नारायणगढ–बुटवल सडक : ४ वर्षमा २८ प्रतिशत विस्तार
विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा चार वर्षमा २८ प्रतिशत काम भएको छ । दैनिक ५० हजारभन्दा धेरै सवारी चल्ने यो सडकमा धुलो उडेर दिउँसै अँध्यारो हुन्छ ।
आत्मदाह गर्ने आचार्य परिवारलाई आर्थिक सहयोग
सङ्घीय संसद् भवन अगाडि आत्मदाह गर्नुभएका स्वर्गीय प्रेमप्रसाद आचार्यका दुई छोरीको पढाइ खर्चका लागि बेल्जियममा बसोबास गर्ने नेपालीले सङ्कलन गरी पठाएको पाँच लाख रुपियाँ हस्तान्तरण गरिएको छ ।
पुँजीगत खर्च बढाउन विशेष मेहनत गरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहेनत गर्न निर्देशित गर्नुभएको छ ।
किसानलाई गहुँ भित्र्याउन चटारो (फोटो फिचर)
कैलालीका किसान गहुँ भित्र्याउन व्यस्त भएका छन् । बाली भित्र्याउने सिजन चलेसँगै किसानलाई गहुँ काट्ने, थ्रेसिङ गर्ने, बाली भित्र्याउने चटारो बढेको हो । यसवर्ष अघिल्लो सातासम्म पानी परेर मौसम प्रतिकूल देखिएका कारण केही ढिलो गरेर गहुँ काट्ने काम गरिरहेको किसानले बताएका छन् ।
बस्ती नजिकै लागेको डढेलो नियन्त्रणमा
सर्लाहीको बागमती नगरपालिका –११, कर्मैयामा बस्ती नजिकको वनमा लागेको डढेलो स्थानीय र नेपाली सेना लागेर नियन्त्रणमा लिएका छन् । चुरेपाखास्थित पशुपति सामुदायिक वन समूह कर्मैयामा लागेको डढेलो बिहीबार बिहान स्थानीय र भैरवी दल गण पाँचकुमारी ब्यारेकबाट खटिएको सेनाको टोलीले नियन्त्रणमा लिएको हो ।
टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा
टीकापुर साहित्य समाजले तीन वटा पुरस्कार घोषणा गरेको छ । चैत २५ गतेदेखि सुरु हुने टीकापुर साहित्यिक महोत्सवको अवसर पारी प्रदान गरिने पुरस्कारको टीकापुर साहित्य समाजका अध्यक्ष तथा साहित्यकार महेशविक्रम शाहले विहीबार पत्रकार सम्मेलनमार्फत घोषणा गर्नुभएको हो ।
एकल महिलालाई अचार बनाउने तालिम
हिमाली जिल्ला म्याग्दीको पश्चिम भेगमा पर्ने मालिका गाउँपालिकाका एकल महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम सुरु गरिएको छ । ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत’ गाउँपालिका भित्रका एकल महिलालाई लक्षित गरी सो तालिम सुरु गरिएको हो ।
हुलाकी राजमार्ग कालोपत्रसँगै ठोरीको पहिचान फेरियो
केही वर्षअघिसम्म दुर्गम क्षेत्रका रूपमा रहेको पर्साको ठोरी गाउँपालिका अहिले सुगम हुन पुगेको छ । यतिबेला ठोरी क्षेत्र मधेश प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ ।
सहज बन्दै राहदानी विभागको सेवा
केही महिना अघिसम्म व्यापक भिडभाड देखिने राहदानी विभागमा अहिले भने चहलपहल कम देखिएको छ । राहदानीका लागि फारम सङ्कलनलाई विस्तार गरेसँगै सेवाग्राहीको चाप पनि घटेको हो ।
आरन पेसाबाट परिवार पाल्नै धौधौ
परम्परागत रूपमा फलामका सामान बनाउँदै आएका दलित समुदायलाई जीविकोपार्जन गर्न समस्या हुने गरेको छ ।
