पाँच डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस
सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
डोल्पाबाटै विद्युतीय राहदानी वितरण सुरु
हिमाली जिल्ला डोल्पाबाटै पहिलो पटक ई–पासपोर्ट पाउन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले पहिलो पटक जिल्लामै नागरिकलाई विद्युतीय राहदानी दिन थालेपछि खुशियाली छाएको छ ।
उच्च रक्तस्राव भएकी सुत्केरीको हेलिकोप्टरबाट उद्धार
गर्भ तुहिएर उच्च र रक्तस्राव हुँदै आएकी सुत्केरी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
मिर्गौला पीडितलाई आर्थिक सहयोग
गुल्मीमा एक मिर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । शुक्रबार होटल व्यवसायी मञ्च गुल्मीले जिल्लाको कालीगण्डकी गाउँपालिका –५ फोक्सिङ्ग निवासी दुवै मिर्गौला पीडित ४० वर्षीय सरुमा सुत्पराईलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । सुत्पराई विशाल फोक्सिङ होटलकी सञ्चालक हुनुहुन्छ । जिवनमरणको दोसाधमा रहनुभएकी सुत्पराई अहिले अस्पतालमा उपचाररत हुनुहुन्छ ।
उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको उम्मेदवार हुनुपर्ने
निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा मन्त्रिपरिषद् विस्तार हुन्छ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ ।
अवैध बाटो झन् असुरक्षित
अर्थतन्त्र धानिरहेको विप्रेषणमा महिला श्रमिकको पनि ठूलै योगदान छ तर यसरी नेपालको अर्थतन्त्रमा योगदान पु-याउने महिलामाथि राज्यको विभेदकारी नीति भने कायमै छ । सरकारले वैदेशिक रोजगारीमा जाने महिलाको हकहित तथा सुरक्षाका लागि काम गर्नेभन्दा पनि गन्तव्य मुलुकमा प्रतिबन्ध लगाउँदा महिला श्रमिक थप समस्यामा पर्दै आएका छन् । संरक्षण अवधारणाका नाममा मलेसिया र खाडी मुलुकमा घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध लगाउँदा यसको प्रत्यक्ष असर ठूलो सङ्ख्यामा घरेलु श्रमिकका रूपमा जाने महिला श्रमिकमाथि परेको छ । ती मुलुकमा महिला जाने क्रम भने रोकिएको छैन । बरु अवैध बाटो हुँदै त्यहाँ पुगेका महिला असुरक्षित हुने क्रम बढेको छ ।
यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय
जनता समाजवादी पार्टी (जसपा) नेपालले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। राजधानीमा बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले आसन्न उपराष्ट्रपतिको निर्वाचनमा यादवलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिनुभयो। उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता फागुन २७ गते र निर्वाचन चैत ३ गते तय गरिएको छ। प्रवक्ता सुमनका अनुसार वर्तमान सत्ता गठबन्धनमा भएको सहमतिअनुसार जसपाले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। सत्ता गठबन्धनमा उपराष्ट्रपति पद जसपालाई दिने समझदारी भएको उहाँको भनाइ छ। पार्टीको बैठकमा पहिलो नम्बरमा रामसहायप्रसाद यादव र दोस्रो नम्बरमा नवलकिशोर साहको नाम आएको थियो तर बैठकबाट यादवको नाममा सहमति जुटेको प्रवक्ता सुमनले जानकारी दिनुभयो।
