उपराष्ट्रपति निर्वाचनमा स्वविवेक प्रयोग गर्न आग्रह
भोलि (शुक्रबार) हुने उपराष्ट्रपति निर्वाचनमा स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरुलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।
उत्तर कोरियाद्वारा पुनः लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण
उत्तर कोरियाले पुनः लामो दूरीको ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल जापानसँगको सम्बन्ध अझ सुदृढ बनाउन टोकियोमा वार्ता गर्न लागेका बेला प्योङयाङले उक्त क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।
बिर्तामोडको कवाडी ग्यारेजमा लागेको आगो नियन्त्रणमा
झापाको मुख्य बजार बिर्तामोडस्थित एक कवाडी ग्यारेजमा भएको आगलागी नियन्त्रणमा आएको छ । बिहीबार बिहान सिटी सेन्टर पाछाडि रहेको एक कवाडी ग्यारेजमा लागेको आगो विर्तामोड नगरपालिकाको दमकलसहित स्थानीयको सहयोगामा नियन्त्रणमा आएको हो ।
‘आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना’
देशको बढ्दो आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको होन्डुरसका एक जना वरिष्ठ कूटनीतिज्ञले बताएका छन् ।
नक्कली नोट र लागूऔषधसहित दाजुभाइ पक्राउ
दमक/झापामा नक्कली नोट र लागूऔषध कारोबार गर्दै आएका दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विर्तामोड–४ मेघाबारीबाट एकै परिवारका दुईलाई नक्कली नेपाली र विदेशी नोटसहित पक्राउ गरेको छ ।
द्वन्द्वमा सरकार र ट्रेड युनियन
नेपाल सरकारका पूर्वमुख्यसचिव डा. भोजराज घिमिरेले ट्विट गर्नुभएको छ, “सरकारी सेवाबाट निवृत्त भएपछि किन क्रान्तिकारी र उपदेशक बन्ने होला हगि ?” तर उहाँले उठाउनुभएको विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उहाँ आफैँले ‘यस विषयमा अरू केही नबोल्ने’ बताउनुभयो।
उपभोक्ताले पाएको काम ठेकेदारलाई बिक्री
स्थानीय तहका सहरी क्षेत्रमा सञ्चालन हुने विकास निर्माण योजनाका लागि गठन हुने उपभोक्ता समितिले आफैँ नगरी ठेकेदारमार्फत काम गराउने गरेका छन् । सरकारी कामको प्रक्रिया झन्झटिलो हुने र उपभोक्ता समितिमा बसेर योजना फरफारक गर्न नै कठिनप्रायः हुने भएकाले आफैँ निर्माण नगरी उपभोक्ता समितिले ठेकेदारलाई बेच्ने गरेका हुन् ।
ट्याक्टर चालक अनुमतिपत्रमा आफूखुसी थपेपछि...
ट्याक्टर चालक अनुमतिपत्र (लाइसेन्स)मा कार र मोटरसाइकल थप गर्ने पर्साका पारस साह तुराहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आर्थिक लेनदेन गरी नक्कली लाइसेन्स प्रयोग गरेको पाइएपछि तुराहलाई पक्राउ गरेको जनाएको छ । अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार तुराहको शरीर खानतलासी गर्दा नक्कली लाइसेन्स फेलापरेको थियो ।
मनाङेको पद धरापमा
सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित हुनुभएका ‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङको अयोग्यताको मुद्दालाई अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले अयोग्य घोषित गर्न माग गरिएको अन्तरिम आदेश अस्वीकार गरे पनि मुद्दालाई समय तोकेर अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश गरेको हो । अदालतको आदेशसँगै मनाङेको प्रदेश सभा सदस्यको पदको न्यायिक परीक्षण हुने निश्चित भएको छ । पदीय हैसियत धरापमा परेको छ ।
मेलम्चीको विकल्पमा थप स्रोतको अध्ययन
सरकारले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानी खुवाउने सुनिश्चितताका लागि मेलम्ची खानेपानी आयोजनाको विकल्पमा विभिन्न लिफ्टिङ र जलाशययुक्त आयोजनाको काम अगाडि बढाएको छ। खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले काठमाडौँ उपत्यकामा बाह्रै महिना खानेपानी सुनिश्चित गर्न मकवानपुरको सिस्नेरी, ललितपुरको ठोस्ने खोला र भक्तपुरको महादेव खोलाबाट पानी आपूर्ति गर्न योजना अगाडि बढाएको जानकारी दिनुभयो।
