दुई बजेसम्म सङ्घतर्फ २९१ र प्रदेशतर्फ ५१० मत खस्यो
उपराष्ट्रपति पदको निर्वाचनमा सङ्घतर्फ दुई सय ९१ र प्रदेशतर्फ पाँच सय दश मत खसेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृत कार्यालयले दिउँसो २ बजेसम्म प्रतिनिधिसभा संसदका २९१ र प्रदेशसभा संसदका ५१० सदस्यले मतदान गर्नुभएको जानकारी दिएको हो ।
प्रधानमन्त्रीको अध्यक्षतामा लगानी बोर्डको बैठक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बानेश्वरमा लगानी बोर्डको बैठक सुरु भएको छ ।
कोठाभित्र निसास्सिएर महिलाको मृत्यु
कोठामा लागेको आगोका कारण निसास्सिएर एक जना महिलाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका –५ देबीगञ्ज निवासी ४० बर्षीया पार्वती घर्तीको कोठामा आगो लागेपछि निशास्यिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
कलाकार दुर्गा बरालको रथारोहण गरिने
पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा कलाकार दुर्गा बराल वात्स्यायनको नागरिक अभिनन्दन तथा रथारोहण गरिने भएको छ । चैत ४ गते ८० वर्ष पूरागरी ८१ वर्ष प्रवेश गरेको दिन उहाँलाई अभिनन्दन गर्न लागिएको हो । अभिनन्दन कार्यक्रम पोखराका साहित्यिक र वाङ्मयिक संस्थाहरुले संयुक्त रुपमा गर्न लागेका हुन् ।
प्रतिबन्धित रकमसहित दुई पक्राउ
महोत्तरीको विभिन्न ठाउँबाट नक्कली र प्रतिबन्धित रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईका अनुसार नक्कली रकमसहित जिल्ला महोत्तरी मनरासिस्वा न.पा. वडा ५ बथनाहा बस्ने वर्ष ३७ को ओमि हुसेन तथा जलेश्वर न.पा. वडा ३ बस्ने वर्ष ३४ को विमलेश पाण्डेलाई प्रतिबन्धित रकमसहित पक्राउ गरिएको छ ।
विसं २०८० : सार्वजनिक सेवा प्रवाह, पर्व र बिदा
नेपाल सरकारले विसं २०८० को वैशाख १ देखि चैत मसान्तसम्म (एक वर्षभरिमा) सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवम् सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ ।
पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई
नेपाल पत्रकार महासङ्घले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो ।
कमजोर बन्दै दलित समुदायको प्रतिनिधित्व
राज्यसत्तामा दलित समुदायको सहभागिता हेर्दा पञ्चायतकालबाट सुरु भएको देखिन्छ । पहिलोपटक दलित समुदायबाट २०३१ सालमा हिरालाल विश्वकर्मा सहाययक शिक्षामन्त्री बन्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डद्वारा मतदान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ ।
उपराष्ट्रपति निर्वाचन :२२० मत खस्यो
सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्मको मतदानमा दुई सय २० मत खसेको छ । सो समयसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय ३३ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।
उपराष्ट्रपति निर्वाचन : किरियापुत्रीद्वारा मतदान
उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गर्नुभएको छ । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गर्नुभएको हो ।
‘प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुपर्छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानुनमा रहेर प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ। मन्त्रालयले बिहीबार आयोजना गरेको सातै प्रदेशका सञ्चार हेर्ने मन्त्रीहरूसँगको बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो। संविधानले दिएको एकल अधि
सरुवा बेथिति अन्त्य आवश्यक
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती ऐन ल्याउने तयारी गरिरहनुभएको छ । उहाँले सरोकारवालासँग छलफलपछि ऐन दर्ता गरिने बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेतासहित सरोकारवालासँग मन्त्री मोदीले छलफल गर्नुभएको छ ।
अढाइ महिनामा दोस्रो पटक विश्वासको मत लिँदै
करिब अढाई महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा पुनः विश्वासको मत लिने मिति तय भएको छ। चैत ६ गते विश्वासको मत लिने गरी समय तालिका मिलाउन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्लाई लिखित पत्राचारसमेत गर्नुभएको छ। संसद्का प्रवक्ता एकराम गिरीले चैत ६ गते विश्वासको मत लिनका लागि बिहीबार प्रधानमन्त्रीको पत्र आएको जानकारी दिनुभयो।
अराजकताको मारमा बैङ्किङ प्रणाली
घटना १ – बिहीबार दिउँसो म्याग्दीस्थित एनआईसी एसिया बैङ्कको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि ज्यान लिने उद्देश्यसाथ साङ्घातिक आक्रमण । घटना २ – फागुन १७ गते जाजरकोटको भेरी नगरपालिकामा किस्ता उठाइरहेका एनआईसी एसिया लघुवित्तका एक जना कर्मचारीलाई दुई जना अज्ञात व्यक्तिले कालोमोसो दलेर कर्मचारीबाट नगदसहितको झोला लुटपाट ।
उपराष्ट्रपति निर्वाचन आज
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो उपराष्ट्रपति चयनका लागि शुक्रबार मतदान हुँदै छ । २०७४ साल चैत ४ गते दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि चैत ३ गते शुक्रबार सकिँदै छ । निर्वाचन अधिकृतको कार्यालयले सम्पूर्ण तयारी पूरा भएको र बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान हुने जनाएको छ । उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवार हुनुहुन्छ । नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव उम्मेदवार हुनुहुन्छ ।
झा र शेखलाई जनही दुई लाख दिइने : मुख्यमन्त्री यादव
आइसीसी क्रिकेट विश्वकप–२ एक दिवसीय प्रतियोगितामा नेपालले आज शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
सभामुख घिमिरे स्वदेश फिर्ता
अन्तर व्यवस्थापिका संघ (आईपीयु) को १४६ औँ महासभामा सहभागी भई सभामुख देवराज घिमिरे बिहीबार साँझ स्वदेश फर्किनुभएको छ।
पाथीभरा याङ्वरकलाई गाउँपालिका अध्यक्ष कप उपाधि
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा सम्पन्न अन्तरपालिकास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरकले जितेको छ ।
लुम्बिनीमा पाँचसय अल्पकालीन भिक्षु
लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणमा एकै दिन पाँच सय जना अल्पकालीन भिक्षु बनेका छन् । अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका सय वटा नियमहरू पालना गर्नुपर्नेछ ।
युएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ ।
‘सजिवन’ मासुभन्दा महँगो
अन्य तरकारी खेतीभन्दा सजिवन उत्पादन गर्न सहज र सस्तो भए पनि यसको मूल्य भने मासुभन्दा पनि महँगो हुनेगरेको उपभोक्राहरुको भनाइ छ ।
आमसञ्चार क्षेत्र सुधारका लागि समिति गठन
सरकारले आमसञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुन तथा नियमनका विषयमा सुझाव दिन समिति गठन गरेको छ ।
लिमीलगायत उच्च स्थानमा हिमपात
हिमाली जिल्ला हुम्लाका उच्च स्थानका साथै लिमीमा हिमपात भएको छ । बिहीबार बिहानैबाट मौसम बदली भएपछि दिउँसोबाट हिमपात सुरु भएको हो ।