नवनिर्वाचित राष्ट्रपति पौडेलको प्रतिबद्धता : विधिको पालनामा प्रतिबद्ध रहने प्रण
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निष्पक्षता,तटस्थता र विधिको पालनामा आफू प्रतिवद्ध रहने बताउनु भएको छ। बिहीबार भएको निर्वाचनमा पौडेल राष्ट्रपति निर्वाचित भएपछि साँझ वक्तव्य जारी गर्दै पौडेलले आफूलाई समर्थन गर्ने दल तथा मत दिने सांसदहरुलाई धन्यवाद दिनु भएको छ।
पूर्वमन्त्री न्यौपानेलाई साढे नौ वर्ष कैद
विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेलाई साढे नौ वर्ष कैद सजाय सुनाएको छ। भृकुटीमण्डपस्थित फनपार्क भाडा प्रकरणमा न्यौपानेलाई अदालतले कैदका अतिरिक्त दुई करोड ४३ लाख ६८ हजार ८०३ रुपियाँ बिगो र सोही बराबरको जरिवाना हुने पनि आदेश गरेको विशेष अदालतका सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिनुभयो।
सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुर्याइने
सङ्क्रमणकालीन न्यायलाई चाँडो तार्किक निष्कर्षमा पुर्याउन सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ। छ महिनाअघि राजनीतिक सहमति नहुँदा बिथोलिएको विधेयकका अन्तर्वस्तु नै यथावत् राखेर सरकारले विधेयक दर्ता गरेको हो।
गणतन्त्रको राष्ट्राध्यक्ष पनि बदलिनुपर्छ : नवनिर्वाचित राष्ट्रपति पौडेल
काठमाडौं, फागुन २५ गते। तनहुँ जिल्लाको साबिक मिर्लुङ, बाहुन पोखरामा बुवा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलको कोखबाट जन्मनु भएका रामचन्द्र पौडेल नेपाली जनताले प्राप्त गर्ने सर्वोच्च पद राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ। २०७९ फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा उहाँ विजयी हुनुभएको हो। तनहुँको व्यास नगरपालिका–८ स्थायी बसोबास गर्दै आउनु भएका ७८ वर्षीय पौडेल मध्यम वर्गीय किसान परिवारमा जन्मनु भएको हो। हाल उहाँ काठमाडौंको महानगरपालिका वडा नं. ८ बोहोराटार, बालाजुमा बस्दै आउनु भएको छ। बाल्यावस्थामा दाजुसँग वनमा गाई–बाख्रा चराउने, घोडा दौडाउने र खोलामा पौडी खेलेर दिन बिताउनु भएका पौडेलले काठको पाटीमा माटोको धुलो राखेर प्रारम्भिक शिक्षा आर्जन गर्नुभएको हो। पोखरामा पढ्दै गर्दा विद्यार्थी आन्दोलनमा लाग्नुभएका पौडेल २०१७ सालमा जननिर्वाचित बीपी कोइरालासहितका नेतालाई बन्दी बनाइएपछि उहाँ नेपाली कांग्रेसप्रति आकर्षित हुनुभयो।उहाँ काठमाडौंमा २२ विद्यालयका प्रतिनिधि बसेर विद्यार्थी युनियन स्वतन्त्र हुनुपर्छ भनेर अगुवाइ गर्ने नेता पनि हुनुहुन्छ। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रदीपराज वन्तविद्यार्थी आन्दोलनकै क्रममा नेपाली कांग्रेसका नेताहरू भेट भएपछि नेपाली कांग्रेसमा आवद्ध रहेर उहाँ निन्तर अगाडि बढ्नु भयो। बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता उच्च व्यक्तित्वबाट प्रशिक्षित तथा प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका हरेक अन्दोलनमा क्रियाशील रहँदा पौडेलले करिब १४ वर्ष राजनीतिक बन्दी जीवन बिताउनु भएको छ। तनहुँबाट संविधान सभासहित छ पटक सांसद निर्वाचित उहाँले मन्त्री, उपप्रधानमन्त्री, सभामुख भएर जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँको कठिन र अविचलित राजनीतिक यात्रालाई सफल बनाउन उहाँकी श्रीमती सविता पौडेलको योगदान ठूलो रहेको छ। नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाइ दिनुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । साथमा प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल । तस्बिर : प्रदीपराज वन्तसङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति अविचलित राजनीतिज्ञ पौडेल भ्रष्टाचारमुक्त समाज, निमुखालाई न्याय र विपन्नलाई आय, हाम्रो मूल ध्येय हुनुपर्ने मान्यता राख्नु्हुन्छ। राष्ट्रपति पदमा निर्वाचित हुनुअघि गोरखापत्र अनलाइनका सम्पादक नारद गौतमसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले गणतन्त्रको राष्ट्राध्यक्ष (राष्ट्रपति) पनि बदलिनुपर्ने बताउनु भएको छ। उहाँसँग गरिएको संवादको सम्पादित अंश : बाल्यावस्था : धुलौटोमा लेखपढमेरो बाल्यावस्था अहिलेको जस्तो आधुनिक थिएन। दाइहरूसँग वनमा गाई बाख्रा हेर्न जङ्गलमा जाने र खोलामा पौडी खेलेर समय बित्यो। गाउँघरमा पढाइको कुरा पनि व्यवस्थित थिएन। पढ्दाखेरि पनि हामीले चौतरामा बसेर काठको सानो पार्टीमा धुलो माटो राखेर खरको डाँटले क र ख लेखेर पढ्न थालिएको हो।बाल्यावस्थाको कुरा गर्दा एक पटक तत्कालीन श्री ५ युवराजाधिराज दीपेन्द्रसँग मेरो कुरा भएको थियो। दीपेन्द्रले चुरोट खान मन लाग्ने तर घरका (तत्कालीन राजा वीरेन्द्र तथा रानी ऐश्वर्य) ले खान नदिने भएपछि बिजुलीको तार जोडेर चुरोट सल्काउँदा झण्डै करेन्ट लागेको घटना सुनाएका थिए। आफ्नो बाल्य जीवनमा दर्शन ढुंगामा झुलो राखेर चकमकले हानेर आगो निकाल्ने अनि सालको पातमा खोची बनाएर चिलिम खाने गर्दथ्यौं। म त किसानको छोरो हो। मेरो बुबा राम्रै किसान हुनुहुन्थ्यो। घरमा घोडा पनि थियो। घोडा कुदाउने, खोलामा पौडी खेल्ने, गाई बाख्रा चराउन वन जाने गरेर बाल्यजीवन बित्यो। हामी कटुस बोटुलेर घर ल्याउने गर्दथ्यौं। २०४६ सालको आन्दोलन पछि बागलुङ जेलबाट रिहा हुँदै । तस्बिर साभार : धनन्जय कुमार श्रेष्ठमेरा बाले कता कताबाट गुरु खोजेर ल्याउनु भयो। चौतरामा बसेर काठको पाटीमा माटोको धुलो राखेर पढ्ने गर्दथ्यौं। अहिलेका जस्ता विद्यालय थिएनन्। त्यहीँबाट अक्षर चिनियो। मैले अलि पढ्न सक्ने भएपछि हितोपदेश, अमरकोष, लघु कौमोदी पढ्न सुरु गरेको हो। त्यो भन्दाअघि २००८ सालमा काठमाडौं आएको थिएँ। काठमाडौंमा मैले ए बी सी डी पढ्न सुरु गरेको हुँ। सिएटी क्याट, आरएटी र्याट भनेर पढ्न थालेको थिएँ। केही महिना मात्रै काठमाडौंमा बस्न पाएँ। घरमा दाइहरु छुट्टिनु भएपछि म घर फर्कें। दुराडाँडा गएर र अनि आफ्नै घर नजिक दुई तीन ठाउँमा संस्कृत पढ्न थालेँ। राजनीतिप्रतिको आकर्षण हाम्रो गाउँको माथि पोखरी छाप भन्ने गाउँमा हजुरबाको साथमा जान्थेँ। त्यहाँ नेपाली काँग्रेस र गोरखा परिषद्का नेताहरूले भाषण गरेको सुनेँ, झण्डा झण्डाएर भाषण गरेको सुनेँ। धेरै कुरा नबुझे पनि राजनीतिक संस्कार बस्दै गयो। त्यसपछि पढ्नका लागि पोखरा गएँ। त्यहाँ विद्यार्थी राजनीतिमा लागेँ। त्यहाँको युनियनको सचिव र अर्को साल सभापति भएँ। पोखरामा पढ्दै गर्दा सत्र सालको राजनीतिक घटना भयो। जननिर्वाचित प्रधानमन्त्रीसहित नेताहरूलाई थुना राख्ने कार्य भयो। त्यसले पनि मलाई राजनीतिप्रति आकर्षित गर्याे। त्यसपछि म पोखराबाट काठमाडौं पढ्न आएँ। म पोखरा, रानी पोखरी र नन्दी रात्रि स्कुलको विद्यार्थी युनियनको अध्यक्ष भएँ। २२ वटा विद्यालयका प्रतिनिधिहरू जे.