अनलाइनमार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
अनलाइनमार्फत १५ लाख २० हजार रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-१ की ३६ वर्षीया अन्जली बिसुन्के हुनुुहुन्छ ।
देशका विभिन्न स्थानमा सडक दुर्घटनामा चारकाे मृत्यु
दक्षिणकाली नगरपालिका –२ ग्वालदहस्थित सडकमा बागमती प्रदेश ०१ –००३ क ८६९० नम्बरको गाडीको ठक्करबाट नुवाकोट बेल्कोटगढी नगरपालिका–१ घर भएका २४ वर्षीय संदिप तामाङको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिसिटि अस्पताल भैंसेपाटी ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध
निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो ।
तोकिएका अस्पतालको खर्च भुक्तानी हुने
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले तोकेका अस्पतालमा उपचार गराउँदा मात्रै खर्च बेहोर्ने व्यवस्था लागू गरेको छ । कोषले फागुन १ गतेदेखि कोषसँग सम्झौता गरेका अस्पतालमा मात्रै योगदानकर्ताले औषधि उपचारबापतको रकम दाबी गर्न पाउने व्यवस्था लागू गरेको हो । यसअघि भने योगदानकर्ताले जुनसुकै अस्पतालमा उपचार गराउँदाको खर्च कोषले उपलब्ध गराउँदै आएको थियो ।
तनहुँ १ मा कहिले होला उपनिर्वाचन ?
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ–१ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उपराष्ट्रपतिको निर्वाचनसम्म पर्खिने भएको छ। उपराष्ट्रपतिको निर्वाचन परिणामले निर्वाचन क्षेत्र रिक्त हुने अवस्था आए चितवन–२ र तनहुँ–१ सँगै सो क्षेत्रमा पनि एकै दिन निर्वाचन गर्नेगरी आयोगले आन्तरिक तयारी गरेको हो।
बिग्रिन थाले माइक्रोफिल्म
युगौँसम्मका लागि भनेर माइक्रोफिल्ममा सुरक्षित राखिएका ऐतिहासिक ग्रन्थ तथा लिखत बिग्रिन थालेका छन्। अभिलेखालयमा दुई लाखभन्दा बढी प्राचीन ग्रन्थ तथा लिखतका पोजेटिभ र नेगेटिभ गरी १८ हजार माइक्रोफिल्म छन्। तीमध्ये दुई सयवटा रिल पूर्ण रूपमा बिग्रिएका छन् भने करिब छ सय रिलमा समस्या देखिएको छ।
प्रधानन्यायाधीश सिफारिसमा कानुनी शून्यता
सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा चलेको १३ महिना पुगेको छ। २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद्मा महाभियोग दर्ता भएयता अदालत कायममुकायमका भरमा चलिरहेको छ। वर्तमान सत्ता गठबन्धनमा रहेका बहुमत दलले त्यसबेला प्रधानन्यायाधीश जबरामाथि महाभियोग दर्ता गरेका थिए तर सात महिनासम्म प्रस्तावबारे कुनै निर्णय भएन। अदालत कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा चल्यो। असोज १७ देखि कार्कीले अवकाश पाएपछि पुनः हरिकृष्ण कार्कीले कायममुकायमको जिम्मेवारी सम्हाल्नुभएको छ। महाभियोग लागेका प्रधानन्यायाधीश जबराले मङ्सिर २७ गते उमेरहदका कारण अवकाश पाएको तीन महिना पूरा भइसके पनि अझै प्रधानन्यायाधीश सिफारिस हुने अवस्था छैन।
राष्ट्रपतिका जेलका साथी भन्छन् : पौडेल असाध्यै शालीन र सरल व्यक्ति
“म असाध्यै खुसी छु उहाँ (राष्ट्रपति रामचन्द्र पौडेल) को राम्रो सेवा गर्न पाएकोमा । जेलबाट निस्किएर सभामुख बन्नुभयो, पटकपटक मन्त्री हुनुभयो तर विगतको दुःख कहिल्यै भुल्नु भएन ।
मुख्यमन्त्रीद्वारा अस्पतालको आकस्मिक निरीक्षण
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक निरीक्षण अनुगमन गर्नुभएको छ ।
ओखलढुङ्गामा तीन वर्षमा एक्काइस दुर्घटना
ओखलढुङ्गामा सवारीसाधन दुर्घटनाका घटना बढेका छन् । विगतको तुलनामा पछिल्ला वर्षमा जिल्लामा सवारीसाधन दुर्घटना हुने क्रम बढ्दो छ ।
लोपोन्मुख डङ्गर गिद्ध मृत फेला
लोपोन्मुख अवस्थामा रहेका डङ्गर प्रजातिको गिद्ध मृत फेला परेको छ ।
नेप्सेमा २४ दशमलव ६८ अङ्कको गिरावट
पूँजीबजारमा यो साता कारोबारको लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ । हिजो आइतबार २६ दशमलव ८० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज (सोमबार) २४ दशमलव ६८ अङ्कले घटेको हो ।
राष्ट्रपति पौडेलद्वारा पदभार ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गर्नुभएको छ ।
बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने
बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसानहरू उत्साहित भएका छन् । आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसानहरू उत्पादन बढ्नेमा आशावादी देखिएका छन् ।
नेपाल शिक्षक सङ्घको निर्वाचन चैत ४ गते
नेपाल शिक्षक सङ्घ सुनसरीको नवौँ जिल्ला अधिवेशनका लागि आगामी चैत ४ गते निर्वाचन हुने भएको छ ।
सञ्चारमाध्यमले प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चारमाध्यममा राम्रो कामका लागि उत्प्रेरित गर्ने प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्ने बताउनुभएको छ ।
परिवर्तनलाई उल्ट्याउने कसरत जारी तर चिन्तित हुनुपर्दैनः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताउनुभएको छ ।
रामचन्द्र पौडेलद्वारा राष्ट्रपति पदको शपथ ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण (प्रत्यक्ष प्रसारण)
राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै छ । निर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहणका लागि राष्ट्रपति भवनमा विशेष समारोहको आयोजना गरिएको छ ।
उपराष्ट्रपति निर्वाचन : प्रमिला कुमारीको उम्मेदवारी फिर्ता
उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवार दिनुभएको जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रमिला कुमारीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
सरकार सङ्घीय शिक्षा ऐन जारी गर्ने गृहकार्यमा छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार सङ्घीय शिक्षा ऐन जारी गर्न गृहकार्यमा रहेको बतउनुभएको छ ।
राष्ट्रपतिको शपथ ग्रहणमा ‘दुःखका साथीदेखि दूधबाजेसम्म’
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवनमा हुने शपथ ग्रहण समारोहमा आफूसँग बन्दी जीवन बिताएका राजनीतिककर्मीहरूलाई आमन्त्रण गर्नुभएको छ ।
जनचेतनाको विकास भएमा अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बनाउन सकिन्छ
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले नेपालमा अङ्गदानसम्बन्धी जनचेतनाको विकास भएमा अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बनाउन सकिने दाबी गर्नु भएको हो ।
कतार जाने पचास प्रतिशतले कमी
रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको सङ्ख्या झन्डै ५० प्रतिशतले घटेको छ । कतारमा विश्वकप फुुटबल सम्पन्न भएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या आधाले घटेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको मङ्सिरयता वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या क्रमशः घट्दै आएको हो । मङ्सिरमा दुई हजार ६६५ जना, पुसमा दुई हजार ५०६ जना र माघ महिना दुई हजार २२९ जना मात्रै रोजगारीका लागि कतार गएको विभागले जनाएको छ ।