• ३ असार २०८१, सोमबार

पोस्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल मङ्गलबारबाट

blog

काठमाडौं, चैत २४ गते । मङ्गलबारबाट प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतिष्ठानले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २८ देखि २०८० वैशाख २ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो ।

खेलाडीको क्षमता वृद्धि र भलिबलको सर्वाङ्गिण विकासमा टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको प्रष्ठिानले जनाएको छ । प्रतियोगितामा तीन विभागीयसहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम गरी कुल ६ टोलीले प्रतिष्पर्धा गर्ने प्रतिष्ठानका महासचिव निर्मल आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने प्रतियोगिता पाँच दिनसम्म सञ्चालन हुनेछ । लिगकप नकआउटको आधारमा आयोजना हुने प्रतियोगिताको विजेताले चार लाख तथा उपविजेताले दुई लाख रुपियाँ प्राप्त गर्नेछन् । यस्तै, तेस्रो हुने टोलीले नगद एक लाख रुपियाँ प्राप्त गर्दा सान्त्वना टोली ५० हजार रुपियाँबाट पुरस्कृत हुनेछ । यस्तै, विधागत उत्कृष्ट सर्भर, लिबेरो, स्पाइकर, ब्लकर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपियाँ पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपियाँ पाउनेछ ।

प्रतियोगिता आयोजना गर्न अनुमानित कुल ५२ लाख रुपियाँ लाग्ने प्रतियोगितालाई राखेपले २० लाख रुपियाँ प्रदान गर्नेछ भने बाँकी रकम विज्ञापन र प्रतिष्ठानबाट जुटाउने प्रतिष्ठानले जानकारी दियो । कार्यक्रम सफल बनाउनका लागि नेपाल भलिबल संघका अध्यक्षले प्राविधिक रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।