• १३ असोज २०८१, आइतबार

बिर्तामोडको कवाडी ग्यारेजमा लागेको आगो नियन्त्रणमा

blog

कवाडी ग्यारेजमा भएको आगलागी । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल
दमक, चैत २ गते ।
झापाको मुख्य बजार बिर्तामोडस्थित एक कवाडी ग्यारेजमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

बिहीबार बिहान सिटी सेन्टर पाछाडि रहेको एक कवाडी ग्यारेजमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलसहित स्थानीयको सहयोगामा नियन्त्रणमा आएको हो ।

आगलागीको कारण र क्षतिको विवरण आइनसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

आगो निभाउने र बाहिर आगो फैलिन नदिनका लागि सुरक्षाकर्मीसहित दमकलको सहायताले आगो नियन्त्रणमा आएको छ ।

क्षतिको विवरण सङ्कलन भइसकेको छैन । समयमै दमकल पुगेका कारण ठूलो क्षति भएको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको गरिने प्रहरीले जनाएको छ ।