समावेशी सिद्धान्तअनुसार सञ्चारनीति ल्याउन आग्रह
नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सरकारले सामुदायिक रेडियोको लागि छुट्टै कानुन बनाउनु पर्ने बताउनुभएको छ ।
८२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया
हिमाली जिल्ला म्याग्दीको बेनीमा भएको निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया शिविरमा ८२ जना व्यक्तिको आँखामा भएको मोतियाविन्दु समस्याको सफल शल्यक्रिया गरिएको छ ।
महेन्द्र बहुमुखी क्याम्पसमा नेविसङ्घको प्यानल विजयी
दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसङ्घको प्यानल विजयी भएको छ ।
ज्येष्ठ नागरिकका लागि आधुनिक चर्नावती वृद्धाश्रम निर्माण
ढिलै भए पनि दोलखाको सैलुङ गाउँपालिका –७ मा सुविधासम्पन्न चर्नावती वृद्धाश्रम निर्माण सम्पन्न भएको छ । भवन निर्माण सम्पन्न भएपछि भित्री व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ ।
अपाङ्गता भएकालाई माहुरीकाे घार वितरण
महालक्ष्मी नगरपालिकाको आयोजनामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममार्फत अपाङ्गता भएका ब्यक्ति तथा परिवारका सदस्यलाई मौरीपालनसम्बन्धी पाँच दिने आधारभुत तालिम सुरुभएको छ ।
सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोकाे भूमिका महत्वपूर्ण छ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचनामा नागरिकको पहुँच बढाउनुका साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गरेकाे बताउनुभएकाे छ ।
कान्छी प्राध्यापकलाई खर्च जुटाउन सकस
स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरबाट छ वर्षदेखि ग्रस्त एक जना प्राध्यापक अहिले उपचार खर्च जुटाउने अभियानमा हुनुहुन्छ । क्यान्सर हुँदा नै विद्यावारिधि गरेर तथा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको प्रतिस्पर्धामा गणित विषयकी सबैभन्दा कान्छी प्राध्यापक बन्नुभएको थियो ।
प्रशासनिक भवन निर्माणमा तीव्रता
काठमाडौँ जिल्लास्थित नगरपालिकामा धमाधम प्रशासनिक कार्यालय भवन निर्माण भइरहेका छन्। प्रशासनिक भवनको अभावमा दैनिक सेवा प्रवाहमा समस्या भएपछि जिल्ला समन्वय समिति काठमाडौँले जिल्लाभित्रका नगरपालिकाका र वडा कार्यालयको प्रशासनिक भवन निर्माण गर्न लागत साझेदारीमा बजेट प्रदान गरेको हो। समितिका प्रमुख सन्तोष बुढाथोकीले जिससको मौज्दात कोषबाट स्थानीय तहका प्रशासनिक भवन र केही नगरपालिकामा खानेपानीको योजना सञ्चालन भइरहेको बताउनुभयो।
तस्बिरमा सीमित हुँदैछन् उपत्यकाका हिति
विश्व पानी दिवसको अवसरमा बुधबार काठमाडौँको वसन्तपुरमा राखिएका तस्बिर हेरेर हितिको स्मरण गरिएको छ। काठमाडौँ, भक्तपुर र ललितपुरका हितिका तस्बिरमा धेरैले भने, ‘पानी भइदिए हुन्थ्यो।’ अलिअलि पानी झरिरहेका हितिका दयनीय अवस्थाले हेर्नेहरूको मन खिन्न पारेर भन्नुभयो, “यो हितिबाट पानी आइदिए कति राम्रो हुन्थ्यो।” सोह्रखुट्टेकी इन्दिरा वस्तीले ३० वर्ष अघिसम्म पनि हितिमा पानीको फोहरा झर्ने गरेको स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रा तिरका हिति त उहिल्यै सुकिसके। अब खण्डहरजस्तै छन् हिति। यहाँ हेर्दा केहीमा अझै पानी आइरहेको देख्दा खुसी लाग्यो।” उहाँले घरघरमा आउने सार्वजनिक धाराको तुलनामा हितिको पानीको स्वाद नै बेग्लै हुने गरेको बताउनुभयो।
तीन उपसचिवलाई आठ वर्ष कैद
विशेष अदालतले राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका ११ कर्मचारीको सजाय निर्धारण गरेको छ । यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीमध्ये तीन उपसचिवलाई जनही आठ वर्ष कैद सजाय सुनाइएको छ । एक उपसचिवलाई साढे दुई वर्ष कैद निर्धारण गर्दा दुई लेखा अधिकृतलाई नौ वर्ष कैद सजाय निर्धारण गरिएको छ ।
मागभन्दा कम शिक्षक पदस्थापनाका लागि सिफारिस
