• १३ असोज २०८१, आइतबार

करेन्ट लागेर कडरियाको ज्यान गयो

blog

विष्णुप्रसाद पोखरेल

दमक, चैत १ गते । झापामा घाँस काट्न रुखमा चढेका एक व्यक्तिको करेन्ट लागेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका –४ का ४५ वर्षीय पुष्टबहादुर कडरियाको करेन्ट लागेर ज्यान गएको हो ।

स्थानीय राइसिङ टोलमा सडक छेउमा रहेको काभ्राको रुखमा चढी घाँस काट्ने क्रममा उहाँलाई करेन्ट लागेपछि गम्भीर घाइते बन्नुभएको थियो । 

उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगिएकोमा उपचारको क्रममा नै ज्यान गएको प्रहरीको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।