पूर्वराजा ज्ञानेन्द्र राजनीतिक व्यक्तित्वहरूसँग परामर्शमा
केही समयदेखि झापाको दमकमा रहनु भएका पुर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट र समसामयिक विषयमा छलफल गर्न व्यस्त रहनुभएको छ ।
बाटोकै सास्ती
रुपातोलाको किर्किट्याबाट अहिलेसम्म बाटो काटिएको छैन । चट्टान तथा पहिराको बीचमा चौपायाले टेकेका पाइलामा पाइला मिलाएर यात्रा गरेको पनि पाँच वर्ष भइसक्यो ।
‘र्यापिड एक्सन फोर्स’ को शैलीमा मिटरब्याजीमाथि कारबाही गरिनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितहरूको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताउनुभएको छ ।
सरकारलाई संवेदनशील बन्न आयोगको आग्रह
पछिल्लो समय देशका विभिन्न स्थानमा भएका घटनाप्रति सरकारलाई संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले अनुरोध गरेको छ । आयोगले शुक्रबार वक्तव्य जारी गर्दै देशका विभिन्न स्थानमा केही दिनयता भएका घटना तथा प्रदर्शनका सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको र ती घटनाको मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरिरहेको प्रस्ट पारेको छ ।
सडक सञ्जालले आर्थिक विकासमा टेवा पुग्छ– मन्त्री ज्वाला
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार क्षेत्रको विकासमा आवश्यक नीति निर्माण तथा कानूनी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मध्यपुर उज्यालो अभियान सञ्चालन
मध्यपुर थिमि नगरपालिकाले सबै वडाका मुख्य सडकमा सडकबत्ती जडान गर्ने भएको छ । ‘मध्यपुर उज्यालो अभियान’अन्तर्गत नगरपालिकाले मुख्य सडकमा सडकबत्ती जडान गर्न लागेको हो । रात्रिकालीन समयमा सहजतापूर्वक आवतजावत गर्न सकिने गरी नगरपालिकाले मुख्य सडकमा सडकबत्ती जडान गर्न लागेको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ । अहिले मध्यपुर थिमि नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गमा सडकबत्ती जडान गर्ने कार्य सम्पन्न भइसकेको छ ।
‘सेवा प्रवाह प्रभावकारी बनाउँछु’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सेवा प्रवाहलाई प्रभावकारी बनाउने बताउनुभएको छ । उहाँले सूचना प्रविधिको अधिकतम प्रयोग गरी मातहतका कार्यालयलाई चुस्तदुरुस्त बनाउने बताउनुभयो । सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा सचिव राउतले चुनौती चिर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मन्त्रालयको कार्यपद्धति व्यवस्थित गर्ने, सूचना र सञ्चार प्रविधिमा सबैको पहुँच विस्तार गर्नेसहित काम थालनी गर्ने बताउनुभयो ।
सिंहदरबारमा सार्वजनिक धारा
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक खानेपानीको सार्वजनिक धारा सञ्चालनमा ल्याइएको छ। जार तथा बोतलको पानी विस्थापित गर्ने उद्देश्यसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि बगैँचामा सञ्चालनमा ल्याइएको सो धाराको निवर्तमान खानेपानी मन्त्री अब्दुल खानले शुक्रबार उद्घाटन गर्नुभयो।
प्रधानमन्त्रीका १६ सारथि
शुक्रबार मन्त्रिपरिषद् विस्तारसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ ।
‘पीडितलाई न्याय र पीडकलाई सजाय हुनुपर्छ’
कपिल ज्ञवालीसिद्धार्थनगर, चैत १७ गते । संक्रमणकालीन न्यायलाई सबैको साझा एजेण्डा बनाएर समयमै टुंगो लगाउनु पर्ने विषयमा जोड दिइएको छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ‘लोकतन्त्रको १७ बर्ष ः संक्रमणकालीन न्याय अलपत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरामा जोड दिइएको हो । संक्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा लग्न संसदमा प्रस्तुत संसोधन विधेयक मानव अधिकारमैत्री बनाउन दबाब सिर्जना गर्नुपर्ने वक्ताहरुले बताउनुभएको छ । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित हुनेगरी संक्रमणकालीन न्यायलाई निष्कर्षमा लग्नुपर्ने बताउनुभयो । संसदमा हालै प्रस्तुत संसोधन विधेयकमा संसोधन गरी मानव अधिकारमैत्री बनाउनु पर्नेमा जोड दिनुभयो । संस्थापक सभापति पहाडीले माओवादीको हिंसात्मक जनयुद्ध शुरु भएको दिनलाई जनयुद्ध दिवस भनी राष्ट्रिय दिवसका रुपमा लाद्नु मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाको सर्वकालिन मान्यता विपरित भएको धारणा राख्नुभयो । संयुक्त राष्ट्रसंघीय मिसन “अनमिन” ले बालसैन्य भनि प्रमाणित गरेका र अयोग्य घोषित गरेकालाई करोडौ रुपियाँ आर्थिक सहयोग गर्ने सरकारी निर्णयप्रति उहाँले आपत्ति जनाउनुभयो । शान्ति समाजका सल्लाहकार गोविन्द खनालले दण्डहिनताको अन्त्य तथा हिंसाको खारेजीका लागि केन्द्रित रही शान्ति समाजको अभियान निरन्तर गरिरहेको बताउनुभयो ।
