देवरामप्रसाद यादव
सप्तरी, चैत २१ गते । विधुत चोरी गरिरहेको आरोपमा मंगलबार जिल्लाको विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरिएको छ । यो सँगै दुई महिनामा विधुत चोरी गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या १२५ पुगेको छ ।
पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका –५ का २४ वर्षीय जयराम मण्डल, ५० वर्षीय देवनारायण मण्डल, ४० वर्षीय सन्तोष मण्डल छन् । यस्तै, राजगढ गाउँपालिका –४ का ६५ वर्षीय शिवप्रसाद साह, ५३ वर्षीय जगदेव यादव पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
विधुत प्राधिकरण राजविराज वितरण केन्द्र राजविराज र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । विधुतीय पोलबाट हुकिङ्गगरी विधुत प्रयोग गरिरहेको अवस्थामा पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूबाट प्रतिव्यक्ति १५ हजार पाँच सयका दरले जरिवाना असुल तथा अब उप्रान्त विधुत चोरी नगर्ने सर्तमा कागजात बनाएर छाडिने प्रहरीले जनाएको छ ।