• १३ असोज २०८१, आइतबार

खोटाङका तीन औषधि पसलमा लगाइयो ताला

blog

औषधि व्यवस्थापन विभाग शाखा कार्यालय विराटनगरले दिक्तेल बजारमा सञ्चालन भइरहेका तीन पसलमा लगायो ताला । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, चैत २४ गते । 
दर्ता नगरी सञ्चालन भएका खोटाङका तीन औषधि पसलमा ताला लगाइएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा सञ्चालन भइरहेका तीन पसलमा औषधि व्यवस्थापन विभाग शाखा कार्यालय विराटनगरले ताला लगाएको हो ।  

विभागमा दर्ता गरेर मात्र औषधि पसल सञ्चालन गर्नुपर्ने भए पनि तीन पसलले दर्ता नगरेका कारण सिलबन्दी गरिएको विभागमा कार्यरत नायब सुब्बा हरिस सुबेदीले जानकारी दिनुभयो ।

बिहीबार अनुगमनको क्रममा दिक्तेल बजारमा सञ्चालित अपयोगी हेल्थ केयर एण्ड डायग्नोस्टीक सेन्टर प्रालि, ॐ हलेसी मेडिकेयर क्लिनिक र न्यू हलेसी मेडिकेयर क्लिनिक एण्ड मन्सु फार्मेसी दर्ता नभएको पाइएपछि सिलबन्दी गरिएको सुबेदीले बताउनुभयो । 

विभागमा आवश्यक कागजातसहित उपस्थित भएर दर्ता गरेपछि मात्र पसल खोलिने विभागले जनाएको छ ।