मिटरब्याजी कसुरमा सात वर्षसम्म कैद प्रस्ताव
सरकारले मिटरब्याजमा रकम असुली गर्नु अपराध मानिने गरी कानुनी व्यवस्था गर्ने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा मुलुकी अपराध संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने गरी कानुनी व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ ।
प्राविधिक जनशक्ति पेसामा पछाडि
पछिल्लो समय प्राविधिक विषयको पढाइप्रति विद्यार्थीको आकर्षण कायमै रहे पनि पेसागत दक्षता परीक्षण गर्ने परीक्षाको नतिजा भने चित्तबुझ्दो देखिएको छैन। नेपाल इन्जिनियर काउन्सिलले सञ्चालन गरेको इन्जिनियर व्यवसाय नाम दर्तासम्बन्धी परीक्षाको नतिजाले झन् निराशा थपेको छ। यसअघि नेपाल मेडिकल काउन्सिल तथा नेपाल नर्सिङ परिषद्ले सञ्चालन गरेको लाइसेन्स परीक्षाको नतिजा पनि निकै कमजोर हुने गरेको छ।
भूउपग्रह बनाउँदै सामुदायिक विद्यालयका विद्यार्थी
प्रक्षेपणको अन्तिम तयारीमा रहेको नेपालको आफ्नै भूउपग्रह ‘मुनाल’को निर्माण सामुदायिक विद्यालयका माध्यमिक तहका विद्यार्थीले गरिरहेका छन् । निर्माण कार्य राजधानी काठमाडौँमा नभएर मोफसलमै भइरहेको छ । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको काठमाडौँ विश्वविद्यालय हाइस्कुलको प्रयोगशालामा मुनाल निर्माण भइरहेको छ । काभ्रेका तीनवटा सामुदायिक विद्यालय र काठमाडौँ विश्वविद्यालय हाइस्कुलका विद्यार्थी निर्माण कार्यमा जुटिरहेका छन् ।
कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै कोभिड १९ र रुघाखोकीका लक्षण मिल्दा जुल्दा हुने हुँदा कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो ।
६१ प्रतिशत महिलाको मृत्यु सुत्केरी अवस्थामा,२७ प्रतिशतमा अत्यधिक रक्तस्राव
नेपालमा ६१ प्रतिशत महिलाको मृत्यु सुत्केरी अवस्थामा हुने गरेको पाइएको छ ।
मानव अधिकार हननका घटनामा कमी आएन : एम्नेष्टी इन्टरनेशनल
एम्नेष्टी इन्टरनेशनलले एसिया प्रशान्त क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र सङ्गठित हुन नपाउने अधिकार कुण्ठित गर्ने देशहरूमा नेपाल पनि रहेको बताएको छ।
नेप्सेमा दोहोरो अङ्कको सुधार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज (मङ्गलबार) दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो ।
इन्जिनियर लाइसेन्स परीक्षा : १९८१ परीक्षार्थीमा ५६५ पास
इन्जिनियर लाइसेन्स परीक्षामा ५६५ जना पास भएका छन्। मंगलबार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको हो।
बिक्नै छाड्यो डालो, नाङ्लो र ठेकी
दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ । यतिबेला यहाँ चैते दशैंको मेला लागेको छ ।
सडकको पहुँचसँगै वैकल्पिक बन्यो ग्राभिटी रोपवे
वालिङ ५ पाडेथोकका किसानले कुनै बेला आफूले उत्पादन गरेको कृषिजन्य वस्तु डोकोमा बोकेर बजारसम्म पुर्याउनुपर्ने बाध्यता थियो ।
राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील रहेको बताउनुभएको छ ।
मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति
सरकारले मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ ।
बिजुली बजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी
निर्माण सुरु भएको दुई वर्ष बित्न लाग्दासमेत प्रगति न्यून रहेको बिजुली बजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी अघि बढाइएको छ । सडक वारपार गर्न बनाइएको पुलमुनिको सडक निर्माण सुरु भएको दुई वर्षमा प्रगति जम्मा १४ प्रतिशत मात्रै छ ।
नियमावली र विधेयक विवाद, प्रधानमन्त्री–सभामुख छलफल
