पुर्खौली ठाउँको सम्झना गर्दै तराईबासीले मनाए होली
तराईमा खेलिने होली अर्थात फागु पर्वमा बिकृति बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रबाट बसाई सराईगरी तराई झरेकाहरुले परम्परागत होली मनाएका छन् ।
पुरातात्विक नगर पनौती : सम्पदामैत्री घर बनाउन जटिलता
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित पुरातात्विक क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गरेको पनि निकै वर्ष बित्यो
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज (मङ्गलबार) दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४१ अङ्कले उकालो लागेर एक हजार नौ सय ५२ दशमलव ६६ मा पुगेको छ ।
दार्चुलामा जिप दुर्घटना : एकको मृत्यु, नौ घाइते
दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनुभएकी भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोलाकी ६० वर्षीया कालीदेवी नेगीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
अनेमसङ्घको हुम्ला अध्यक्षमा रावल
नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को जिल्ला कार्य कमिटी निर्बिरोध निर्वाचित भएको छ । तेस्रो जिल्ला अधिबेशनबाट अनेम संघको जिल्ला कार्य समितिलाई नै निर्विरोध चयन गरेको हो ।
होली मनाउने परम्परागत शैली लोप हुँदै
कपिलवस्तुसहित विभिन्न जिल्लामा होलीको परम्परागतस्वरूप र शैली लोप हुँदै गएकोमा समाजका बुढापाकाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । होली मनाउने परम्परागत शैली लोप हुँदैजाँदा आगन्तुक होली देखिन थालेको र प्रदर्शनमा होली सीमित हुन थालेको जानकारको बुझाइ छ ।
कालीगण्डकी करिडोरमा सुरुङ निर्माणको तयारी
कालीगण्डकी करिडोरमा झण्डै तीन सय ६० मिटर लम्बाइको सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको छ ।
कोहलपुरमा पनि गोलभेँडा दलेर होली मनाइयो
कोहलपुरलाई पर्यटकीय गतिविधिसँग जोड्ने उद्देश्यका साथ बाँकेको कोहलपुरमा पहिलो पटक ‘गोलभेँडा उत्सव नेपाल–२०२३’ आयोजना गरेर मंगलबार होली मनाइएको छ ।
ओपन क्यारोगी प्रतियोगितामा अशोक खड्का निर्णायक
नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले वर्ल्ड र्याङ्किङ जि २ बुल्गेरिया ओपन क्यारोगी प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुभएको छ ।
हेलिकोप्टरबाट नुन ढुवानी गरिँदै
साल्ट टेडिङ कर्पोरेशनद्वारा जिल्लाका लागि ढुवानी अनुदानमा व्यवस्था गरिएको आयोडिनयुक्त नुन हेलिकोप्टरबाट ढुवानी भएको छ ।
कारको ठक्करबाट १८ महिने शिशुको मृत्यु
सोमबार साँझ भारततर्फ जन्ती लिएर हिँडेको एचआर २६ सीएच ९७०६ नम्बरको कारले ठक्कर दिँदा भारतीय सीमा नजिकै पर्ने बलरा नगरपालिका–२, हथिऔल निवासी हरेराम सहनकी छोरी १८ महिनाकी माया कुमारीको मृत्यु भएको हो ।
खेल श्रमसंस्कृति र अर्थतन्त्रको आधारसमेत हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको बताउनुभएको छ।
सिकिस्त बिरामीलाई काठमाडौं पुर्याउनुपर्ने बाध्यता हट्दै
नेपालगञ्जमा सिकिस्त बिरामीलाई उपचारका लागि काठमाडौं वा भारतको लखनउ पुर्याउनुपर्ने बाध्यता हट्दै गएको छ ।
कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा तीन वर्षदेखि अवरोध
नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ ।
कालीकोटमा प्रहरीमाथि आक्रमण
कालीकोटको सदरमुकाम मान्ममा सोमबार साँझ डिउटीमा रहेको ट्राफिक प्रहरीमाथि आक्रमण भएको छ । होली मनाइरहेका युवाहरुले जिल्ला ट्राफिक कार्यालयको डिउटीमा रहेको प्रहरीमाथि आक्रमण गरेका हुन् ।
स्ववियु निर्वाचन : सभापति पदका लागि नौ जनाको प्रतिस्पर्धा
आगामी चैत ३ गते हुने स्वतन्त्र विद्यार्थी युनियन मध्यपश्चिम विश्वविद्यालय (स्ववियु निर्वाचन)का लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
राज्यका निकायमा महिलाको सहभागिता सुनिश्चित हुँदैछ : सभामुख
काठमाडौँ, फागुन २३ गते । सभामुख देवराज घिमिरेले संविधानसभाबाट जारी नेपालको संविधानले व्यवस्था गरेको प्रावधानका कारण राज्यका प्रमुख अङ्गमा महिला सहभागिता सुनिश्चित हुँदै गएको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संवैधानिक प्रावधानले कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधि कानुन बनाउने तहसम्म पुगेको उल्लेख गर्नुभयो ।सभामुख घिमिरेले महिला अधिकारका लागि अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै आर्थिक उन्नतिका लागि प्राकृतिक स्रोतसाधनको दिगो व्यवस्थापन र परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वन, वातावरण संरक्षण र संवर्धनका लागि अभाव भएका कानुन बनाउन, भएका कानुन कार्यान्वयन गर्न र यस क्षेत्रमा देखा परेको चुनौतीको सामना गर्न सम्बन्धित सबैले आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा महासङ्घका अध्यक्ष भारती पाठकले महासङ्घले महिलाको नेतृत्व विकासका लागि ठूलो भूमिका खेलेको बताउँदै आगामी दिनमा महिलाको आर्थिक आत्मनिर्भरताका क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । महासङ्घका महासचिव विर्षबहादुर शाही, सचिव ठाकुर भण्डारी, कार्यकारी निर्देशक डा. सीता अर्यालले महासङ्घका गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा महासङ्घमा विगतमा रहेर काम गर्नुभएका हाल प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सदस्यलाई सम्मान गरिएको थियो ।
असी वर्षको उमेरमा पनि सरकारी जागिर!
