• १५ असार २०८१, शनिबार

खाना पकाउने सिलिण्डर पड्किँदा एक महिला घाइते

blog

पड्केर क्षतविक्षत भएको सिलिण्डर । तस्बिर : रेखीराम राना

रेखीराम राना
पाल्पा, चैत १ गते ।
 जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एक महिला घाइते भएका छन् । बुधबार बिहान बराङ्दीका ज्योतिनाथ घिमिरेको घरमा खाना पकाउने एलपी ग्यास पड्किँदा पम्फा घिमिरे घाइते हुनुभएको हो ।

खाना पकाउने क्रममा सिलिण्डर एक्कासि पड्किएर नजिकै रहनुभएका पम्फा घाइते हुनुभएको स्थानीय बासिन्दा दयाराज न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेको अवस्था सामान्य  छ । सिलिण्डिर पड्किँदा घरमा समेत क्षति पुगेको छ । स्थानीय बासिन्दाको सहयोगमा घरमा आगलागी हुनबाट भने जोगिएको छ ।