• १३ साउन २०८१, आइतबार

खोलामा डुबेर दुई बालकको मृत्यु

blog

खोलामा डुबरे दुई बालकको मृत्यु । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, फागुन २३ गते ।
बाँकेको कोहलपुर नगरपालिका–१३ र १० वडाको सिमानामा रहेको बन्दा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीले दिनुभएको जानकारी अनुसार १२ वर्षीय मनसुन बराल र १५ वर्षीय अनिल भट्टराईको पौडी खेल्ने क्रममा बन्दा खोलामा डुबेर मङ्गलबार दिउँसो मृत्यु भएको हो ।

उहाँले सो खोलामा पाँच जना पौडी खेल्न गएकोमा बराल र भट्टराई डुबेपछि अन्यले आफन्तलाई जानकारी गराएको र आफन्तले प्रहरीलाई जानकारी गराएपछि खोज तलाश सुरु गरिएको बताउनुभयो ।

डीएसपी तिवारीका अनुसार अचेत अवस्थामा खोलाबाट निकालेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा पुर्याइएकोमा बरालको मृत्यु भएको थियो भने भट्टराईको शव खोलाबाट निकालिएको थियो ।

डुबेर मृत्यु भएका बराल र भट्टराई कोहलपुर १२ ज्ञानज्योति मावि चप्परगौडीमा कक्षा ९ मा अध्यनरत रहेका थिए ।  मृतकको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा पठाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।