मिटरब्याजी धन्दा रोक्ने विधेयक ल्याइँदै
चर्को ब्याजदर, दसौँ गुणासम्मको तमसुक वा चेक लिएर मिटरब्याजी धन्दा सञ्चालन गर्दै आएको गिरोहमाथि कानुनी कारबाही चलाउनका लागि कानुन निर्माणको तयारीमा सरकार जुटेको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र गृह मन्त्रालयले ‘मिटरब्याजी’लाई कानुनी दायरामा ल्याउन विधेयक तर्जुमा गरिरहेका छन्। विधेयक मन्त्रिपरिषद्को आगामी बैठकमा प्रस्तुत गर्ने तयारी कानुन मन्त्रालयले गरिरहेको छ।
तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद
नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ ।
कम्युनिष्ट दलहरूको समाजवादी धारा निर्माण गर्ने पक्षमा छौँ : अध्यक्ष भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताउनुभएको छ ।
सुपर मादी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
कास्कीको मादी गाउँपालिका वडा नं. १ र २ मा निर्मित सुपर मादी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ ।
मिटरब्याजी विरुद्धको आन्दोलनकारी पैदल काठमाडौं तर्फ
मिटरब्याज विरुद्धको आन्दोलनमा उत्रिएका पीडितहरू मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पुगेका छन् । मधेश प्रदेशका जिल्लाबाट आएका उनीहरू आफूले न्याय पाउनुपर्ने र मिटरब्याजीमाथि कारबाही गर्न कानुन निर्माणको माग गर्दै पैदलयात्रामा छन् ।
उत्पीडितले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिब, विपन्न र उत्पीडित वर्गको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र र यसको नेतृत्व नै भएको बताउनुभएको छ।
संविधानको पालना र संरक्षण प्रमुख दायित्व : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय अब आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताउनुभएको छ । नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डललाई राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
अनधिकृत बस्ती हटाउन महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ ।
रूपान्तरणको अभियानलाई दूरदराजमा पुर्याउन आवश्यक छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरूलाई दूरदराजमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
चितवनका ३३ स्थानमा आगलागी, छ जना घाइते
जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरू घाइते भएका हुन् ।
श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यसमितिसँग शनिबार राष्ट्रपति भवनमा भेट गर्नुहुँदै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
पशुपतिमा एक दिन (फोटो फिचर)
पशुपतिनाथको नाम सुन्ने बित्तिकै उपासना र आराधना गर्न मन लाग्छ । त्यसैले त पशुपतिनाथ मन्दिर दर्शनका लागि हरेक दिन स्वदेशी मात्र नभई विदेशी भक्तजनको पनि त्यत्तिकै भीड हुने गर्छ ।
ललितपुर महानगरले दियो भीमेश्वर नगरपालिकालाई ३५ लाख
ललितपुर महानगरले दोलखा जिल्लाको भीमेश्वर नगरपालिकालाई सम्पदा संरक्षणका लागि आर्थिक सहयोग गरेको छ ।
वीरमा टेलिमेडिसिन सेवा
वीर अस्पतालले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई विशेषज्ञता हासिल गरेका चिकित्सकबाट टेलिमेडिसिन सेवा प्रदान गर्ने भएको छ। वीर अस्पताल र वैदेशिक रोजगार बोर्डबीच वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउने सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ। वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेल र बोर्डका निर्देशक राजन पौडेलले उक्त सम्झौतापत्रमा हप्ताक्षर गर्नुभयो। बोर्डसँगको सम्झौताअनुसार अस्पतालले नियमित रूपमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउनेछ। अस्पतालका निर्देशक डा. पौडेलले हप्ताको दुई दिन शनिबार र आइतबार एमबीबीएस चिकित्सकको रेफरका आधारमा विशेषज्ञ चिकित्सकबाट टेलिमेडिसिन सेवा दिने बताउनुभयो।
जोखिम मोलेर हुर्काइन्छ टुहुरा वन्यजन्तु!