काठमाडौँ प्रवेश गर्ने दुई सडकमा आवागमन बन्द
हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीको दुई वटा सडक स्तरोन्नतिको क्रममा सवारी साधन सञ्चालन आवागमन बन्दगरिएको छ ।
बैतडीमा वडाध्यक्षमाथि कुटपिट
बैतडीमा बुवाछोरा मिलेर वडा अध्यक्षमाथि कुटपिट गरेका छन् । कुटपिटबाट वडाअध्यक्षको दाँत भाँचिएको प्रहरीले जनाएको छ ।
‘तीन तहका सरकारबीच समन्वय हुनुपर्छ’
संविधानमा व्यवस्था भए बमोजिम सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच समन्वय तथा सहकार्य हुनुपर्ने धारणा राखिएको छ ।
अपराध नियन्त्रणमा उदारता र सम्झौता हुँदैन : गृहमन्त्री श्रेष्ठ
नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशभित्र राष्ट्रियहित कुण्ठित हुनेगरी कुनै पनि गतिविधि गर्न नदिन निर्देशन दिनुभएको छ।
चट्याङ लागेर एक महिलाको मृत्यु
ओखलढुङ्गामा शुक्रबार दिउँसो वर्षासँगै परेको चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । चम्पादेवि गाउँपालिका –६ भदौरेकी २० वर्षीया शर्मिला कार्कीको चट्याङ लागेर ज्यान गएको हो ।
सार्वजनिक वित्तीय व्यवस्थापन कार्यक्रम शुभारम्भ
नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन र युएसएआईडी–नेपालकी प्रमुख सेपिडे केभान्शाडले आज मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग संयुक्त रूपमा युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको शुभारम्भ गर्नुभएको छ ।
आर्थिक समस्या समाधान गर्न राज्यसंयन्त्र लाग्नेछ : अर्थमन्त्री महत
नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक समस्या समाधानका लागि सबै राज्यसंयन्त्र लागेर समाधान गर्ने बताउनुभएको छ ।
सरकार मूलभूत रूपमा पूर्ण भयो, अब देशले गति लिन्छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूलभूत रूपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताउनुभएको छ ।
कोरोनाबाट बच्न बुस्टरमात्रा खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
सरकारले कोभिड–१९ सङ्क्रमणबाट बच्न बुस्टरमात्रा खोप लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार एक सूचना निकाल्दै दैनिक कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको भन्दै बुस्टरमात्रा खोप लगाउन आग्रह गरेको हो ।
टेलिफोनका ग्राहकको गुनासो सुनुवाइमा गम्भीर बन्न सञ्चारमन्त्रीको निर्देशन
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टेलिफोनका विषयमा सेवाग्राहीबाट आउने गुनासोप्रति गम्भीर बन्न नेपाल टेलिकमका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल खेलाडीको घोषणा
पेरिस ओलम्पिकको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि आज (शुक्रबार) २२ सदस्यीय नेपाली खेलाडीको अन्तिम नाम सार्वजनिक गरिएको छ ।
आन्दोलनले नागरिकको सेवा प्रभावित
ताप्लेजुङका स्थानीय तहमा प्रवाह हुने सेवा चार दिनयता निरन्तर प्रभावित हुँदैआएको छ । कोशी पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले गरेको तालाबन्दीसहितको आन्दोलनका कारण स्थानीय तहका सेवा प्रभावित हुँदैआएको हो ।
चुरेहिल फार्मेसीमा प्रशासनको ताला
हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले नागरिकको स्वास्थ्यमाथि चरम लापरबाही गर्दैआएको पाइएको छ ।
खच्चडबाट ढुवानी हुने सामानको भाडादर घट्यो
सलीसल्लाबाट सदरमुकाम सिमकोटसम्म खच्चडमा ढुवानी भएर आउने सबैखाले सामानको ढुवानी दर घटेको छ । सामानहरू धेरै गाडीमा सलीसल्लासम्म ढुवानी भएर आउने भएपछि प्रतिस्पर्धात्मक रूपमा खच्चडमा सामान ढुवानी हुन थालेपछि ढुवानी दर घटेको हो ।