अपर अरुण आयोजनाले बाँड्यो एक अर्ब ४५ करोड बढी मुआब्जा
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन एक हजार ६१ मेगावाटको अपर अरुण आयोजना प्रभावित क्षेत्रमा रु एक अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ ।
प्रहरीको बर्दी र काँधको फुलीमा सर्वसाधारणको विश्वास छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको बर्दी र काँधको फुलीमा सर्वसाधारणको भरोसा र विश्वास लुकेको बताउनुभएको छ । आज (सोमबार) नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नुहुँदै गृहमन्त्री श्रेष्ठले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ ।
सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैन : मन्त्री शर्मा
सोमबार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्नुहुँदै मन्त्री शर्माले कुनै पनि सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताउनुभएको हो ।
उपराष्ट्रपतिद्वारा राष्ट्रपतिको स्वास्थ्य अवस्था बारे जानकारी
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले त्रिविवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उहाँको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको छ ।
अधिकार सम्पन्न आयोग बन्ने
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितसँग भएको सहमतिअनुसार गठन हुने न्यायिक आयोग अधिकार सम्पन्न हुने बताउनुभएको छ। सरकार र पीडितबीच भएको सहमतिबारे प्रतिनिधि सभामा जानकारी दिँदै मन्त्री श्रेष्ठले आयोगले उजुरी लिने, अनुसन्धान र कारबाहीका लागि सिफारिस गर्ने बताउनुभयो।
मस्तिष्क मृत्युसम्बन्धी कानुन: कार्यान्वयन अझै जटिल
नेपालमा मस्तिष्क मृत्यु (ब्रेनडेथ)सम्बन्धी कानुन बनेको सात वर्ष बितिसक्दा पनि हालसम्म पाँच जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट १३ जनामा अङ्ग प्रत्यारोपण गरिएको छ । तीमध्ये १० जनामा मिर्गौला प्रत्यारोपण र तीन जनामा कलेजो प्रत्यारोपण गरिएको हो ।
गोदाममा छापा मार्दा कुहिएको दलहन बरामद
प्रहरीले ठूलो परिमाणमा खान अयोग्य बनेको केराउ र मुङको दाल बरामद गरेको छ। एउटा गोदाममा भण्डारण गरिएका ती सामग्री राम्रोमा मिसावट गरेर बिक्री वितरण गर्ने गरिएको आशङ्का गरिएको छ। सङ्घीय राजधानी काठमाडौँको ढुङ्गेअड्डास्थित एसियन फुडको गोदामबाट कीरा लागेको केराउ र कुहिएको मुङको दाल प्रहरीले बरामद गरेको हो। बरामद गरिएको केराउ र मुङको परिमाण ७६ हजार किलोग्राम रहेको छ।
‘ट्र्याक बदल्ने गरी आउँछ बजेट’
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सरकारको नीति तथा कार्यक्रम र बजेट ‘ट्र्याक’ बदल्ने गरी आउने जानकारी दिनुभएको छ । राज्यको स्वामित्वमा रहेका सार्वजनिक सञ्चारमाध्यमका व्यवस्थापन तथा सम्पादकीय नेतृत्वसँगको छलफलका क्रममा आइतबार उहाँले उक्त जानकारी दिनुभएको हो ।
महामारीयताकै सर्वाधिक पर्यटक
सन् २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मार्चमा सन् २०२० मा सुरु भएको कोरोना महामारीयताकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका हुन्। सन् २०२२ को यही महिनामा ४२ हजार छ जना पर्यटक आएका थिए भने सन् २०२१ को मार्चमा १५ हजार २५४ जना पर्यटक नेपाल भित्रिएका थिए। त्यस्तै सन् २०२० को मार्चमा ४२ हजार ७७६ र सन् २०१९ को सोही अवधिमा एक लाख २७ हजार ३५१ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका थिए।
मनोनयन पेस गर्न जाँदा ब्यानर झण्डासहित जान नपाइने
निर्वाचन आयोगले उपनिर्वाचनका लागि सोमबार मनोनयन पेस गर्न जाँदा ब्यानर, झण्डा, बाजागाजासहित जान नपाइने जनाएको छ ।
गोरखापत्रकर्मी उपाध्यायलाई पत्रकारितामा ‘गोल्ड मेडल’
प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने विभिन्न विषयमा विद्यार्थीलाई दीक्षित गर्नुभएको छ ।
नगाइएका गीतहरू सार्वजनिक
गीतकार लक्ष्मणकृष्ण ताम्राकारको गीतसङ्गीत ‘नगाइएका गीतहरू’ सार्वजनिक भएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक कार्यक्रमबीच त्यसको सार्वजनिक गर्नुभएको हो ।
‘सबल राष्ट्रिय शक्ति निर्माण गरी देशलाई निकास दिन्छौँ’
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको निकासका लागि आफूहरू सबल राष्ट्रिय शक्ति निर्माणको प्रयासमा रहेको बताउनुभएको छ ।
बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउँछौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई शीघ्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
ट्याम्पो दुर्घटना हुँदा बालिकाको मृत्यु, चार घाइते
बारामा पछिल्लो समय सडक दुर्घटनाको अवस्था चिन्ताजनक देखिएको छ । आइतबार दिउँसो ट्याम्पो दुर्घटना हुँदा घटनास्थलमै एक जना बालिकाको मृत्यु भएको छ ।
सञ्चालनमा आएन चिल्ड्रेन पार्क
दोलखाको गौरीशङ्कर गाउँपालिकामा निर्माण सम्पन्न भएको करिब एक वर्ष पूरा हुनै लाग्दा समेत चिल्ड्रेन पार्क सञ्चालनमा आउन सकेको छैन । गाउँपालिकाको वडा ५ इविथानमा रहेको सो पार्क सञ्चालनमा आउन नसकेको हो ।
गर्भवती महिलाको उद्धारमा जनप्रतिनिधि
ताप्लेजुङको दुर्गम तथा बिकट स्थानीय तह फक्ताङ्लुङ गाउँपालिकाको एक महिलाको जनप्रतिनिधिले उद्धार गरेका छन् । सो गाउँपालिकाको तिन्दु टोलमा अहिलेसम्म सडक नपुगेपछि स्थानीयलाई उपचारमा समस्या हुनेगरेको छ ।
अपाङ्गमैत्री बजेट बनाउन माग
स्थानीय पालिकाहरूले भौतिक संरचनाको निर्माणदेखि नीति कार्यक्रम र बजेट निर्माण गर्दा अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिइएको छ ।
निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु : अर्थमन्त्री डा. महत
नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताउनुभएको छ । उहाँले त्यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
गतिशील राष्ट्रलाई दक्ष जनशक्तिको आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड'ले हरेक गतिशील राष्ट्रलाई जहिल्यै दक्ष जनशक्तिको आवश्यकता परिरहने बत्ताउनुभएको छ ।
जंगल सफारीले पर्यटक बढाउने विश्वास
पूर्वी नवलपरासी देवचुलीको पिप्रहरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको सुरुवात गरिएको छ ।
आयोग गठन गरेर पीडितलाई अलमल्याउने काम भयो : सांसद गैरे
मिटरब्याजीहरुको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले विरोध गर्नुभएको छ ।
‘सामाजिक न्यायका लागि एकजुट हुनुपर्छ’
तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाह सिंजालीले लैंगिक समानता र सामाजिक न्यायका लागि हरेक क्षेत्रमा महिला एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।