कुनै सरकारी कार्यालयमा काम गर्ने कर्मचारी कति वर्षको होला ? तपाईंलाई लाग्न सक्छ बढीमा ५८, ६० वर्ष तर पाल्पाको एक सरकारी कार्यालय मातहत काम गर्ने दुई जना कर्मचारी ८० वर्षको उमेरमा पनि अवकाश पाउन सकेका छैनन्। पाल्पाको अतिरिक्त हुलाक कार्यालयमा काम गर्ने दुई जना कर्मचारी ८० वर्षको उमेरमा पनि कार्यालयको काममा सक्रिय रहेका छन्।
सडक योजना अलपत्र पार्ने ठेकेदार खोज्दै स्थानीयवासी
पर्वतको जलजला गाउँपालिका ७ मिलन चोक–सल्यान–ठोटनेरी सडक अलपत्र पार्ने निर्माण व्यवसायीको तस्बिर टाँसेर स्थानीयहरूले विरोध गरेका छन् । निर्माण कम्पनीले विगत १८ महिना देखि सडक अलपत्र पारेको भन्दै स्थानीयवासीहरु विरोधमा उत्रिएका हुन । उक्त सडक गण्डकी प्रदेश सरकारले चार वर्ष अघि नमुना सडक कार्यक्रम अन्तर्गत स्तरोन्नति सहित कालोपत्रे गर्ने योजना अघि सारेको थियो ।
उपत्यकामा फागुपर्वको रौनक
वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको पर्वका रूपमा मनाइने फागुपर्व सोमबार नेपालका पहाडी क्षेत्रमा धुमधामका साथ मनाएका छन् । विशेषगरी यौन रसयुक्त र महिलालाई लक्षित गरी गीत गाउने र व्यङ्ग्य गर्ने चाड फागु भक्तपुरमा भने बेग्लै रौनक थियो । होलीका परम्परागत लोकभाका र गीतसङ्गीतसँगै नाच्दै होली पर्व मनाइएको थियो । फागु विजयको हर्षोल्लासका रूपमा एक–आपसमा रङ दलेर नाचगानका साथ मनाइने पर्व हो । दिल खोलेर स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैँभित्र हराउने पर्व तथा तनमन रङ्ग्याउने पर्वका रूपमा प्रचलित फागुपर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःले आ–आफ्ना बाजाको पूजा गर्ने र बाजागाजासहित एकआपसमा अबिर दलेर टोलछिमेक परिक्रमा गरी मनाउने गर्दछन् ।
होलीमा एघार सयभन्दा बढी सवारीसाधन नियन्त्रणमा
उपत्यका ट्राफिक प्रहरीले फागुपर्व मनाउँदा नियम उल्लङ्घन गरी सवारी चलाउने एक हजार १५१ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर तथा भक्तपुरका विभिन्न ६२ वटा स्थानमा गरिएको चेकजाँचका क्रममा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी चलाइएका सवारीसाधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
दक्षिण कोरिया उडानका लागि प्रक्रिया अगाडि
विदेशी हवाई कम्पनीले भाडामा गरेको एकाधिकार भत्काउन नेपाल वायुसेवा निगमले नेपाल–दक्षिण कोरिया सिधा उडान गर्ने प्रक्रिया अगाडि बढाएको छ।
सरुवा हुँदा पालिकामा समस्या
सरकारले आर्थिक वर्षको मध्यतिर कतिपय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा नियमित कार्यसम्पादनमा समस्या देखिएको छ। अहिले स्थानीय तहमा धमाधम विकास निर्माणको योजना कार्यान्वयन भइरहेको र कतिपय योजना सम्पन्न भई भुक्तानी दिनुपर्ने भएकाले प्रमुख प्रशासकीय अधिकृत सरुवा हुँदा विकास निर्माणको काममा अवरोध हुन थालेको छ।
माओवादीको गतिविधिमा कमी
सङ्घ र प्रदेशको निर्वाचनलगत्तै सङ्गठन सुदृढीकरण र परिचालनमा सक्रियता देखाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को दलगत आन्तरिक गतिविधि सुस्ताएको छ। सङ्घ र प्रदेशको निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न छानबिन समितिले प्रतिवेदन बुझाए पनि कार्यान्वयन भने भएको छैन। दुईमहिने सङ्गठन सुदृढीकरण अभियानमा केन्द्रीय नेताहरू गाउँ जाने भनिए पनि त्योसमेत प्रभावकारी हुन सकेको छैन। विभिन्न कम्युनिस्ट पार्टीहरूसँग एकता र कार्यगत एकता गर्न गठित वार्ताटोलीको नतिजा पनि खासै देखिएको छैन।