‘जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ'
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गर्नु भएको छ ।
छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गर्नुभएको छ ।
आवधिक योजना बनाउँदै, दराजमा थन्क्याउँदै
स्थानीय तहमा आवधिक योजना बनाउने र दराजमा थन्क्याउने प्रवृत्ति बढ्दै गएको छ। ७५३ स्थानीय तहमध्ये करिब २५० वटा पालिकाले मात्र आवधिक योजना बनाएका छन्। आवधिक योजना बनाएका स्थानीय तहले पनि व्यवहारमा कार्यान्वयन नगरी योजना दराजमा थन्क्याउने गरेको पाइएको छ।
एआईजीको बढुवा प्रतिस्पर्धामा पहिलो पटक महिला
सरकारले नेपाल प्रहरीका पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिस सदर गर्दै बढुवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण वज्राचार्यलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै नेपाल प्रहरीमा पहिलो पटक महिला प्रहरी अधिकारी आईजीपीको प्रतिस्पर्धी बन्नुभएको छ।
भ्रष्टाचार आरोपमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालय, कालीकोटका निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेतसहित १२ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेड, रास्कोट–३ मा उच्च प्रविधियुक्त नर्सरी स्थापनाका लागि उपलब्ध गराएको सरकारी अनुदानको पेस्की रकम सम्झौताअनुसार काम नगरी रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको हो। बस्नेतले कृषि ज्ञान केन्द्र कालीकोटको निमित्त प्रमुख रहेका बेला उक्त रकम हिनामिना गरेको आयोगको दाबी छ।
तनहुँ-१ र बारा-२ को उपनिर्वाचन वैशाख १० मा हुने
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएको दुई छुट्टाछुट्टै निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनु भएपछि दुवै निर्वाचन क्षेत्र रिक्त भएको थियो।
चिनियाँ जहाज बेच्न मूल्याङ्कनका लागि आयो टोली
नेपाल वायुसेवा निगमले पाँचवटा चिनियाँ जहाज बिक्रीको तयारी सुरु गरेको छ। तीन वर्षयता भूमिस्थ गरिएका (ग्राउन्डेड) चिनियाँ जहाज बिक्री मूल्याङ्कन गर्न आइतबार अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका दुई जना प्रतिनिधि काठमाडौँ आइपुगेका छन्। निगमका प्रवक्ता अर्चना खड्काले प्रतिनिधिले सोमबारदेखि काम सुरु गरेर एक महिनाभित्रै मूल्याङ्कन गरिसक्ने बताउनुभयो। कम्पनीका प्रतिनिधिले सोमबारदेखि काम सुरु गर्ने र मूल्याङ्कनसँगै बिक्री प्रक्रिया अगाडि बढ्ने उहाँको भनाइ छ।
स्ववियु निर्वाचनको मतगणना अन्तिम चरणमा
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । चैत ५ गते सम्पन्न भएको निर्वाचनको मतगणना उपत्यकाबाहिरका केही क्याम्पसमा जारी रहे पनि उपत्यकामा निर्वाचन भएका १५ वटै आङ्गिक क्याम्पसमा मतगणना सम्पन्न भएको छ।
पशु बलि दिएर छावालाई तालिम
हात्ती प्रजनन केन्द्रका माउते राकेश महतोले छावा (गोपालगञ्ज नामकरण)को टाउको र कानको जोर्नीमा खुट्टाले बिस्तारै धकेल्दै ‘बैठ’ (बस) भनेपछि सरक्कै बस्यो । अनि फेरि उहाँले त्यही जोर्नीमा खुट्टाले बिस्तारै धकेल्दै भुइँमा भएको लौरो आफूलाई दिन छावालाई निर्देशन दिनुभयो, “उपर दे (माथि दे) ।”
आदिकविमा नेविसङ्घका पन्थ सर्वसम्मत निर्वाचित
दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घका गौरव पन्थ सर्वसम्मत चयन हुनुभएको छ ।
प्रतिष्ठानको शिक्षाध्यक्षमा शेरचन नियुक्त
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाको शिक्षाध्यक्षमा बागमती प्रदेश सरकारले डा. सुरेन्द्र शेरचन नियुक्त हुनुभएको छ ।
कैलालीको नौ क्याम्पसमध्ये पाँचमा अनेरास्ववियु विजयी
कैलालीमा नौवटा क्याम्पसमा स्ववियु चुनावको नतिजा सोमबार सार्वजनिक भएको छ ।
बाघको आक्रमणले दुईको मृत्यु
बर्दियाको मधुवन नगरपालिका –५ स्थित चिरौटे सामुदायिक वन क्षेत्रमा पाटे बाघले आक्रमण गर्दा दुई जना महिलाको मृत्यु भएको छ ।
३५ युट्युब च्यानल काउन्सिलको विशेष निगरानीमा
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष निगरानीमा राखेको जनाएको छ ।
‘मुखको परीक्षणले अन्य अङ्गको रोग पत्ता लगाउन सकिन्छ’
मुखको स्वास्थ्यले हाम्रो अन्य अङ्गको स्वास्थ्यलाई पनि असर पार्ने हुँदा मुखको ख्याल गर्न चिकित्सकको सुझाव छ । वरिष्ठ कन्सल्टेन्ट डा. प्रकाशराज न्यौपानेले नेपालीले खैनी, चुरोट, गुट्का बढी सेवन गर्ने भएकाले नेपालीको मुखको स्वास्थ्य खराब नराम्रो भएको बताउनुभयो ।
बाढीले नष्ट गर्यो बगरे तरकारी खेती
कपिलवस्तुको शिवराज नगर पालिका –८ देवीपुरका कृषकले लगाएको बगरे खेती नष्ट भएको छ । आइतबार राति पानी पर्दा आएको बाढीको कारण सुरही खोलाको किनारमा लगाएको खेती नष्ट भएको छ ।
हात्तीको आक्रमणबाट एकको मृत्यु
जङ्गलमा घाँस काट्न जानुभएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
पेशागत महासङ्घको नयाँ कार्यसमिति चयन
नेकपा (एकीकृत समाजवादी) निकट पेशागत महासङ्घ नेपालले सातौं राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौंमा सम्पन्न भएको महासंघले प्रेमलकुमार खनालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । जसपाका कार्यकारिणी समिति सदस्य रहनुभएका यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिनुभएको थियो ।
उपराष्ट्रपति यादवद्वारा पदबहाली
उपराष्ट्रपति रामसहायप्रसाद यादवले लैनचौरस्थित कार्यालयमा पदबहाली गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लैनचौर पुगेर पदबहाली गर्नुभएको हो ।
सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने प्रयासमा छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले अविलम्ब शान्ति प्रक्रियाका सम्पूर्ण काम टुङ्ग्याउन सक्रियताका साथ लागेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत लिनुपूर्व सम्बोधन गर्नुहुँदै उहाँले यसका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप ऐन, २०७१ संशोधनका लागि विधेयक तयार गरी संसदमा पेश गरिसकेको बताउनुभयो ।
विश्वासको मत नदिने एमालेको निर्णय
नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थि संसद् भवनमा आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत दिन नसक्ने निर्णय गरेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
मकवानपुरका सबै क्याम्पसको नतिजा सार्वजनिक
त्रिभुवन विश्वविद्यालयअन्तर्गत मकवानपुरका आङ्गिक र सामुदायिक क्याम्पसमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय
नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।