प्रतिनिधि सभामा विचाराधीन दुई विधेयकको प्रक्रिया र कार्यसञ्चालन नियमावलीको विवादबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ। नियमावलीको विषयमा आइतबार सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका संसदीय दलका प्रमुख सचेतक, सचेतक तथा नियमावलीमा संशोधन दर्ता गर्ने सदस्यहरूसँग छलफल गर्नुभएको थियो। भोलिपल्टै सभामुख घिमिरेले सोही विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गर्नुभएको हो।
महिला सहभागिता बढ्दै
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राजनीतिमा महिला सहभागिता र नेतृत्व सार्थक रुपमा बढ्दै गएको बताउनुभएको छ । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प)ले सोमबार राजधानीमा आयोजना गरेको “प्रतिनिधि सभाका महिला सांसदको सामूहिक सम्मान” कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिला नेतृत्वले राजनीतिक तथा सामाजिक परिवर्तनका लागि पु¥याएको योगदानको कदर हुनुपर्ने बताउनुभयो ।
सत्ता साझेदारको बैठक आज
सत्ता साझेदार राजनीतिक दलहरू मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा मङ्गलबार निर्णायक संवादमा जुट्दैछन्। सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताको सोमबारको बैठकले मङ्गलबार सत्ता साझेदार दलहरूसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने निर्णय गरेको हो।
मर्यादाक्रम विधेयक प्रस्तुत
सरकारले मन्त्रिपरिषद्बाट निर्धारण गर्ने मर्यादाक्रमलाई कानुनी रूपमा नै सम्बोधन गर्न प्रस्ताव गरेको छ। त्यसका लागि राष्ट्रिय सभामा गैरसरकारी विधेयक प्रस्तुत भएको छ। राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ मा विगतको भन्दा व्यापक फेरबदल प्रस्ताव गरिएको छ। राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रस्तुत भएको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समय दिइएको छ। विधेयकमा वडाध्यक्ष र वडा सदस्यको मर्यादाक्रमसमेत निर्धारण गरिएको छ।
संरक्षण नभएको अनौठो ओडार
धनकुटा नगरपालिका वडा नम्बर २, सुन्तलेका ध्रुव बस्नेत ७१ वर्षको पुग्नुभयो। उहाँलाई करिब ६० वर्षयता एउटै कुराले कौतूहल जगाइरहेको छ। त्यो हो उहाँको घरनजिकै सल्लेरी सामुदायिक वनभित्र रहेको अनौठो घर। हालसम्म कुनै लिखित इतिहास फेला नपरेको र किंवदन्तीमै सीमित रहेको उक्त जङ्गलभित्रको ढुङ्गाको ओडारमा निर्मित घर कसले, कहिले र किन बनाएथ्यो भन्ने कौतूहल उहाँको मनमा वर्षौंदेखि रहिरहेकै छ।
मिटरब्याज पीडितको पीडा : ऋण तिरेको तमसुक नबन्दा घरजग्गा लिलाम हुन्छ
काठमाडौं आउनेमा सप्तरी, धुनषा, महोत्तरी, सर्लाही लगायतका जिल्लाका पीडित धेरै छन्। उनीहरुले मिटरब्याजी पीडकलाई कारबाही गर्नुपर्ने र न्यायको मागसहित संघर्षमा उत्रेको बताएका छन्।
सरकारी वेबसाइटमा रहेका पुराना वेबपेजका लिङ्क हटाउन निर्देशन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायका वेबसाइटहरूमा रहेका पुराना वेबपेजका सामग्री र लिङ्क हटाउन निर्देशन दिएको छ ।
१२ दिन पैदल हिँडेर मिटरब्याज पीडित खुलामञ्चमा (फोटो फिचर)
काठमाडौं आइपुगेका मिटरब्याजी पीडित सोमबार अपराह्न खुलामञ्च क्षेत्रमा पुगेका छन् ।
दोहोरो अङ्कले बढ्यो नेप्से
यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज (सोमबार) दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ ।
प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक
हरेक वर्ष नयाँ शैक्षिक सत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि होइनन् भन्ने चिन्ता हरेक अभिभावकलाई हुने गर्दथ्यो ।
'कलाकार आफू र समाजप्रति इमानदार हुनुपर्छ'
आज ६२ औँ विश्व रङ्गमञ्च दिवस अर्थात् रङ्गकर्मीहरूको उत्सवको दिन । नेपालका स्थापित र सुपरिचित रङ्गकर्मीहरूको विचारमा सच्चा कलाकारमा आफू र समाजप्रति इमानदार हुनु जरुरी छ । यो क्षेत्रमा लाग्न चाहने व्यक्तिले यसको अध्ययन गर्न जरुरी छ ।