सेवा प्रसारण विधेयक संशोधनका लागि स्वीकृत
प्रतिनिधि सभाले सार्वजनिक सेवा प्रसारण विधेयक संशोधन दर्ता प्रक्रियाका लागि अनुमोदन गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको प्रस्तावमा विधेयक संशोधनका लागि स्वीकृत भएको हो। विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पेस भएको हो। विधेयकमा अब सांसदहरूले संशोधनको समय पाउनेछन्। मङ्गलबारदेखि तीन दिनसम्म संशोधनको समय सांसदहरूले पाउनेछन्। संशोधनसहितको विधेयक पुनः सभामै पेस हुनेछ।
अलमलमै राष्ट्रिय गौरवको आयोजना नेपाल ओरियन्ड म्याग्नेसाइट
भीमेश्वर नगरपालिका –९ स्थित खरिढुङगामा स्थापना भएको ८० वर्षे राष्ट्रिय गौरवको आयोजना नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी खुलेको १० वर्ष नबित्दै बन्द हुन पुगेको छ ।
डाटा सुरक्षामा कानुनी अड्चन
अहिले नेपालमा डाटा सुरक्षा र कानुनी अड्चनका बारेमा दिनहुँजसो चिया गफ हुने गर्छ । साथै स्कुल, कलेज र सरकारी कार्यालयमा पनि यसैको चर्चा छ । अबको बहुमूल्य सम्पत्ति भनेकै डाटा हो भन्ने कुरा विश्वले स्वीकार गरिसकेको छ र त्यसतर्फ उनीहरूले ठूलो मात्रामा लगानीसमेत बढाइसकेका छन् । नेपालमा सरकार र निजी क्षेत्रबाट डाटा सङ्कलन र भण्डारणको कार्य तीव्र रूपमा भइरहेको छ ।
साइबर सुरक्षाका जोखिम
साइबर अपराध इन्टरनेट र कम्प्युटर उपकरण वा प्रणालीको दुरुपयोग गरी हुने विशिष्ट प्रकृतिको अपराध हो । यस खाले अपराधमा न हतियारको आवश्यकता पर्छ न त कुनै देशको सीमाले नै छेक्छ । कम्प्युटर र इन्टरनेटको साथमा पछिल्लो समय प्रयोगमा आएका स्मार्ट मोबाइल तथा ट्याब्लेटसम्ममा पनि साइबर अपराध हुने स्पेसको कभरेज पुगेको छ ।
‘ऋण नतिर्न छुट हुँदैन’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैङ्कको ऋण तिर्दिनँ भन्ने अराजक प्रवृत्तिलाई छुट दिन नसकिने बताउनुभएको छ। अर्थतन्त्र सुधारका लागि सुझाव लिन बैङ्क तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग सोमबार सिंहदरबारमा आयोजित छलफलमा बैङ्कको ब्याजदर घटाउने उपाय खोजिएको तर ऋण तिर्दिनँ भन्ने अराजक प्रवृत्तिलाई छुट दिन नसकिने बताउनुभएको हो।
पब्लिक कम्पनी अब अख्तियारको क्षेत्राधिकारमा
सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक कम्पनी अब अख्तियारको क्षेत्राधिकारमा आउने भएका छन्। पब्लिक कम्पनीलाई अख्तियारको क्षेत्राधिकारमा पर्ने गरी विधेयक पारित भएका हुन्।
प्रशासनिक सुधार आयोग गठनको तयारी
सङ्घ, प्रदेश र स्थानीय तहको प्रशासनिक सङ्घीयतालाई प्रभावकारी कार्यान्वयन गर्न सरकारले उच्चस्तरीय प्रशासनिक पुनर्संरचना आयोग गठन गर्ने भएको छ । संविधानअनुसार पहिला केन्द्रमा रहेका कर्मचारी अहिले सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा समायोजन भएको र प्रशासनिक सङ्घीयतालाई थप बलियो बनाउनका लागि सरकारले अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक सुधार आयोग गठन गर्न लागेको हो ।
निजी सवारीमा भाडाका यात्रु
पछिल्लो समय रातो नम्बर प्लेटका सवारीसाधनमा यात्रु बोक्ने क्रम बढेको छ । यस्ता रातो नम्बर प्लेटका सवारीसाधनले टिकट बुकिङ काउन्टर नै खोलेर टिकट काट्ने गरेका छन् । यात्रुलाई भने रातो र कालो नम्बर प्लेटको
राहदानी दिन शिविर सञ्चालन
गैरआवासीय तथा वैदेशिक रोजगारीका क्रममा पोर्चुगलमा रहेका नेपाली नागरिकलाई नयाँ राहदानी उपलब्ध गराउन ‘क्याम्प’ सञ्चालन गरिएको छ । अत्यधिक सङ्ख्यामा राहदानी बनाउनुपर्ने माग आएपछि विभागले नेपालबाटै प्राविधिकसहितको टोली पठाएर राहदानी शिविर सञ्चालन गरेको हो । राहदानी विभागका निर्देशक डमरुबल्लभ पौडेलका अनुसार नेपालबाट दुई जना र फ्रान्सस्थित नेपाली दूतावासबाट आवश्यक टोली थपेर राहदानी शिविर सञ्चालन भइरहेको छ ।
विश्वविद्यालयमा विद्यार्थीको विकर्षण
विश्वविद्यालयमा विद्यार्थी घटिरहेका छन्। विगतमा विद्यार्थीको अत्यधिक चाप हुने र भर्ना हुन चर्को प्रतिस्पर्धा हुने विषयमा समेत विद्यार्थीको विकर्षण देखिन थालेको छ। काठमाडौँ विश्वविद्यालयमा कुल विद्यार्थी भर्ना क्षमताको ३० प्रतिशत कोटा रिक्त छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले विद्यार्थीको आकर्षण बढाउन अनेक अभियान सञ्चालन गरिरहे पनि सफल नभएको बताउनुभयो। काठमाडौँ विश्वविद्यालयमा सबैभन्दा धेरै विद्यार्थी कोटा स्कुल अफ आर्ट्स र स्कुल अफ मेडिसिनमा रिक्त छ। विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र एमफिल तथा पीएचडीसमेत गरेर दुई सयवटा कार्यक्रम सञ्चालन गरिरहेको छ।
