जनसङ्ख्याको बाइस प्रतिशत मात्रै बिमित
स्वास्थ्य बिमा गरेका ५५ प्रतिशतले स्वास्थ्य सेवा नलिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । ६४ लाखभन्दा बढी नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकोमा ५५ प्रतिशतले स्वास्थ्य सेवा नलिएको तथ्याङ्क सार्वजनिक गरिएको हो । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले ६४ लाख ५४ हजार ७७२ जना नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको जानकारी दिनुभयो । उक्त सङ्ख्या नेपालको कुल जनसङ्ख्याको २२ प्रतिशत हो । बिमा नवीकरण गर्नेको सङ्ख्या भने ३८ लाख ७१ हजार ८५० छ । सरकारले स्वास्थ्य बिमा सुरु गरेको सातौँ वर्षको उपलक्ष्यमा स्वास्थ्य बिमा बोर्डले शनिबार आयोजना गरेको कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएका छन् ।
काभ्रेली आलुको कपिलवस्तु यात्रा
काभ्रेपलाञ्चोकका आलुले भण्डारका लागि ३३२ किलोमिटर दूरी तय गर्ने गरेका छन्। जिल्लामा आलु भण्डारण गर्ने उचित शीतभण्डार (कोल्ड स्टोर) अभावमा किसानले कपिलवस्तुको जितपुरमा रहेको कोल्ड स्टोरमा आलु भण्डारण गर्न थालेका हुन्। किसान आफूले उब्जनी गरेको आलु भण्डारण गर्न ३३२ किलोमिटर टाढाको कोल्ड स्टोरको शरणमा जानुपर्ने बाध्यतामा छन्।
रोकिएन निजी विद्यालयको मनपरी
नियमनकारी निकायको कमजोरीको फाइदा उठाउँदै निजी विद्यालय सञ्चालकले यस वर्ष पनि विद्यार्थीबाट चर्को शुल्क असुल्न थालेका छन्। शैक्षिक सत्र सुरु हुनै लाग्दा तिनीहरूले आफूखुसी शुल्क तोक्दै विद्यार्थी तथा अभिभावकलाई बिल पठाउन थालेका छन्। यसबीचमा कतिपय विद्यालयले भर्नासमेत सुरु गरिसकेका छन् तर कुन तहका विद्यार्थीबाट भर्ना तथा मासिक शुल्कबापत कति रकम लिने भन्ने विषयमा विद्यालयबीच एकरूपता छैन। कतिपय निजी विद्यालय सञ्चालकले आफैँ पाठ्यपुस्तक, कापी, विद्यालय पोसाक, जुत्ता, मोजा तथा झोलासमेत बेच्ने गरेका छन्।
डुबेर बालिकाको मृत्यु
पौडी खेल्ने क्रममा एक जना बालिकाको डुबेर मृत्यु भएको छ । जिल्लाको निस्दी–३, का सात वर्षीय उस्मी सोतीमगरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
४० फरार अपराधी पक्राउ
ओखलढुङ्गामा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ४० जना फरार अपराधी पक्राउ परेका छन् । अदालतबाट कसुर ठहर भई सजाए पाएका ४० जना फरार अपराधी पक्राउ परेका हुन् ।
लम्पी स्किन सङ्क्रमण जिल्लाभर फैलिँदै
जिल्लाको विभिन्न स्थानमा पशुमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिएको छ । १५ दिनअघि जिल्लाको माथागढी–५, का किसानले पालेका पशुमा देखिएको लम्पी स्किन रोग माथागढीसँगै बगनासकाली, तानसेन, तिनाउ, रिव्दीकोट तथा रैनादेवी छहरामा फैलिएको छ ।
घाइतेको मृत्युपछि अछाममा सडक बन्द
बसको ठक्करबाट घाइते भएकाको उपचारको क्रममा मृत्यु भएपछि अछामको साँफेबगरमा सडक बन्द गरिएको छ ।
पत्रकार कल्याणकारी कोष सञ्चालन गरिने : मुख्यमन्त्री जमकट्टेल
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बागमती प्रदेशभित्रका सबै श्रमजीवी पत्रकारको पत्रकार कल्याणकारी कोष सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
मिडिया कानुन परिमार्जन गरेर अघि बढ्नुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकबारे सञ्चारमाध्यममा प्रकाशन भएका समाचारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालय बन्दै
गल्याङ् नगरपालिका –१ मालुंगामा रहेको उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालय (अस्पताल) निर्माण गरिने भएको छ ।
रौतहटको सबै पालिकामा वारुणयन्त्र खरिद गरिने
जिल्ला दैवी प्रकोप उद्धार समिति रौतहटले जिल्लाको सबै पालिकामा वारुणयन्त्र खरिद गर्न पहल गर्ने भएको छ ।
सर्लाहीको बागमतीमा १८ करोडको आर्यघाट बन्ने
सर्लाहीको बागमतीमा १८ करोडको लागतमा व्यवस्थित आर्यघाट निर्माण गर्न सुरु गरिएको छ । अन्तिम संस्कार गर्ने ठाउँ राम्रो नभएको र जथाभाबी अन्तिम संस्कार गर्दा खोला फोहोर हुने भएपछि बागमती नगरपालिकाले सुविधा सम्पन्न आर्यघाट बनाउन लागेको हो ।
कर्णाली कोरिडोरको तिथिमा मालबहाक ट्रक दुर्घटना
कर्णाली कोरिडोरको बाजुरा जिल्लाको तिथि चौरमा धनगढीबाट हुम्लाको सलीसल्लातर्फ शनिबार बिहान आउँदै गरेको मालबहाक ट्रक दुर्घटना भएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएकाको एकीकरण
सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाको सीप र पुँजीलाई मुलुकको आर्थिक सामाजिक विकासमा सघाउ पु-याउन पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न पालिकासँग सम्झौता सुरु गरेको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्केकालाई लक्षित गरेर सञ्चालन गरिने पुुनः एकीकरण कार्यक्रमका लागि पालिकासँग सम्झौता सुरु गरेको हो ।
हिमाल सफा गर्दै सेना
सफा हिमाल अभियान २०२३ अन्तर्गत विभिन्न चारवटा हिमाल सरसफाइका लागि नेपाली सेनाले तीनवटा टोलीलाई जिम्मेवारी दिएको छ । सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार सेनाले सगरमाथा र ल्होत्से हिमाल सफाइका लागि प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १६ जनाको टोली, अन्नपूर्ण हिमाल सफाइका लागि सहसेनानी भीमबहादुर भुजेलको नेतृत्वमा १० जनाको टोली र बरुन्चे हिमाल सफाइका लागि सात जनाको टोली खटाइएको छ । सगरमाथा र ल्होत्से सफाइमा खटिएको टोली मङ्गलबार स्याङ्सोचे पुगेको र स्थानीय जनसमुदायसँग अन्तक्र्रिया गरी एक साताभित्र सगरमाथा आधार शिविर पुग्ने प्रवक्ता भण्डारीले बताउनुभयो ।
समयमै आयोजना सम्पन्न गर्ने सहमति
नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा चीनको अनुदान सहयोगमा निर्माण भएका विभिन्न पूर्वाधार विकास आयोजना तथा चिनियाँ ठेक्कामा रहेका आयोजनाको प्रगतिको समीक्षा गर्दै समयमै सम्पन्न गर्न ती आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको छ ।
मेयर फोरमको अध्यक्षमा चिरीबाबु
काठमाडौँ उपत्यका मेयर फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन हुनुभएको छ । शुक्रबार उपत्यकामा सम्पन्न तीन जिल्लाका १८ वटा नगरपालिका प्रमुख र उपप्रमुखको भेलाले उपत्यका नगरपालिका फोरमको अध्यक्षमा महर्जनलाई चयन गरेको हो । उपाध्यक्षमा सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, महासचिवमा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी, सचिवमा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, सहसचिवमा मध्यपुर थिमिका प्रमुख
आराम गर्ने छुट छैन : प्रम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र विकासलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । शुक्रबार गोरखा सदरमुकाममा आयोजित विभिन्न कार्यक्रममा बोल्दै उहाँले आफूलाई आराम गर्ने छुट नभएको बताउनुभयो । “बितेका सय दिन अलि उतार चढाव भयो । फेरि पनि जहाँ आएर ल्यान्ड हुनुपर्ने हो त्यहाँ आएर ल्यान्ड भएको छ,” उहाँले भन्नुभयो, “अब खुसीका साथ मलाई आराम गर्ने छुट छैन ।”उहाँले विगत तीन महिना
विधेयकमाथि अनलाइनबाटै सुझाव दिन पाइने
संसद् सचिवालयमा दर्ता भएको विधेयकमा नागरिकले अब अनलाइन माध्यमबाटै सुझाव तथा प्रतिक्रिया दिन पाउने भएका छन् । सङ्घीय संसद् सचिवालयले यस्तो अभ्यासलाई नियमित र प्रभावकारी बनाउन शुक्रबारदेखि तीनवटा विधेयकमा पथप्रदर्शी अभ्यास सुरु गरेको छ ।
नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण सुरु
नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तक वितरण सुरु गरेको छ । नयाँ शैक्षिक सत्र आउँदो वैशाख २ गतेबाट सुरु हुँदैछ । केन्द्रले भक्तपुरको सानोठिमीसहित आठवटै क्षत्रीय कार्यालयबाट पुस्तक वितरण सुरु गरेको हो । यस पटक भर्नासँगै विद्यार्थीको हातमा पनि पुस्तक पु-याउने लक्ष्य केन्द्रले लिएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले प्रादेशिक कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुर्गम तथा अन्तिम चरणमा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गरिने जानकारी दिनुभयो ।
स्वास्थ्यमा कृत्रिम फोक्सो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (यूएसएआईडी)को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरिएको हो ।
कार्यान्वयनमा विज्ञको जोड : बेरोजगारी समस्या सम्बोधन नभएको आरोप
सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि यसमाथि विभिन्न टिका टिप्पणी भइरहेका छन्।
विश्व परिवेशअनुरुपको सन्तुलित व्यवहार जरुरी : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको सामरिक अवस्थिति र विद्यमान विश्व परिवेश अनुरुपको सन्तुलित व्यवहार जरुरी रहेको बताउनु भएको छ ।
पोस्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल मङ्गलबारबाट
मङ्गलबारबाट प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतिष्ठानले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २८ देखि २०८० वैशाख २ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो ।