अध्यक्ष घर्तीको भनाइ छ ।