• १३ असोज २०८१, आइतबार

माछा पाउन छाडेपछि माझी समुदायको पेशा सङ्कटमा

blog

माछा मार्न नदी किनारमा चहार्दै स्थानीय माझी समुदायका व्यक्ति । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे

हिले, चैत २२ गते । तमोर किनार अन्तर्गत धनकुटाको मुलघाटदेखि भैसेटारसम्म अधिकांश माझि जातीको बसोवास छ । कृषिसँगै माछा मार्ने माझि समुदायको मुख्य पेशा हो । केही बर्षयता नदीमा माछा पाउन छाडेपछि सो समुदायको मुख्य पेशा संकटमा परेको छ ।

केही बर्ष अघिसम्म यस क्षेत्रमा पर्ने याक्चना, कुसेटार, फलामेटार, भैसेटार, डिहीटारलगायत तमोर नदीमा बर्गेल्ती माछा पाइन्थे । अहिले एकाएक माछा पाउन छाडेको छ । नदीमा माछा पाउन छाडेको चौबिसे गाउँपालिका –४ भैसेटारका राजन माझीले बताउनुभयो ।

“पहिले माछा पार्न दुःख गर्नै पर्दैनथ्यो, दैनिक चार पाँच किलोसम्म माछा हात लाग्थ्यो ।  तर अहिले एक दिनमा एक किलो माछा पाउन मुस्किल छ” माझीले भन्नुभयो ।

“पहिले माछा पार्न दुःख गर्नै पर्दैनथ्यो, दैनिक चार पाँच किलोसम्म माछा हात लाग्थ्यो ।  तर अहिले एक दिनमा एक किलो माछा पाउन मुस्किल छ” माझीले भन्नुभयो । तमोर नदीमा असला, कत्ले, बुदुना, काभ्रे, बाम, तितेलगायत जातका माछा पाइने गरेका छन् ।

ताप्लेजुङको उत्तरी क्षेत्रमा २०७२ जेठमा खसेको पहिरोपछि नदी थुनिएर तमोर नदीमा आएको बाढीले माछा बगाएको स्थानीयको भनाइ छ । तमोर नदीमा माछा घट्दैगएको स्थानीयले बताउनुभयो । नदीमा पानीको सतह घटेको समयमा समेत माछा भेटिन छाडेको उहाँहरुको बुझाइ छ । 

नदीमा विषादी हाल्ने र करेन्ट लगाएर माछा मार्न थालिएपछि माछा पाउन छाडेको स्थाीयले बताएका छन् । नदीमा खुलेआम करेन्ट लगाएर माछा मार्ने गरिएको छ । करेन्टका कारण माछाको प्रजनन कार्य समेत नष्ट हुनेगरेको चौबिसे गाउँपालिका –३ फलामेटारका महेन्द्र न्यौपानेले बताउनुभयो ।  

माछा हुर्कने खेल्ने तथा प्रजनन् गर्ने ठूला नदी उपयुक्त मानिन्छ । गर्मी लागेसँगै माछा समेत नदीमार्फत उकालो लाग्नेगरेका छन् । पछिल्लो समय रैथानेसँगै गर्मी क्षेत्रबाट आउने माछा समेत लोप हुँदैगएको स्थानीयको बुझाइ छ । 

नदीमा खुलेआम करेन्ट लगाएर माछा मार्ने गरिएको छ । करेन्टका कारण माछाको प्रजनन कार्य समेत नष्ट हुनेगरेको चौबिसे गाउँपालिका –३ फलामेटारका महेन्द्र न्यौपानेले बताउनुभयो ।  

माछा लोप हुँदैजानुको पछाडि विभिन्न कारण रहेको बिज्ञको भनाइ छ । त्यसले इको सिस्टममै असर गर्ने कोशी टप्पु बन्यजन्तु आरक्षण केन्द्रका प्रमुख संरक्षण अधिकृत रमेश यादबले बताउनुभयो । 

मानबीय क्रियाकलापकै कारण माछा संकटमा परेको उहाँको भनाइ छ । “बढ्दो फोहोर मैला नदीमा मिसाइनु, करेन्ट लगाइनु, पुल वाँध निर्माण गर्दा माछालाई कति असर पुग्छ भनेर अध्ययन गरिए पनि त्यसको क्षतिपुर्तिका लागि केही नगरिनु लगायतका कारण माछा घटेको हो” उहाँले भन्नुभयो ।

त्यसो त पछिल्लो समय नदीमा माछा संरक्षण गर्न स्थानीय तह नै जुट्नु पर्ने आवाज उठ्न थालेको छ । माछा मार्न हुने अबैध क्रियाकलाप आफुहरुले रोक्न पहल गरे पनि सफल नभएको तथा स्थानीय तहले रोक्नुपर्ने माग स्थानीयको छ । 


स्थानीय तहले नै जिम्मेबारी लिएर रोक्नुपर्छ, छथर गाउँपालिका तेह्रथुमका स्थानीय डम्बर लिम्बुले भन्नुभयो । माछा घटे पनि माछा हेर्ने बेग्लै कार्यालय समेत नभएकाले माछा कति घट्यो कुन कुन माछा घट्यो भन्ने तथ्याङ्क नरहेको उहाँको भनाइ छ ।