• १३ साउन २०८१, आइतबार

उपराष्ट्रपति निर्वाचन : किरियापुत्रीद्वारा मतदान

blog

किरिया पुत्री गण्डकी प्रदेशका सभासद् प्रकाश बराल उपराष्ट्रपति पदका लागि मतदान गरिसक्नु भएपछि । तस्बिर: केशब गुरुङ 

काठमाडौँ, चैत   ३  गते । उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गर्नुभएको छ । गण्डकी प्रदेशको कास्की  निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गर्नुभएको हो ।

पिता लोकराजको निधनमा आशोच बारिरहनुभएका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गर्नुभएको हो । उहाँ आजै दिउँसो पोखरा फर्कँदै हुनुहुन्छ । 

राससको जिज्ञासामा उहाँले भन्नुभयो, “संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ ।” रासस