साढे तीन वर्षअघि सौराहास्थित हात्ती प्रजनन केन्द्रमा जन्मिएर हुर्किएको छावा गोपालगजलाई दिइएको तालिम सकिएको छ। गोपालगजलाई तीनमहिने तालिम लिई अब निकुञ्जमा पोस्टिङका लागि तयारी अवस्थामा राखिएको छ। गोपालगज जन्मिनेबित्तिकै माउ हिमालीकलीले दूध नदिएपछि पाउडर दूध खुवाएर हुर्काएको छावा भएको प्रजनन केन्द्रका प्रमुख मनिपुरन महतोले जानकारी दिनुभयो।
आधा जनसङ्ख्या आर्थिक रूपमा सक्रिय
देशको आधाभन्दा बढी जनसङ्ख्या आर्थिक रूपले सक्रिय पाइएको छ । अर्थात् जनसङ्ख्याको आधा हिस्सा कुनै न कुनै रूपमा आयआर्जनमा संलग्न छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को पूर्ण नतिजाअनुसार देशभर एक करोड ५६ लाख ८९ हजार ७७७ व्यक्ति आर्थिक रूपमा सक्रिय रहेको पाइएको छ । यस हिसाबले कुल जनसङ्ख्याको ५३ दशमलव ७९ प्रतिशत आयआर्जनमा संलग्न देखिएको हो ।
जनसङ्ख्या वृद्धिदरमा कमी
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । जसमध्ये पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार ५५१ र महिलाको सङ्ख्या एक करोड ४९ लाख ११ हजार २७ जना रहेको छ । कुल जनसङ्ख्याको अनुपातमा पुरुष ४८.९८ प्रतिशत र महिला ५१.०२ प्रतिशत रहेको छ । २०६८ सालको जनगणनाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो । अन्य लिङ्गीको सङ्ख्या दुई हजार ९२८ जना रहेका छन् भने कुल जनसङ्ख्याको ०.०१ प्रतिशत रहेको छ ।
‘पाँच वर्ष निरन्तर गठबन्धन’
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनले पाँच वर्ष नै निरन्तरता पाउने दाबी गर्नुभएको छ। नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी)को तेस्रो केन्द्रीय कमिटीद्वारा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उहाँले वर्तमान गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले पाँच वर्षसम्म सरकार कायम रहने बताउनुभयो।
महिला घरमूलीको सङ्ख्या वृद्धि
नेपालमा बिजुलीको प्रयोग गर्ने जनसङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । राष्ट्रिय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको नतिजाअनुसार बिजुली प्रयोगलगायतका केही सामाजिक पक्षमा निकै सुधार भएको देखिएको छ । नेपालमा १० वर्षअघि ६७.३ प्रतिशत जनसङ्ख्याले मात्र विद्युत् प्रयोग गर्दै आएकोमा अहिले ९२.२ प्रतिशतले विद्युत् प्रयोग गर्न थालेका छन् ।
अठार आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित
विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालयअन्तर्गतका एक दर्जनभन्दा बढी आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित भएको छ। त्रिविले आफूअन्तर्गतका सम्पूर्ण आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गतेलाई स्ववियु निर्वाचनको मिति तोकेको थियो। विश्वविद्यालयअन्तर्गत ६२ वटा आङ्गिक र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन्। सोहीअनुसार ४४ वटा आङ्गिक र सम्बन्धन प्राप्तमध्ये अधिकांश क्याम्पसमा तोकिएकै मितिमा निर्वाचन सम्पन्न भइसकेको छ।
पहाडमा विदेशीको बसोबास बढ्दो
नेपालमा विदेशी व्यक्तिको बसोबासले पहाड ताक्दै गरेको यस जनगणनाको तथ्याङ्कले देखाएको छ । स्वदेशी जनसङ्ख्याले पहाड छाडेर तराई ताक्दै गर्दा विदेशीको आकर्षण पहाडको स्वच्छ हावापानीतर्फ उन्मुख देखिएको हो । छिमेकी मुलुक भारतसँग सिमाना जोडिएका हिसाबले तराई भेगमा बढी भारतीय मूलका विदेशी हुनु स्वाभाविक हो । तर पहाडी भेगमा पनि भारतीयलगायतका विदेशी नागरिकको आकर्षण बढेको तथ्य राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रस्तुत गरेको छ । भौगोलिक सिमाना जोडिएको छिमेकी मुलुक चीन र भारतसँगै तेस्रो मुलुकका बासिन्दाको ठूलो सङ्ख्या पहाड उक्लँदै गरेको तथ्यले प्रस्ट पार्छ । भौगोलिक विभाजनअनुसार कुल विदेशी नागरिकमध्ये तराई भेगमा ०.४८ र पहाडमा ०.४७ प्रतिशत भारतीय नागरिक पुगेका छन् । सङ्ख्यात्मक रूपमा हेर्दा पहाडमा ५४ हजार ८३९ जना भारतीय नागरिक फेला परेका छन् । तराईमा ७५ हजार ८२३ जना भारतीय नागरिकको बसोबास भेटिएको छ ।
रानीपोखरी खुला
ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको रानीपोखरी सर्वसाधारणका लागि खुला गरिएको छ । यसअघि रानीपोखरी तिहारको बेला भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्थ्यो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले निःशुल्क रूपमा घुमफिर तथा अवलोकन गर्न बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि रानीपोखरी खुला गरिएकोे जानकारी दिनुभयो । शान्ति सुरक्षा तथा सामाजिक वातावरणमा कुनै असर नपरेमा ३६५ दिन नै रानीपोखरी खुला गरिने महानगरपालिकाको योजना रहेको उहाँको भनाइ छ । २०७२ को भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरूप दिइएको थियो ।
अनलाइनको सङ्ख्या मात्रै बढ्यो: अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चारमाध्यमको सङ्ख्या मात्र बढेको तर विश्वसनीयता बढ्न नसकेको बताउनुभएको छ ।
बालबिवाहबिरूद्ध धामिझाँक्री सम्मेलन
सामाजिक रूपमा रहेको बालविवाहलाई रोक्न धामिझाँक्री र पुरोहितलाई परिचालन गरिएको छ । जिल्लाको तिलागुफा नगरपालिकाले धामिझाक्री र पुरोहित सम्मेलनको आयोजना गरी बालविवाह रोक्न धामिझाँक्री परिचालन गरेको हो ।