गेटालाई विश्वविद्यालय बनाउने प्रक्रिया तीव्र
कैलालीमा निर्माण भइरहेको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने मन्त्रिपरिषद््को निर्णयसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थप प्रक्रिया अघि बढाएको छ।
गुल्मीबाट चार हजार बढी विद्यार्थी एसईईमा सहभागी हुँदै
गुल्मीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार हजार बढी विद्यार्थी सहभागी हुनेभएका छन् । चैत १७ गतेदेखि सुरु हुन लागेको एसईई परीक्षामा जिल्लाका १४० वटा विद्यालयका चार हजार ७२२ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो ।
तिलोत्तमा सरसफाई अभियानको एक सय शृङ्खला
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वातावरण सुधारका लागि एक सय शृङ्खलाबाट पाँचवटा महत्वपूर्ण घोषणा गरेको छ । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्धन एवं नियमित सरसफाई अभियान एक सय शृङ्खलाको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित पाँच वटा घोषणा गर्नुभएको हो ।
विद्यालयमा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण
धुलिखेल–दोलखा अस्पतालद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रम अन्तर्गत साखिने आधारभूत विद्यालयका ५५ विद्यार्थीको आँखा तथा दाँत र स्वास्थ्य परीक्षण गरिएको छ ।
हेलिकप्टरबाट सुत्केरीको उद्धार
गोसाईंकुण्ड गाउँपालिका १ थुमनबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ । थुमन गाउँकी ३१ वर्षीया पासाङ घलेको हेलिकप्टरबाट उद्धार गरी काठमाडौंस्थित थापाथली प्रसूतिगृह अस्पताल पठाइएको हो ।
२० वर्षपछि विवाह गरे १० हजार पुरस्कार
कालीकोटको शुभकालिका गाउँपालिका -७ ले उमेर पुगेर विवाह गर्ने युवायुवतीलाई जनही दश हजार पुरस्कार दिने निर्णय गरेको छ ।
करेन्ट लागेर कडरियाको ज्यान गयो
झापामा घाँस काट्न रुखमा चढेका एक व्यक्तिको करेन्ट लागेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका –४ का ४५ वर्षीय पुष्टबहादुर कडरियाको करेन्ट लागेर ज्यान गएको हो ।
स्थलगत अनुगमनपछि सडक निर्माण कार्य सुचारु
गाउँपालिका अध्यक्षको टोली स्थलगत रूपमा अनुगमनमा गएपछि रोकिएको सडकको निर्माण कार्य सुचारु भएको छ ।
मन्त्री र कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने सरकारको निर्णय
सरकारले नेपाल सरकारका मन्त्री र उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने निर्णय गरेको छ।
योजना सम्पन्न गर्न सबैले प्रयास गरौँ : मन्त्री जुगजाली
गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुगजालीले जिल्ला भित्रका रोकिएका योजनाहरू सबैले प्रयास गरेर सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
खाना पकाउने सिलिण्डर पड्किँदा एक महिला घाइते
जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एक महिला घाइते भएका छन् ।
नारायणगढ–बुटवल सडक खण्ड : वन्यजन्तुका लागि ३५ ‘भूमिगत मार्ग’
पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारका क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण गरिने भएका छन् ।
सचेतनामूलक सडक नाटक प्रदर्शन
दोलखाको खोरथली सामुदायिक वन उपभोक्ता समूह चरीकोटले आयोजना गरेको वन डँढेलो सप्ताह अन्तर्गत सदरमुकाम चरीकोटको सातदोबाटोमा सचेतनामूलक सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
उपराष्ट्रपति निर्वाचनका लागि यस्तो छ संवैधानिक व्यवस्था
उपराष्ट्रपति पदको लागि चैत ३ गते हुन गइरहेको निर्वाचनका लागि मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको छ ।