गौरीगङ्गा गोल्डकपमा आयोजकको सुखद् सुरुवात
कैलालीको गौरीगङ्गा नगरपालिकामा आज बुधबारबाट सुरु भएको गौरीगङ्गा गोल्डकपमा आयोजक गौरीगङ्गा –११ स्पोर्टस् क्लब विजयी भएको छ ।
वडा कार्यालयमा आगजनी गर्ने एक पक्राउ
चैत ९ गते राति माङ्सेबुङ गाउँपालिका –५ को कार्यालयमा आगो लगाएको घटनामा संलग्न भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैङ्क र एडिबीको आग्रह
अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका दुई ठूला विकास साझेदार विश्व बैङ्क र एसियाली विकास बैङ्क (एडिबी) का प्रतिनिधिले छलफल गर्नुभएको छ ।
एसइई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ
प्रहरीले मोरङबाट अर्कैको नाममा एसइई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।
चैते धानखेती घट्दै
गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए ।
विकट झार्लाङमा खानेपानीको शिलान्यास
उत्तरी धादिङको झार्लाङ वडा भरका नागरिकका लागि घर घरमा धारा पुर्याउने उद्देश्यले खानेपानी आयोजनाको शिलान्यास गरिएको छ ।
प्रकृतिलाई खुसी बनाउन भुमे पूजा
म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ ।
सिक्किममा हिमपहिरो : तीन नेपालीसहित सातको मृत्यु
सिक्किममा मङ्गलबार गएको हिमपहिरोमा परेर तीन जना नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । हिमपहिरोमा परेर ज्यान गुमाएका सातमध्ये तीन जना नेपाली नागरिक रहेको खुलेको हो ।
एक वर्षदेखी गोठमा थुनिएकी बालिकाको उद्धार
सुर्खेतको भेरीगंगा नगरपालिका–११ मा करिब एक वर्षदेखि बाख्रा गोठमा थुनिएकी एक बालिकाको उद्धार गरिएको छ ।
घर फर्किए मिटरब्याजपीडित
मिटरब्याजको समस्या समाधानका लागि आयोग गठनको निर्णयसँगै विगत नौ दिनदेखि काठमाडौँका विभिन्न स्थानमा धर्नामा रहेका मिटरब्याजपीडितहरू घर फर्किएका छन् । झापा, मोरङ, सुनसरी, बारा, पर्सा, सप्तरी, धनुषालगायतका जिल्लाका मिटरब्याजपीडितहरू ११ दिनको पैदलयात्राबाट काठमाडौँ आएका थिए । मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकार र पीडितबीच गत शनिबार पाँच बुँदे सहमति भएको थियो ।
सार्वजनिक सेवा प्रसारण विधेयक पारित
सरकारी सञ्चार माध्यमका रूपमा रहेका नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक सेवा प्रसारण संस्थाका रूपमा स्थापना गर्न ल्याइएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७९ राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय सभामा उत्पत्ति भई पारित भएको उक्त विधेयकलाई अब प्रतिनिधि सभामा पठाइनेछ।
आलु सुपरजोनमा इँटा फलाइँदै
सरकारले दिएको अनुदानको दुरुपयोग कसरी भइरहेको छ भन्ने उदाहरण काभ्रेको एउटा कृषि कार्यक्रम बनेको छ। ‘आलु सुपरजोन’का लागि अनुदान लिएर चक्लाबन्दी गरिएको जमिनमा पहिलो पटक आलु रोपियो पनि तर अहिले भने त्यही जमिनमा इँटा बनाउन थालिएको छ।
सिक्टाबारे विशेषको फैसलामा पुनरावेदन
राष्ट्रिय गौरवको सिक्टा आयोजना निर्माणको क्रममा भएको आर्थिक अनियमितताको सम्बन्धमा विशेष अदालत काठमाडौँले गरेको फैसलाप्रति असन्तुष्टि व्यक्त गर्दै पुनरावेदन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो ।
मूल्य रुपियाँ जरिवाना हजार !
चौसट्ठी रुपियाँ मूल्यको पुस्तकको जरिवाना चार हजार रुपियाँ! सुन्दा अचम्म लाग्न सक्ला तर पुस्तकालयबाट लगेको एक पुस्तक फिर्ता गर्दा पाठकले चार हजार रुपियाँ जरिवाना तिर्नुपरेको छ। पुस्तक लगेर वर्षौंसम्म फिर्ता नगर्ने वा हराउने प्रवृत्तिलाई रोक्न त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय पछिल्लो समय कडा रूपमा प्रस्तुत भएको छ। पुस्तकालयले हालै विश्वविद्यालयका एक जना प्राध्यापकसँग चार हजार रुपियाँ जरिवाना असुल गरेको छ।
नेपाललाई हिन्दुराष्ट्र बनाइनेछ : अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दुराष्ट्र कायम गराउन सबै नागरिक एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । सके सदनबाट नसके सडकबाट भए पनि हिन्दुराष्ट्र कायम गराएरै छाड्ने उहाँको भनाइ छ ।
लागूऔषध ब्राउन सुगरसहित चार पक्राउ
कैलाली प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
विपन्न परिवारलाई निःशुल्क धारा वितरण
पूर्वी नवलपरासीको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मंगलबार विपन्न २० घर परिवारलाई निःशुल्क धारा वितरण गरेको छ ।
शान्ति सुरक्षासम्बन्धी खर्चको मापदण्ड खारेज गर्ने सरकारको निर्णय
सरकारले शान्ति सुरक्षासम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड खारेज गर्ने निर्णय गरेको छ ।
उच्च अदालतको फैसलाविरुद्ध पूर्व मन्त्री पाण्डेसहित २१ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन
पूर्व मन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
विद्युत चोरी गरेको आरोपमा पाँच पक्राउ
विधुत चोरी गरिरहेको आरोपमा मंगलबार जिल्लाको विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरिएको छ ।
खोलै सुकाएर विद्युत उत्पादन, किसान मर्कामा
खोटाङमा खोलै सुकाएर विधुत उत्पादन गरेको पाइएको छ । हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीस्थित साप्सु खोलाबाट विधुत उत्पादन गर्नेक्रममा आयोजनाले विधुत उत्पादनका क्रममा खोलै सुकाएर पानी प्रयोग गरेको पाइएको हो ।
शिक्षण पेसासँगै फष्टायो मौरीपालन व्यवसाय
शिक्षण पेसासँगै गुल्मीका एक शिक्षक मौरीपालन व्यवसायमा लाग्नुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –१०, सिमिचौर रैयाका रोमनाथ अर्यालले विद्यालय समयपछिको फुर्सदको समयमा कृषिलाई पनि उत्तिकै प्राथमिकता दिनुभएको छ।
राज्यको सुरक्षा निकायको रुपमा पहिचान स्थापित गर्न सशस्त्र प्रहरी सफल : गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरीले उच्च पेसागत दक्षता प्रदर्शन गरी राज्यको अब्बल सुरक्षा निकायको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको बताउनुभएको छ ।
लोकतान्त्रिक जनजाति महासङ्घको अध्यक्षमा शेर्पा
लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको अध्यक्षमा पासाङ शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।