शिक्षक सेवा आयोगले प्राथमिक तहमा माग गरिएको भन्दा झन्डै तीन हजार शिक्षक पदस्थापनाका लागि सिफारिस गरेको छ। खुला प्रतिस्पर्धाबाट छनोट भएका ती शिक्षकलाई पदस्थापनाका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई सिफारिस गरेको हो। आयोगले १० हजार ३५३ शिक्षकको सिफारिस गरेको थियो।
घरबारी बेचेर क्यान्सर उपचार
नेपालमा क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नुपर्ने अवस्था छ । क्यान्सरको उपचार हुने विभिन्न अस्पतालका क्यान्सर बिरामीमा गरिएको अध्ययनमा १६ प्रतिशतले क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नु परेको पाइएको हो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भर्ना भएका तथा डिस्चार्ज भएका बिरामीमा गरिएको अध्ययनअनुसार क्यान्सर उपचारमा घरजग्गा बेच्नुपर्ने अवस्था देखाएको हो । अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा एक्सन नेपालले गरेको अनुसन्धानमा १६ प्रतिशतले घरजग्गा बेचेर क्यान्सर रोगको उपचार गर्ने गरेको पाइएको छ ।
सञ्चालनमा आयो होटल पौवा
पोखराको लेकसाइडमा होटल पौवा सञ्चालनमा आएको छ । देशका विभिन्न ठाउँमा शाखा विस्तार गरिरहेको होटल पौवाले एघारौँ शाखाका रूपमा पोखरामा पनि सेवा सञ्चालनमा ल्याएको हो ।
कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट आउने शुक्रबार विश्वासको मत लिने हुनुभएको छ । नेपाली कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक : राष्ट्रपति पौडेल
नेपाल शिक्षक सङ्घले राष्ट्रपति रामचन्द्र पौडेललाई आज राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षा
धनुषामा बालबालिका सपना कार्यक्रममार्फत तीन वर्ष मुनिका बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावकलाई शिक्षा प्रदान गर्न थालिएको छ ।
भारतबाट नेपालमा गरिने टेलिफोन शुल्क घटाउन मन्त्री शर्माको आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दैआएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गर्नुभएको छ ।
बेवारिसे फेला परेका पुरुषको मृत्यु
बेवारिसे अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ । अन्दाजी ५५ वर्षका पुरुषको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
सेवा प्रवाहलाई थप गतिशील बनाउन रुपन्देहीको तिलोत्तमामा क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ ।
धनगढीका व्यापारी भन्छन्, ‘सटरको भाडा तिर्न धौधौ भयो’
धनगढीका व्यापारीहरूले सटर भाडा तिर्न धौधौ भएको बताएका छन् । पछिल्लो समय व्यापार, व्यवसाय चौपट भएपछि उहाँहरूलाई सटर भाडा तिर्न मुस्किल भएको हो ।
चट्याङ लागेर धनगढीको एक घरमा क्षति
कैलालीको धनगढी उपमहानगरपालिका –५ तारानगरमा चट्याङ लागेर एक घरमा क्षति भएको छ । स्थानीय कुन्नुनारायण चौधरीको घरमा चट्याङ लागेर क्षति भएको हो ।
खार्पुनाथको वित्तीय र भौतिक प्रगति न्यून
खार्पुनाथ गाउँपालिकाले फागुन मसान्तसम्मको भौतिक र वित्तीय प्रगति न्यून भएको पाइएको छ । गाउँपालिकाले आयोजना गरेको अर्धवार्षिक समीक्षा र सुनुवाइ कार्यक्रममा सो अवस्था देखिएको हो ।
राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गर्नुभएको छ । उहाँले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपण गर्नुभएको हो ।
सभामुखको ध्यानाकर्षण
प्रधानन्यायाधीश पद रिक्त भएको १३ महिना भइसक्दा पनि सिफारिसको प्रक्रियासमेत अघि नबढेपछि नेपाल बार एसोसिएसनले पहल थालेको छ। लामो समयदेखिको विवाद र कानुनी रिक्तताका कारण प्रधानन्यायाधीश सिफारिसको प्रक्रिया अघि बढ्न सकेको छैन। २०७८ फागुन १ गतेदेखि सर्वोच्च अदालत प्रधानन्यायाधीशविहीन छ। सर्वोच्चमा पाँच न्यायाधीशसमेत रिक्त भइसकेका छन् तर संसदीय सुनुवाइ समिति गठन नहुँदा पदपूर्तिको प्रक्रिया अघि बढ्न सकेको छैन।