• १३ असोज २०८१, आइतबार

हनुमान जयन्तीमा कलश यात्रा

blog

इनरुवा नगरपालिका –२ बाट निकालिएको कलशयात्रा सुनसरी खोलामा जल लिदै भक्तजनहरु । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, चैत २३ गते । सुनसरीको इनरुवा नगरपालिका –२ शंकरपुर नहर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यले बिहीबार हनुमान जयन्तीको अवसरमा कलशयात्रा निकालिएको छ । बिहान ५०१ जना महिलाले सुनसरी खोलाबाट कलशमा जल ल्याएर दिउँसोदेखि यहाँ रहेको रामजानकी मन्दिरमा अष्टयाममा सुरु भएको छ । अष्टयाम समारोह समितिद्वारा सुरु भएको महायज्ञ नौ दिनसम्म सञ्चालन हुने आयोजकले बताएको छ । 

स्थानीय भारती साहका अनुसार नहर क्षेत्रलाई धार्मिक पर्यटनको हब बनाउन र धार्मिक क्षेत्रको प्रसार प्रचार गर्न सङ्गीतमय कथा प्रवचनसहित अष्टयामको आयोजना गरिएको छ । अष्टयामको सुरुवातअघि बिहान इनरुवा बजारमा पन्चेबाजासहित विभिन्न बाजागाजाको साथमा कलशयात्रा गरिएको थियो ।