पी. हाइस्कुलमा हामी जम्मा भयौं। हामीले विद्यार्थी युनियन स्वतन्त्र हुनुपर्छ, कसैको निर्देशनमा चल्ने हुनुहुन्न भन्ने माग थियो। त्यतिबेला विश्वबन्धु निर्देशन मन्त्री थिए। हामीले कसैको निर्देशन बिना नै विद्यार्थी आन्दोलन अगाडि बढाएका हौं। शीर्ष राजनीतिक दलका नेतासँग त मेरो पछि मात्रै भेट भएको हो। पूर्व प्रधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँग रामचन्द्र पौडेल । फाइल तस्बिर १४ वर्ष राजनीतिक बन्दी राजनीतिक बन्दी जीवन बिताउँदा धेरै दर्दनाक घटना भएका छन्। हामी नख्खु जेलमा बन्दी जीवन बताइरहेका थियौं, बिहान उज्यालो हुनै लागेको थियो। एक्कासि भाग्यो, भाग्यो, हान ! हान ! भन्ने आवाज आयो। अनि ’ड्याङ ड्याङ गरेको बन्दुक पड्केको आवाज सुनियो। पछि थाहा भयो, त्यो राती लीला, ठगीहरूलाई जेल सार्ने बहानामा गोली हानी मारिएको रहेछ। राजनीतिक बन्दी भनेपछि अरु कैदी बन्दी अलि हच्चिकिन्थेँ। पञ्चायती व्यवस्थामा प्रजातन्त्रको पक्षमा आवाज उठाउँदा कहिले एक वर्ष, कहिले दुई वर्ष त कहिले चार वर्ष गरेर १३ वर्ष र तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनमा एक वर्ष गरी करिब १४ वर्ष राजनीतिक बन्दीजीवन बिताएँ। सुविधासम्पन्न गाउँ २०४८ सालमा म कृषि मन्त्री थिएँ। त्यतिबेलाको सरकारले नै त्यतिबेलाको गाउँपालिकालाई बजेट दिनुपर्छ, स्कुल, बाटो, सडक बनाउनुपर्छ भनेर ग्रामीण स्वाबलम्बन कार्यक्रम पनि हामीले सुरु गरेका हौं। कुल १४ हजार गाउँमा प्राथमिक स्वास्थ्य चौकी स्थापना गर्ने निर्णय गरेका थियौं। त्यसैगरी कृषि विकासमा जोड दिएको थिएँ। त्यतिबेला तीन वर्षको अवधिमा जति विकास भयो, पछि त्यति विकास हुन सकेन। राजनीतिक अस्थिरताले पनि धेरै बिग्रियो।नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र उहाँकी श्रीमती सविता पौडेल। तस्बिर : रासस अबको यात्रा नेपालमा मानिसहरूले अझै गणतन्त्रको महत्व बुझ्न सकेको छैनन्। अलिकति राजनीतिक नेतृत्वको कमी कमजोरी पनि छन्। लोकतन्त्रमा नेपाली समाज, राजनीतिक दल कस्तो हुनुपर्छ ? लोकतान्त्रिक नेतृत्व, लोकतान्त्रिक शासन प्रणाली कस्तो हुनुपर्छ भनेर जनतालाई बुझाउने गरेर आफू नमुना बन्नुको सट्टा विगतका राजा–महाराजा तथा तानाशाहकै जस्तो नक्कल गर्ने खालको कुराले पनि लोकतन्त्रप्रति गलत फहमी भएको छ। गणतन्त्रलाई राम्रोसँग बुझाउन गणतन्त्रको आचारण, शासन व्यवस्था, गणतन्त्रमा कसरी लाभ प्राप्त गर्छन् भनेर अझै बुझाउन बाँकी छ। राजतन्त्रकालीन राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षमा के फरक छ भनेर बुझाउनुपर्छ र देखाउनुपर्ने छ। समाजलाई लोकतान्त्रिककरण हुनुपर्याे र दलहरूमा अझै लोकतान्त्रिकीकरण हुनु जरुरी छ।रामचन्द्र पौडेल राष्ट्रपति पदमा विजयी हुनुभएपछि प्रमाणपत्र वितरण गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया। साथमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत ।तस्बिरः रत्न श्रेष्ठ/राससदृश्याङ्कन : मनोजरत्न शाही, प्रस्तुति : सपना थामी, तस्बिर साभार : रामचन्द्र पौडेलको फेसबुक शब्दमा जीवन परिचय
