• १३ असोज २०८१, आइतबार

विद्युत नियमित नहुँदा चियामा लाखौँको घाटा

blog

कोकिला ढकाल 

इलाम, चैत २२ गते । चैत १७ गतेदेखि यो वर्षको चियाको पहिलो प्रशोधन थालेको जसबिरे चिया उद्योगमा पहिलो पटकको चिया नै नष्ट भयो । दुई दिनसम्म उद्योगमा विद्युत आपूर्ति बन्द हुँदा पहिलो टिपाइको चिया प्रशोधन हुन नसकेको हो । 

विशेष गरी चीन निर्यात गर्न प्रशोधन थालिएको चिया बिग्रिएपछि त्यसको प्रत्यक्ष घाटा उद्योगलाई परेको उद्योग सञ्चालक पदाधिकारीहरूको भनाइ छ । विधुत नियमितको व्यवस्था गर्न पनि उहाँहरूले माग गर्नुभएको छ ।