हत्याको आरोपमा आठ पक्राउ
सात दिनअघि एक महिलालाई कुटपिट गरी हत्या गरेको आरोपमा देवचुली नगरपालिकाकी महिला वडा सदस्यसहित आठ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’
नेपालबाट सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने सरकारले लिएको लक्ष्यप्राप्तीका लागि तीन वटै तहका सरकारले समन्वय र सहकार्य गरी अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
चैते धानप्रति आकर्षण बढे पनि समयमा आउँदैन अनुदान
सप्तरीमा चैते धान लगाउने किसान र जग्गाको क्षेत्रफलमा वृद्धि भए पनि सरकारले प्रदान गरिने अनुदानको रकम भने समयमा किसानसम्म नपुगेको किसानको गुनासो छ ।
अवैध आयुर्वेदका उपचार केन्द्र बन्द गर्न माग
झापाको सीमा क्षेत्र तथा दक्षिण विभिन्न पालिकाहरूमा अवैधरुपमा खुलेको आयुर्वेद उपचार केन्द्रहरू बन्द गर्न माग गरिएको छ ।
सबै तहका सरकारसँग दोहोरो समन्वय आवश्यक: मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय सरकारसँग प्रदेश र स्थानीय सरकारको दोहोरो समन्वय हुन आवश्यक रहेको बताउनुभएको छ ।
चैते दशैंको अवसरमा त्रिपुरासुन्दरीमा मेला
हिन्दुहरूका लागि जेठो पर्वको रूपमा मानिने चैते दशैंको अवसरमा डोल्पाको त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा मेला लागेको छ ।
नदीमा अड्किएको शवको पहिचान
चंखेली गाउँपालिकामा पर्ने नदीको बीच भागमा ढुङ्गामा अड्किएको अवस्थामा भेटिएको लासको पहिचान भएको छ । लास भएको आशङ्का गरिएका परिवारका सदस्यहरू घटनास्थलमा पुगेर आफ्नै मान्छे भएको बताएपछि सो लासको पहिचान खुलेको हो ।
बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । भारतको उत्तरप्रदेश जिल्ला रामपुर क्यामरी थाना घर भई धनगढी बस्दैआएका ५० वर्षीय रिजवान खानलाई प्रहरीले पक्राउ गरेको हो ।
घट्दै छ कालीकोटमा बालबिवाह
पछिल्लो समय कालीकोटमा बालविवाहका घटनामा कमी आउन थालेको छ । लगातारको सेचतीकरण कार्यक्रमले तीन वर्षयताको तथ्याङ्कले कालीकोटमा बालविवाहको दर ओरालो लागेको पाइएको हो ।
सामुदायिक विद्यालयबाट एसइई दिने विद्यार्थी बढी
यस वर्षको एसइईमा स्याङ्जाबाट ४ हजार ४८१ जना परीक्षार्थी सहिभागी हुँदैछन् । जिल्लामा एसइईको सबै तयारी पूरा भएको बताइएको छ ।
चैते दशैंमा अछामका स्थानीय तहले दिए बिदा
मङ्गलसेन नगरपालिका र ढकारी गाउँपालिकाले चैते दशैंको अवसरमा आज बुधबार सार्वजनिक बिदा दिएका छन् ।
लैङ्गिकमैत्री योजना तथा बजेटबारे जनप्रतिनिधिलाई जानकारी
मधेश प्रदेशका दलित तथा सीमान्तकृत समुदायको जीवनशैलीमा रूपान्तरणका लागि रत्यौली युवा क्लबले सञ्चालन गरेको सामाजिक आर्थिक सशक्तीकरण परियोजना अन्तर्गत जनकपुरधाममा एक दिने अभिमुखी कार्यक्रमको आयोजना गरी जनप्रतिनिधि र सरोकारवालालाई लैङ्गिकमैत्री योजना, नीति तथा बजेटबारेमा जानकारी गराइएको छ ।
यो सरकार ५ वर्षसम्मै टिक्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्षसम्मै टिक्ने बताउनुभएको छ ।
सेतो मच्छिन्द्रनाथ रथयात्रा आज, रथको रुटमा सवारी साधन निषेध
सेतो मच्छिन्द्रनाथको रथयात्रा आज (बुधबार) बाट सुरु हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु हुन्छ ।
विद्युत सर्टबाट मृत्यु भएकी बालिकाका परिवारलाई एक लाख सहयोग
जुगल गाउँपालिका–३ गुम्बा गाउँमा करेन्ट लागेर मृत्यु भएकी बालिकाको परिवारलाई नेपाल तरुण दल सिन्धुपाल्चोकले आर्थिक सहयोग प्रदान गरेको छ ।
श्रीमान् हत्या आरोपमा श्रीमती र छोरा पक्राउ
दाङमा एक व्यक्तिको हत्या भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका–२ मर्फेसमा मङ्गलबार राति ८ बजे तिर ४२ वर्षीय रेशम सुनारको हत्या भएको हो ।
बजेट अभावमा अलपत्र आधुनिक वधशाला
मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरमा निर्माण गरिरहेको आधुनिक वधशाला (पशु काट्ने घर) निर्माण भइसके पनि उपकरणको अभावमा प्रयोगमा आउन सकेको छैन ।
सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु
सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
ऐतिहासिक पुरातात्त्विक क्षेत्र पण्डितपुरको संरक्षण हुन सकेन
गौतम बुद्धको मावलीस्थल कोलिय राज्यको राजधानी रहेको पश्चिम नवलपरासीको पण्डितपुर क्षेत्रको संरक्षण हुन नसक्दा ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वको क्षेत्र अतिक्रमण हुने क्रम बढ्दै गएको छ ।
विद्युत चुहावट गर्ने १३ जना पक्राउ
नेपाल विद्युत प्राधिकरणको गौशाला शाखाले हुकिङ गरी विद्युत चोरी गर्ने १३ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई प्राधिकरणले ग्रामीण क्षेत्रका विभिन्न गाउँबाट नियन्त्रणमा लिइएको हो ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाह अछाममा
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह पुर्ख्यौली जिल्ला अछाम आउनुभएको छ । मुख्यमन्त्री शाहले अछाममा विभिन्न योजना अनुगमन, उद्घाटन र भेटघाटको कार्यक्रम रहेको बताउनुभयाे ।
रुपन्देहीबाट १८ हजार विद्यार्थीले एसइई परीक्षा दिँदै
यो वर्षको एसइई परीक्षामा रुपन्देहीबाट १८ हजार ८५० जना विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि रुपन्देहीमा ५६ वटा परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।
दुषित पानीले फैलिएको झाडापखला नियन्त्रणमा
तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा दूषित पानीका कारण फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ ।
तनहुँ–१ को उपनिर्वाचनमा ७६० कर्मचारी परिचालन गरिने
आगामी वैशाख १० गते हुने तनहुँ–१ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि ७६० जना कर्मचारी परिचालन गरिने भएको छ ।