फोहोरमा सङ्घीय–स्थानीय टकराव
सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबीचको टकरावका कारण सङ्घीय राजधानी काठमाडौँको अति विशिष्ट कार्यालयहरूको फोहोर व्यस्थापन ठप्प भएको छ। आपसी टकरावका कारण मुलुकको राष्ट्रपति कार्यालय, प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, मन्त्री निवास, प्रतिनिधि सभा सभामुखको निवास, राष्ट्रिय सभा अध्यक्षको निवास, प्रधानन्यायाधीश निवासको फोहोर तीन दिनदेखि व्यवस्थापन हुन सकेको छैन। यी अति विशिष्ट कार्यालयको फोहोर व्यवस्थापनको जिम्मा लिएका कम्पनीलाई काठमाडौँ महानगरपालिकाले फोहोर नउठाउन निर्देशन दिएपछि कम्पनीले तीन दिनदेखि फोहोर व्यवस्थापन गर्न छोडेको हो। परिवर्तन सेवा प्रालि भन्ने संस्थाले यी अति विशिष्ट कार्यालय र निवासको फोहोर व्यवस्थापन गर्दै आएको छ।
जलस्रोतको विकास गर्न त्रिपक्षीय सम्झौता सम्भव छ : डा. शर्मा
प्रतिनिधि सभाका सांसद डा. सुनील शर्माले नेपालको जलस्रोतको विकासका लागि नेपाल, भारत र बङ्गलादेशका व्यापारीबिच त्रिपक्षीय सम्झौताको सम्भावना रहेको बताउनु भएको छ ।
उपत्यकामा मात्रै २१ सङ्क्रमित संस्थागत आइसोलेसनमा उपचाररत
काठमाडौं उपत्यकामा मात्रै २१ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा मात्रै २१ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा रहेकामध्ये १० जना आइसियु र चार जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन मङ्गलबारबाट
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको नवौँ राष्ट्रिय शिखर सम्मेलन भोली (मङ्गलबार)बाट सुरु हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुन लागेको वैज्ञानिकहरुको नवौँ राष्ट्रिय शिखर सम्मेलन मङ्गलबार र बुधबार दुई दिनसम्म चल्ने छ ।
जङ्गलमा लागेको आगोले बस्ती जोखिममा
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा जङ्गलमा लागेको आगोले बस्ती जोखिममा परेको छ । फुङ्लिङ नगरपालिका–८ दोखुको धुसेनी जङ्गलमा लागेको आगोका कारण दोखुकै ल्याङ्बा टोलको पुछार बस्ती जोखिममा परेको हो ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेललाई केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कार
नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई एक लाख रुपियाँको केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको छ ।
सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्ने बताउनुभएको छ ।
दुई करोडको घुस प्रकरणले सदन तात्यो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठको टेलिफोन संवादका विषयमा संघीय संसदको दुवै सदनको बैठकमा अधिकांश सांसदहरुले प्रश्न उठाएका छन् ।
बैङ्कको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैङ्कको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताउनुभएको छ।
नेप्सेमा सामान्य अङ्कको सुधार
यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज (सोमबार) दोस्रो दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पाँच दशमलव ५४ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ०२ अङ्कमा कायम भएको हो ।
शान्तिप्रक्रियाका बाँकी काम यही सरकारले पुरा गर्छ : उपमहासचिव पोखरेल
नेकपा (माओवादी केन्द्र) का स्कुल विभाग प्रमुख एवम् पार्टी उपमहासचिव गिरिराजमणि पोख्रेलले शान्तिप्रक्रियाका बाँकी काम यसै सरकारले पूरा गर्ने बताउनुभएको छ ।
व्यवसायले स्थानको परिचय दिन सकोस् : अध्यक्ष काफ्ले
चन्द्रपुर नगरपालिकाका अध्यक्ष सञ्जय काफ्लेले व्यवसाय यस्तो होस् जसले स्थानको परिचय दिन सकोस् भन्नुभएको छ ।
लिङ्ग पहिचानको असर : छोरीभन्दा छोरा बढी जन्मिए
सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएको छ । तर यही कानुनी मान्यताबाट फाइदा उठाउँदै भ्रूण पहिचान गरी छोरी भएमा भ्रूण हत्या गर्ने गरिएको पाइएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आ.व २०७८–७९’’ पेश गर्नुहुने छ ।