समाजवाद उन्मुख राज्यको आधार सहकारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पुँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । उहाँले समाजवाद उन्मुख राज्यको महत्वपूर्ण आधार सहकारी आन्दोलन रहेकोले यसलाई पुँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)को भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले बुधबार आयोजना गरेको राष्ट्रिय भेलामा मन्तव्य राख्ने क्रममा प्रधानमन्त्रीसमेत रहेका सो पार्टीका अध्यक्ष प्रचण्डले सहकारी आन्दोलनलाई समाजवादको आधार खडा गर्ने साधनका रूपमा विकसित तुल्याउनुपर्ने बताउनुभयो ।
उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकियो
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ। आयोगले आउँदो वैशाख १० गते तीनवटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा उम्मेदवारको खर्च सीमा निर्धारण गरेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चितवन–२ र बारा–२ मा उम्मेदवारले २९ लाख रुपियाँ तथा तनहुँ–१ मा ३१ लाख रुपियाँ खर्च गर्न पाउने सीमा तोकिएको जानकारी दिनुभयो।
चक्लाबन्दीमा इँटाको खलो बनाएको स्वीकार
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपर जोन) आलुको आर्थिक सहयोगमा चक्लाबन्दी गरिएको जमिनमा इँटाको खलो बनाएको पाँचखाल नगरपालिकाले स्वीकार गरेको छ । पाँचखाल नगरपालिकाको कृषि शाखाले समाचार प्रकाशित भएपछि कृषि शाखा प्रमुख अधिकारीको नेतृत्वमा भएको स्थलगत निरीक्षणपछि चक्लाबन्दी गरिएको २८ रोपनी जग्गा इँटा पार्न दिइएको पाइएको उहाँले बताउनुभयो । तर, सो स्थानको माटो भने प्रयोग नगरेको र अन्यत्र स्थानबाटै माटो ल्याएर इँटा पारिएको पाइएको स्पष्ट पार्नुभयो ।
अधिकतम अधिकृत पन्ध्रौँ तह निर्धारण गरिने
अबदेखि निजामती कर्मचारीको विशिष्ट श्रेणीलाई अधिकतम अधिकृत १५औँ तह निर्धारण गरिने भएको छ। अहिले कायम भएको निजामती कर्मचारीको श्रेणीगत प्रणालीलाई हटाएर तहगत प्रणालीमा लैजाने र तहगत प्रणालीमा जाँदा विशिष्ट श्रेणी सचिवको पदलाई अधिकतम अधिकृत १५औँ तह कामय गर्न लागिएको छ। सङ्घीय निजामती सेवा ऐनको मस्यौदामा निजामती सेवाको विशिष्ट श्रेणीको पदलाई अधिकृत १५औँ, १४औँ र १३औँ तह मानिएको छ।
घट्यो मातृ मृत्युदर, दिगो विकास लक्ष्य भेट्न भने कठिन
नेपालमा यसअघिका तथ्याङ्कले देखाएभन्दा निकै नै कम मातृ मृत्युदर रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ का क्रममा गरिएको दोहोरो अध्ययनबाट मातृ मृत्युदरको वास्तविक स्वरूप पत्ता लगाइएको हो । नयाँ तथ्याङ्कअनुसार मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा १५१ जना रहेको छ । यो पनि उच्च मृत्युदर नै मानिन्छ । नेपालले दिगो विकासको लक्ष्य भेट्न मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा ७० भन्दा कम गर्नुपर्छ ।
खुट्टा नभएका हरि सगरमाथा यात्रामा
