जीवन धान्न बालुवा बोक्नेदेखि ‘कटन क्यान्डी’ मेसिन चलाउनेसम्म
३७ वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्वार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिनुहुन्छ । अस्मिताको जीवनमा उमेरको मात्र सङ्ख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका सङ्घर्षको चाङ पनि थपिँदो छ । वि.सं २०४२ मा म्याग्दीको राखु भगवतीमा जन्मिनुभएकी अस्मिताको म्याग्दीकै मङ्गला गाउँपालिका–३ बराङ्जाका गणेश विकसँग विवाह भयो ।
पत्रकारितामा महिला सहभागिता बढ्दै
सभामुख देवराज घिमिरेले राजनीति, पत्रकारितालगायत हरेक क्षेत्रमा महिलाको सहभागिता र सक्रियता बढिरहेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा शुक्रबार आयोजना गरेको ‘मिडियामा महिलाका सवाल’ गोष्ठीमा उहाँले हरेक क्षेत्रमा बढ्दो महिला सहभागिताको प्रचार कम भएको विचार व्यक्त गर्नुभयो ।
‘पाँच वर्ष एकैठाउँमा उभिन्छौँ’
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ दलबीच भएको समझदारी कार्यान्वयन हुने प्रस्ट पार्नुभएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा काठमाडौँमा शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीलाई जुनसुकै क्षति भए पनि पाँच वर्षका लागि भएको समझदारी कार्यान्वयन गरेरै छाड्ने उद्घोष गर्नुभएको हो ।
युवालाई आत्मनिर्भर बन्न आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा आत्मनिर्भर र स्वावलम्बी भए आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ। राष्ट्रिय युवा परिषद् आठौँ वर्ष प्रवेशको अवसरमा शुक्रबार शुभकामना सन्देश दिनुहुँदै उहाँले युवालाई उद्यमशील र स्वरोजगार बनाउन जोड दिनुभएको हो।
राष्ट्रिय जनगणनाको पूर्ण विवरण छिट्टै
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रपति निर्वाचनलगत्तै राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले २०६८ सालकै जनगणनाका आधारमा राष्ट्रपति निर्वाचन गर्न लागेको र निर्वाचनपश्चात् पूर्ण विवरण सार्वजनिक गरिने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
विशेषज्ञ चिकित्सक दस हजार
वार्षिक दुई हजार चिकित्सक (डाक्टर) उत्पादन हुने नेपालमा विशेषज्ञता हासिल गरेका चिकित्सकको सङ्ख्या भने बल्ल १० हजार पुगेको छ। नेपाल मेडिकल काउन्सिलमा हालसम्म १० हजार ८० जना विशेषज्ञ चिकित्सक दर्ता भएका छन्। काउन्सिलमा दर्ता भएका कुल चिकित्सकको सङ्ख्या भने ३२ हजार २१८ पुगेको छ।
लोकतान्त्रिक थारु संघको अध्यक्षमा लालमणि चौधरी
नेपाल लोकतान्त्रिक थारु संघको तेस्रो सम्मेलनले लालमणि चौधरी (चितवन) को अध्यक्षतामा १५० सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । रुपन्देहीको सैनामैनामा बिहीबार भएको सम्मेलनले सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो ।
सैनामैना कृषि पर्यटन महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता
पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको आज तेस्रो दिनमा दर्शकको सहभागिता उत्साहजनक भएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादन र कृषिलाई विशेष प्राथमिकता दिएको संघका कार्यबाहक अध्यक्ष एवम् मूल समारोह समितिका संयोजक सुरेन्द्र पौडेलले बताउनुभयो ।
बुटवलमा बधशाला सञ्चालनको तयारीमा
रुपन्देहीको बुटवलमा पशु बधशाला निर्माण कार्य सम्पन्न भएको छ । करिब २५ बर्षदेखि बधशालाको बहस भैरहे पनि अब बधशाला सञ्चालनको तयारी भएको हो ।
अपराध रोकथाममा प्रभावकारी बाह्रबिसे प्रहरी कार्यालय
इलाका प्रहरी कार्यालय बाह्रबिसे अपराध रोकथाम तथा नियन्त्रणका प्रभावकारी सावित हुँदैगएको स्थानीयले बताएका छन् । चालु आर्थिक बर्ष २०७९–८० मा ईप्रका बाह्रबिसेले सिन्धुपाल्चोक क्षेत्र १ मा बिभिन्न अपराध गरी फरार रहेका १६ जना प्रतिबादीलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेर काम गरेको स्थानीयको बुझाइ छ ।
सञ्चार र सूचना प्रविधि क्षेत्रको कानुन परिमार्जन प्राथमिकतामा : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार र सूचना प्रविधि दुबै क्षेत्रमा कानुन परिमार्जनलाई मुख्य जोड दिने नीति लिएको बताउनुभएको छ ।
राष्ट्रपति निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा मतदाताले परिचयपत्र अनिवार्य बोक्नुपर्ने भएको छ ।
मोलुङ हाइड्रोपावरको आइपीओ बाँडफाँट
मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले शुक्रबार आइपीओ बाँडफाँट गरेको हो ।
ठेला व्यापारबाट मासिक ६० हजार आम्दानी
नेपालगञ्ज नाका भएर दैनिक सयौंको सङ्ख्यामा नेपाली युवाहरु रोजगारीका लागि भारत जान्छन् । तर सीमावर्ती भारतको नानपाराका आविद खान रोजगारीका लागि नेपालगञ्ज आउनुभएको छ । नेपालगञ्जका सडकमा ठेलामा फलफुल बिक्री वितरण गर्दैआएका खान फलफुल विक्रीबाट राम्रो आम्दानी गरिरहनुभएको छ ।
छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण शिविर
छाडा कुकुरको सङ्ख्या नियन्त्रण गर्न बागलुङका दुई तहमा निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । केन्द्रीय रिफरल अस्पताल काठमाडौंका आयोजना तथा स्थानीय तह कृषि तथा पशु शाखा र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको स्थानीय व्यवस्थापनमा जैमिनी नगरपालिका र बागलुङ नगरपालिकामा शिविर सञ्चालन गरिएको हो ।
बजेट व्यवस्था भए अनलाइन वर्गीकरण गर्नेछौं : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले बजेटको ब्यवस्थापन गरेमा अनलाइन सञ्चारमाध्यमको वर्गीकरण गर्न काउन्सिल तयार रहेको बताउनुभएको छ ।
लोकसेवा आयोगको तेस्रो सम्मेलन धनगढीमा सुरु
लोकसेवा आयोगको तेस्रो सम्मेलन आजबाट धनगढीमा सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले उद्घाटन गर्नुभयो ।
जानकी आँखा अस्पतालमा उपचार गराउने बिरामीको सङ्ख्या बढ्यो
नेपाल रेडक्रसद्वारा सञ्चालित जनकपुरधामको जानकी आँखा अस्पतालमा आँखाको गुणस्तरीय उपचार सेवा दिन थालेपछि बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा दिनको तीन सयदेखि पाँच सयसम्म आँखाका विभिन्न रोगका विरामीहरु उपचारका लागि यहाँ आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनामा अगाडि बढाउँछु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने घोषणा गर्नुभएको छ ।
महिलाको सहभागिता र सक्रियताको प्रचार हुन सकेन : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताउनुभएको छ ।
युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ : प्रधानमन्त्री
राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज (शुक्रबार) शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो ।
चैतभित्रै सुरक्षण मुद्रण सुरु गर्न मन्त्री शर्माको निर्देशन
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस) बाट चैत मसान्तभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
नारायणगढ–बुटवल सडक चार वर्षमा २५ प्रतिशत काम
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामले गति लिन सकेको छैन । निर्माण सुरु भएको चार वर्ष बितेको छ । तर, प्रगति भने सन्तोषजनक छैन । यो सडकको भौतिक प्रगति हालसम्म २५ प्रतिशत मात्र छ ।
स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता
त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँँदैछन् ।