छ सय एम्पुल लागुऔषधसहित दुई पक्राउ
जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई गिरफ्तार गरेको छ । छ सय एक एम्पुल लागुऔषधसहित एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको जानकारी गराएको छ ।
बेपत्ता पारिएकाको छानबिन र सत्य निरुपणसम्बन्धी विधेयक दर्ता
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद् सचिवालयमा आज दर्ता गरेको छ ।
बोटमा सोचेभन्दा बढी मञ्जरी, सुनसरीका किसान खुसी
सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न गाउँमा यस वर्ष आँपको उत्पादन बढ्ने देखिएको छ । माघको अन्तिमदेखि हालसम्म प्रायः सबै किसानको आँपको बोटमा लागेको मञ्जरी (फूल) लागेकाले किसानहरू खुसी भएका हुन् ।
धराशायी हुने अवस्थामा इँटा उद्योग
“सिजन सुरु भएसँगै दुईसय बढी कामदार उद्योगमा देखिन्थे । एकातिर कामदार इँटा बनाउन व्यस्त हुँदैगर्दा अर्कोतर्फ बिक्री भएका इँटा ट्रकमा लोड गर्न भ्याइनभ्याई हुने थियो ।
राष्ट्रपति निर्वाचनको मतगणना सुरु
नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज (बिहीबार) सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अङ्कमा पुगेको छ ।
बालिका दाम्लोमा : न खाने गाँस छ, न बस्ने घर
स्वतन्त्र भएर खेल्ने रमाउने उमेरमा ६ वर्षीय बालिका सलको दाम्लोमा बाँधिएको अवस्थामा फेला परेकी छन् । तीन वर्षसम्म अँध्यारो कोठामा थुनिएकी करिश्मा भट्ट छिमेकीको सहयोगमा दाम्लोसहित घरको आँगन देख्ने अवसर पाइन् । बालिकाको बुवाको रुखबाट लडेर कम्मर भाँचिएको छ ।
बलात्कार आरोपमा १२ वर्ष कैद सजाय
जिल्ला अदालत बागलुङले १२ वर्षीय बालिकालाई बलात्कार गरी गर्भवती बनाएको अभियोगमा पक्राउ परेको एक जना ७५ बर्षीय वृद्धलाई १२ बर्ष कैद सजाय तोकेको छ ।
दुई दिन निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन हुने
मार्क इन्टरनेशनल किड्नी सेन्टरले निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गरेको छ । सेन्टरको चौथो वार्षिकोत्सव एवम् विश्व मिर्गौला दिवसको अवसरमा निःशुल्क मिर्गौला परिक्षण शिविर सञ्चालन गरेको हो ।
मार्फामा ढकमक्क फुल्यो खुर्पानी
हिमालपारिको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा खुर्पानी तथा आरुबखडा फुलेर ढकमक्क भएको छ । शीतोष्ण हावापानीमा हुने फलफूल अब बिस्तारै फुल्नेबेला भएकाले पहिलो चरणमा अहिले खुर्पानी तथा आरुबखडा फुलेको हो ।
प्रतिनिधि सभाका सभामुखद्वारा मतदान
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो ।
स्ववियु निर्वाचन आचारसंहिता : पोस्टर टाँस्न नपाइने
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङ्रोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ ।