खोटाङका तीन औषधि पसलमा लगाइयो ताला
दर्ता नगरी सञ्चालन भएका खोटाङका तीन औषधि पसलमा ताला लगाइएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा सञ्चालन भइरहेका तीन पसलमा औषधि व्यवस्थापन विभाग शाखा कार्यालय विराटनगरले ताला लगाएको हो ।
एसइई परीक्षार्थीको दुर्घटनामा मृत्यु
एसइई परीक्षा दिएर फर्किएका एक परीक्षार्थीको दुर्घटनामा ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिका –४ गोठिबाङ वडा कार्यालय नजिकै भएको दुर्घटनामा बेलबास माध्यमिक विद्यालय तापामा अध्ययनरत प्रतीक घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कार्कीको मृत्यु
महोत्तरीको बर्दिबास नगरपालिका –१ स्थित पूर्व–पश्चिम लोकमार्गमा आज शुक्रवार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर नियन्त्रण
पूर्वी नवलपरासीको मध्यविन्दु–१५ मा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १२ र मध्यविन्दु–१३ मा एक ट्याक्टर सशस्त्र प्रहरी र मध्यविन्दु नगर प्रहरीको संयुक्त टोलिले नियन्त्रणमा लिएको छ ।
आगलागीमा परी गुल्मीमा एक वृद्धको मृत्यु
आगलागीमा परी गुल्मीमा एक जनाको मृत्यु भएको छ । बिहीबार राति घरमा आगलागी हुँदा मदाने गाउँपालिका वडा नम्बर–६ देउराली निवासी ८३ वर्षका ज्ञानबहादुर जिसीको मृत्यु भएको हो ।
हस्तान्तरण नहुँदै चुहियो लुम्बिनीको ध्यानकेन्द्र
परामर्शदाताले निर्माण सुरु गर्नभन्दा पहिला नै दिएको सुझावलाई बेवास्ता गर्दा बुद्ध जन्मस्थल लुम्बिनीमा करोडौँ रकम खर्चेर निर्माण गरिएको अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्र चुहिएको छ ।
नेपाल–चीन सहकार्य सबल बनाउन छलफल
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले चीनका विदेशमन्त्री छिन क्याङसँग बिहीबार भेटवार्ता गर्नुभएको छ । नेपाल–चीन द्विपक्षीय कूटनीतिक संयन्त्रको १५औँ बैठकमा सहभागी हुन उहाँ चीन पुग्नुभएको हो । भेटका अवसरमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने र नेपाल–चीनबीचको आपसी सहकार्यलाई सबल बनाउने विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । साथै उच्चस्तरीय भ्रमणको आदानप्रदान, विकास साझेदारी, व्यापार तथा पारवहन, लगानी र पर्यटनमा सम्भावित साझेदारीका साथै अहिलेसम्म भएका प्रगतिका विषयमा पनि सो भेटमा छलफल भएको छ ।
कार्यव्यवस्था परामर्श समिति गठन
प्रतिनिधि सभाको बिजनेस तथा अन्य विषयमा सभामुखलाई परामर्श दिने क्षेत्राधिकार रहेको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ। पदेनबाहेक २१ सदस्य हुने समितिमा दलीय प्रतिनिधित्वका आधारमा सदस्य छनोट गरिएको छ। एक सिट मात्र रहेका साना दलहरूको प्रतिनिधि पनि कार्यव्यवस्थामा सुनिश्चित गरिएको छ। समितिमा सभामुख, उपसभामुख र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य रहने व्यवस्था छ।
आमाको विकल्पमा मावली
एकल महिलाको विवाह भएको अवस्थामा विवाहअघि जन्माएको बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्न सरकारले निर्देशन दिएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार एकल महिलाका बच्चाको जन्मदर्ताको विषयमा यस्तो परिपत्र जारी गरेको हो। परिपत्रमा उल्लेख भएअनुसार विवाह भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएका महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए सो बच्चाको मावलीकै थर राखी आमाको हालको ठेगानामा जन्मदर्ता गरिदिन भनिएको छ।
आजदेखि निर्वाचन आचारसंहिता
आउँदो वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । सो मितिमा चितवन–२, बारा–२ र तनहुँ–१ मा निर्वाचन हुँदै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय भएको जानकारी दिनुभयो । आयोगले विभिन्न २३ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरेको छ ।
आन्तरिकसँगै बाह्य पर्यटकको रोजाइमा गुप्ता दह
वारि हिमाल, पारि हिमाल । सिस्नेसँगै टल्किएको द्धवारी हिमाल । हिमालै–हिमालको बीचमा साना–ठूला पहाडका थुम्का । अनि तिनै थुम्काको बीचमा टिलपिलाइरहेका दह, सानो गुप्ता र ठूलो गुप्ता । तिनै दुई गुप्तामा मुस्कुराउँदै फुलेको सिस्ने हिमाल । मनै लोभ्याउने सुन्दर दृश्य ।
विश्व हिन्दु महासङ्घको अध्यक्षमा पुनः अधिकारी
विश्व हिन्दु महासङ्घ नेपालको अध्यक्षमा पुनः डा. रामचन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । महासङ्घको बुटवलमा सम्पन्न आठौँ महाधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
मुद्रा सटहीका लागि राष्ट्र बैंक र विकास कोषबीच सम्झौता
लुम्बिनीमा दान वापत संकलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ । बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायम मुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच लुम्बिनीमा सटही हुन नसकेका विभिन्न २० वटा देशका विदेशी मुद्रा सटही गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
कृषकलाई आधुनिक मौरीको घार वितरण
ओखलढुङ्गामा ३५ जना कृषकलाई आधुनिक मौरीको घार वितरण गरिएको छ । सिद्धिचरण नगरपालिकाले नगरभित्रका ३५ जना मौरीपालक कृषकलाई आधुनिक घार वितरण गरेको हो ।
सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते
सप्तरीको बोदेवरसाइन नगरपालिका –२ बेलहानजिक विसनपुर स्वर्णपट्टी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बोदेवरसाइन नगरपालिका –५ भाटीनका १७ वर्षीय सागर पण्डितको मृत्यु भएको हो ।
उच्चस्तरीय प्रशासनिक पुनर्संरचना आयोग बनाइने
सुशासनयुक्त एवम् भ्रष्टाचारमुक्त शासकीय व्यवस्था निर्माण गर्न इ–गभर्नेन्स ऐन यथाशीघ्र संसदमा प्रस्तुत गरी पारित गरिने विषय उल्लेख छ ।
नियम विपरीत काम गरेका सहकारीलाई तत्काल नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियम विपरित काम गरेका सहकारीलाई तत्काल नियन्त्रण गर्न सम्बन्धित नियामक निकायहरुलाई निर्देशन दिनुभएको छ ।
व्यावहारिक र कार्यान्वयन गर्न सकिने खालको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको न्यूनतम साझा कार्यक्रम पहिलेभन्दा परिमार्जित, व्यावहारिक र कार्यान्वयन गर्न सकिनेखालको भएको बताउनुभएको छ । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण गर्ने कार्यक्रममा आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
अर्थतन्त्र सुधार गर्न पुँजी निर्माण तथा परिचालनलाई प्राथमिकता दिइने (पूर्णपाठसहित)
सरकारले देशको अर्थतन्त्र सुधारका लागि सरकारले पुँजी निर्माण तथा परिचालनलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्रीसमक्ष हस्तान्तरण
सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष हस्तान्तरण गरिएको छ । न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण गर्ने कार्यक्रममा साझा कार्याक्रम मस्यौदा कार्यदलका सदस्य तथा पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले केहीबेरअघि हस्तान्तरण गर्नुभएको हो ।
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (प्रत्यक्ष प्रसारण)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको संयुक्त सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
हनुमान जयन्तीमा कलश यात्रा
सुनसरीको इनरुवा नगरपालिका –२ शंकरपुर नहर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यले बिहीबार हनुमान जयन्तीको अवसरमा कलशयात्रा निकालिएको छ ।
लघुवित्तको विरोधमा पीडितको अनसन
बचत गर्ने र बिनाधितो ऋण दिने भन्दै चर्को व्याज लिएर आर्थिक शोषण गरेको भन्दै लघुवित्त वित्तीय संस्थाविरुद्ध पाल्पामा ऋणीले अनसन थालेका छन् ।
नेप्सेमा आठ दशमलव २८ अङ्कको गिरावट
आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आठ दशमलव २८ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ७९ अङ्कमा कायम भएको हो ।