कृत्रिम खुट्टाको भरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्यसाथ भूतपूर्व गोरखा सैनिक हरि बुढामगर लुक्ला पुग्नुभएको छ । शारीरिक रूपमा अशक्त बुढामगर बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुक्ला पुग्नुभएको हो । घुडामुनिको खुट्टा नभएका उहाँ कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा पहिले मीरा पिक आरोहण गरेर आउँदो वैशाखको मध्यसम्ममा आरोहणका लागि सगरमाथा बेस क्याम्प पुग्ने कार्यतालिका छ । उहाँले कृत्रिम खुट्टाको सहायतामा यसअघि सगरमाथाको आधार शिविर पुगेर ‘स्काई ड्राइभिङ’ गरिसक्नुभएको छ ।
लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन हुने
अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन –२०२३ को आयोजना हुनेभएको छ । खेलकुद दिवसको अवसरमा विहीबार नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकूद परिषदको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिता आयोजना हुन लागेको हो ।
डोको बुन्ने प्रतिस्पर्धामा गुरुङ प्रथम
ताप्लेजुङमा बुधबार भएको परम्परागत चोयाको डोको बुन्ने प्रतिस्पर्धामा फुङ्लिङ नगरपालिका –९ का धनबहादुर गुरुङ प्रथम हुनुभएको छ । दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सवको अवसरमा गरिएको डोको बुन्ने प्रतिस्पर्धामा गुरुङ प्रथम हुनुभएको हो ।
माहुरीपालक अगुवा कृषकलाई तालिम
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले आफ्नो क्षेत्रका ३० जना अगुवा कृषकलाई माहुरीपालनसम्बन्धी तालिम प्रदान गरेको छ ।
गोकर्णेश्वर नगरपालिकामा आँखा उपचार सेवा
गोकर्णेश्वर नगरपालिकाले नगर अस्पतालमा आँखा उपचार, मुटुरोग विशेषज्ञलगायतका सेवा सुरु गरेको छ । नगरपालिकाको वडा –४ गोकर्णेश्वरस्थित नगर अस्पतालमा सेवा बिस्तार तथा उदघाटनसम्बन्धी कार्यक्रमको आयोजना गरी छुट्टै इकाइ स्थापनासँगै यी सेवाहरु सञ्चालन भएका हुन् ।
माछा पाउन छाडेपछि माझी समुदायको पेशा सङ्कटमा
तमोर किनार अन्तर्गत धनकुटाको मुलघाटदेखि भैसेटारसम्म अधिकांश माझि जातीको बसोवास छ । कृषिसँगै माछा मार्ने माझि समुदायको मुख्य पेशा हो । केही बर्षयता नदीमा माछा पाउन छाडेपछि सो समुदायको मुख्य पेशा संकटमा परेको छ ।
सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधारमा जोड
शिक्षा क्षेत्रका अगुवा तथा राजनीतिक दलका नेताहरुले सामुदायिक विद्यालयको शैक्षिकस्तर सुदृढीकरण गर्नुपर्ने विषयमा जोड दिनुभएको छ । बुधबार कैलालीको धनगढीमा आयोजित सार्वजनिक शिक्षा सुदृढीकरणमा राजनीतिक उत्तरदायित्व विषयक सुदूरपश्चिम प्रदेश स्तरीय कार्यक्रममा उहाँहरुले सो कुरामा जोड दिनुभएको हो । सहभागीहरुले केही नीति सुधार गर्नुपर्ने बताउँदै मुख्य रुपमा सरोकारवालहरु जिम्मेवार भएमा सार्वजनिक शिक्षा सुधार हुने विश्वास लिनुभएको छ ।
विद्युत नियमित नहुँदा चियामा लाखौँको घाटा
चैत १७ गतेदेखि यो वर्षको चियाको पहिलो प्रशोधन थालेको जसबिरे चिया उद्योगमा पहिलो पटकको चिया नै नष्ट भयो ।
पोइट आइडियलको उत्कृष्ट सातभित्र ‘मुनु’
कैलालीका मुनु अधिकारी कवितामा आधारित नेपालकै पहिलो रियालिटी सो पोइट आइडियलमा उत्कृष्ट सात जनामा पर्न सफल हुनुभएको छ ।