• १३ असोज २०८१, आइतबार

पूर्वराजा ज्ञानेन्द्र राजनीतिक व्यक्तित्वहरूसँग परामर्शमा

blog

पुर्व राजा ज्ञानेन्द्र शाहसँग दमक नगर प्रमुख थापा । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, चैत १८ गते ।  केही समयदेखि झापाको दमकमा रहनु भएका पुर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट र समसामयिक विषयमा छलफल गर्न व्यस्त रहनुभएको छ । 

दमकको चिया बगानमा रहेको ‘मिनी दरबार’ मा बस्दै आउनुभएका उहाँले एक साताको अवधिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका अन्य पदाधिकारीहरूसँग भेटघाट गर्दै समसामयिक विषयमा छलफल गर्नुभएको छ ।

उहाँले दमकका नगर प्रमुख एवं राप्रपाका कोशी प्रदेश अध्यक्ष राम थापासहित राप्रपा निकटका व्यवसायीहरुसँग शुक्रबार भेटघाट गर्नुभयो । उहाँले समसामयिक विषयमा चासो राखेको भेटपछि थापाले बताउनुभयो । 

दैनिकजसो उहाँले स्थानीय तथा राजधानीबाट आएका विभिन्न राजनीतिक दलका नेता एवं विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटघाट गरिरहनु भएको राप्रपाका नेताहरूले बताउनुभएको हो । परिवारसहित उहाँ दमकमा बस्दै आउनुभएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले झापाको मेचीनगरमा आयोजना गरेको एक कार्यक्रममा सहभागी भएपछि उहाँको आलोचना भएको थियो । त्यसपछि औपचारिक कार्यक्रममा सहभागिता नजनाएको राप्रपाका नेताहरूको भनाइ छ ।