• २६ पुस २०८१, शुक्रबार

लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन हुने

blog

बुटवलमा आयोजित पत्रकार सम्मेलन । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, चैत २२ गते । अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन –२०२३ को आयोजना हुनेभएको छ । खेलकुद दिवसको अवसरमा विहीबार नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकूद परिषदको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिता आयोजना हुन लागेको हो ।  

आयोजकले बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ ।  खेलकूदको माध्यमबाट लुम्बिनीको प्रवर्धनमा टेवा पुग्ने लक्ष्यसहित २०७ राष्ट्रलाई निमन्त्रणासहित प्रतियोगिताको आयोजना गर्न लागिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो ।

कपिलवस्तुको तिलौराकोट दरबारबाट विहीबार विहान ७ बजे म्याराथन सुरु भई लुम्बिनीको शान्ति दीपमा आएर समापन हुने महासचिव श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा विभिन्न देशका ५० बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ । यो वर्षको प्रतियोगिता समापनसँगै २०७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिनेछ । 

यसैगरी उत्कृष्ट १० औं स्थानसम्म आउनेलाई पुरस्कारको व्यवस्था गरिएको छ । पुरस्कारका लागि मात्र ४ लाख २४ हजार खर्च अनुमान गरिएको प्रतियोगिता सफल पार्न ४० लाख खर्च अनुमान गरिएका आयोजकले जानकारी दिएको छ ।