नौरते नेपाली
सिँजा (जुम्ला), वैशाख २० गते । जुम्लाको तातोपानी गाउँपालिकाले वैशाख २२ गते महोत्सव सञ्चालन गर्ने भएको छ । स्थानीय परम्परा तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गर्ने भएको हो । महोत्सवमा स्थानीय कला सांस्कृति झल्कीने प्रस्तुती मात्र देखाइने छ ।
महोत्सवको मुख्य आर्कषक व्यक्तिका रुपमा नायक प्रदिप खड्का, नायिक दिपाश्री निरौला, चलचित्र बोर्डका अध्यक्ष दिनेश डिसी लगायतका चर्चित अभि नेताहरु आउने अध्यक्ष नन्द प्रसाद चौलागाईँले बताउनुभयो ।
तातोपानी गाउँपालिकाको आयोजना चलचित्र बोर्डको समन्वय र कर्णाली उत्थानशील अभियान नेपालको सहजीकरणमा महोत्सवमा आयोजना हुने उहाँको भनाइ छ । नितान्त स्थानीय संस्कृति संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष चौलागाईले बताउनुभयो । उहाँका अनुसार हुड्के नाँच, पञ्चेबाजा, मागल, ढाल नाँच लगायतका प्रस्तुति राखिने छ ।