• २१ वैशाख २०८२, आइतबार

‘सेवा प्रवाह प्रभावकारी बनाउँछु’

blog

काठमाडौँ, चैत १८ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सेवा प्रवाहलाई प्रभावकारी बनाउने बताउनुभएको छ । उहाँले सूचना प्रविधिको अधिकतम प्रयोग गरी मातहतका कार्यालयलाई चुस्तदुरुस्त बनाउने बताउनुभयो ।

सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा सचिव राउतले चुनौती चिर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मन्त्रालयको कार्यपद्धति व्यवस्थित गर्ने, सूचना र सञ्चार प्रविधिमा सबैको पहुँच विस्तार गर्नेसहित काम थालनी गर्ने बताउनुभयो । 

सञ्चार मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सरुवा भएपछि सञ्चार मन्त्रालयको सचिवको जिम्मेवारी राउतले पाउनुभएको हो ।