• १३ असोज २०८१, आइतबार

नेपाल शिक्षक सङ्घको निर्वाचन चैत ४ गते

blog

नेपाल शिक्षक संघ सुनसरी । फाइल तस्बिर

जयकृष्ण यादव
इनरुवा, फागुन २९ गते ।
 नेपाल शिक्षक सङ्घ सुनसरीको नवौँ जिल्ला अधिवेशनका लागि आगामी चैत ४ गते निर्वाचन हुने भएको छ । एक अध्यक्ष पदका लागि तीन जनाले मनोनयन दर्ता गराएपछि निर्वाचन हुने भएको हो ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा वर्तमान अध्यक्ष बेनुप्रसाद सिग्देल, पूर्व सचिव इन्द्रमोहन झा र वर्तमान सचिव देवनारायण यादवले आइतबार उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

सङ्घका पूर्व अध्यक्ष दामोदर दाहालले सर्वसम्वत् गराउने प्रयास असफल भएपछि चुनाव हुन लागेको जानकारी दिनुभयो ।