• ९ पुस २०८१, मङ्गलबार

सुत्केरी, गर्भवती र एकल महिलालाई सामग्री वितरण

blog

सुत्केरी, गर्भवती एकल महिलालाई सामग्री वितरण गर्नुहुदै उपाध्यक्ष सिंह । तस्बिर : बासुदेव शर्मा

वासुदेब शर्मा 

जाजरकोट, चैत २२ गते । कुशे गाउँपालिकाले सुत्केरी, गर्भवती, एकल महिलासँग उपाध्यक्ष कार्यक्रम सुरु गरेको छ । सो अवसरमा चालु आर्थिक वर्ष २०७९–८० वार्षिक स्वीकृत कार्यक्रमअनुसार ९ वटै वडाका सुत्केरी, गर्भवती, एकल महिलालाई आवश्यक सामग्री वितरण गरिएको छ ।  

कुशे गाउँपालिकाका –९ वटै वडाका आमा दिदी बहिनीसँग भेटघाट गरी ६० वर्ष मुनिका २८६ जना एकल महिलालाई न्यानो पछेउरा (सल) सुत्केरी, गर्भवती, महिलालाई तीन लिटर खाने तेल, तीन पाकेट आयोडिनयुक्त नुन, तीन चक्की साबुन र नङ्कट वितरण गरेको उपाध्यक्ष देविका सिंह आरसीले बताउनुभयो  । 

महिला, बालबालिकाको अधिकार स्थापित गर्न आएकाले महिला दिदी बहिनीको दुख पीडा बुझ्न घरमै पुगेर सामग्री वितरण गरी बाँकी सामग्री वडा कार्यालय जनप्रतिनिधि कर्मचारीले बुझाएको बताउनुभयो । महिलाका समस्या बुझन् गाउँवस्तीमा पुगेर सुत्केरी, गर्भवती, एकल महिलाको अवस्था, पीडालाई सान्त्वना दिन कार्यक्रम तय गरिएको उपाध्यक्ष सिंह आरसीले बताउनुभयो । 

सुत्केरी गर्भवती महिलाले गर्भावस्थामा आराम र पोषिलो खानेकुरा सेवन गरी आफू र बच्चा स्वस्थ, सुरक्षित निरोगी बनाउन नवजात शिशु र मातृत्व सुरक्षाका लागि स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच, सुत्केरी गर्भवतीसँग उपाध्यक्ष कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । स्थानीय सरकारले आगामी वर्ष योजना निर्माण गर्दा एकल महिलाका लागि सीपमूलक, ज्ञान सीप, आयआर्जन सुधार सम्बन्धी कार्यक्रम प्राथमिकतामा राखी योजना निर्माण गर्ने, बताउनुभयो ।